काठमाडौँ / सार्वजनिक खरिद अनुगमन कार्यालयले एस.ए.एस. कन्ट्रक्सनदेखि ग्याल्वा कन्ट्रक्सनलगायत विभिन्न निर्माण तथा आपूर्तिकर्ता कम्पनीलाई कालोसूचीमा राखेको छ । बिहीबार सूचना प्रकाशित गर्दै सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १३ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको जानकारी दिएको हो ।
कार्यालयको मिति २०६१।०९।१७ गतेको निर्णयअनुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम आजबाट लागू हुने गरी १२ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखिएको सूचनामा उल्लेख छ ।
उक्त कम्पनीहरूलाई तीन वर्षदेखि न्यूनतम् एक वर्षसम्मका लागि कालोसूचीमा राखिएको छ । कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।
यातायात पूर्वाधार निर्देशनालय, पूर्वाधार विकास कार्यालय पाचथर, सडक विभाग, वन निगम, नेपाल टेलिकमलगायतका संस्थाहरूको अनुरोधमा यी कम्पनीहरूलाई कालोसूचीमा राखिएको कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ ।
सूचना