रौतहट / चोरको समूहले सुरुङ बनाएर रौतहटको एक घरमा चोरी गरेका छन् । फतुवा विजयपुर नगरपालिका वडा नम्बर–६ पेटभर्वाका अच्छेलाल साहको घरमा चोरी भएको हो ।
बुधबारको राति करिब १२ बजेको समयमा सुरुङ बनाइ घरमा प्रवेश गरेर चोरी गरेको स्थानीय राजकिशोर साहले बताए । उनका अनुसार पाँचवटा मोबाइल गरगहना र नगद दुई लाख गरी करिब पाँच लाख बराबरको चोरी भएको छ ।
गाउँको युवाहरूले चोरी भएको मोबाइलको आधारमा खोजी गर्दै जाँदा फतुवा गाउँको मठको नजिक चारजना चोर फेला परेको उनले जानकारी दिए ।
चोरी भएको मोबाइलहरू र गरगहना र रकम त्यहीबाट बरामद भएपछि युवाहरूले इलाका प्रहरी कार्यालय विजयपुर बुझाएका छन् ।
केही दिन आघि पेटभर्वा गाउँकै चारवटा घरमा चोरी भएको थियो । प्रहरीले दिएको जानकारी अनुसार पक्राउ परेकाको बारेमा अनुसन्धान भइरहेको छ ।