images
images

भारतीय पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको निधनमा दिनसम्म शोक मनाइने

भारतीय पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको निधनमा दिनसम्म शोक मनाइने

शुक्रवार, पुस १२ २०८१
शुक्रवार, पुस १२ २०८१
  • भारतीय पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको निधनमा दिनसम्म शोक मनाइने
    images
    images

    काठमाडौँ / भारतका पूर्वप्रधानमन्त्री डा.मनमोहन सिंहको निधन भएको छ । गएराति उपचारकोक्रममा उनको निधन भएको हो । अर्थशास्त्रीसमेत रहेका सिंहको ९२ वर्षको उमेरमा निधन भएको हो । 

    मनमोहन सिंह भारतका विद्धान र बौद्धिक नेताको रूपमा परिचित छन् । उनले अक्सफोर्ड विश्वविद्यालयबाट सन् १९६२ मा डी फिल गरेका थिए । 

    उनी राजनीतिमा प्रवेश गर्नु अगाडि अध्यापन कार्यमा सक्रिय थिए । सिंह सन् २००४ देखि २०१४ सम्म भारतको प्रधानमन्त्री बनेका थिए ।उनको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित शीर्ष नेताहरूले शोक व्यक्त गरेका छन् ।

    भारत सरकारले पूर्वप्रधानमन्त्री सिंहको निधनमा सात दिनसम्म राष्ट्रिय शोक मनाउने समेत घोषणा गरेको छ । शनिबार राजकीय सम्मानका साथ उनको अन्त्येष्टि गरिने भएको छ । शुक्रबार सबै सरकारी समारोह रद्द गरिएको बताइएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार