नेपालमा पहिलोपटक बिवाइडी इन्टरनेशनल बेलुन महोत्सव सुरु भएको छ। ७ करोडको लगानीमा बेलुन नेपाल प्रालिले पोखराको पामे क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको बेलुन महोत्सव आयोजना गरेको हो ।
महोत्सवमा अमेरिका, स्पेन, थाइल्याण्ड, भियतनामलगायत देशका प्रतिनिधि पनि सहभागी छन्।
महोत्सवमा मंगलबार १३ वटा बेलुन उडाइएको छ। स्वदेशी तथा विदेशी पर्यटक पोखरामा आकर्षित गर्न महोत्सव फलदायी हुने आयोजकले जनाएको छ । महोत्सव ९ दिनसम्म चल्नेछ।