images
images

मौसम पूर्वानुमान : उच्च पहाडी तथा हिमाली भूभागमा आंशिकदेखि साधारणतया बदली रहने

मौसम पूर्वानुमान : उच्च पहाडी तथा हिमाली भूभागमा आंशिकदेखि साधारणतया बदली रहने

शनिवार, पुस २० २०८१
शनिवार, पुस २० २०८१
  • मौसम पूर्वानुमान : उच्च पहाडी तथा हिमाली भूभागमा आंशिकदेखि साधारणतया बदली रहने
    images
    images

    काठमाडौँ / जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका धेरै स्थानहरु लगायत उपत्यकाहरूमा हुस्सु र कुहिरो लागेको छ ।

    आज दिउँसो देशभरको मौसम मुख्यतया सफा रहने महाशाखाको भनाइ छ । यस्तै, आज राति उच्च हिमाली भेगमा हिउ पर्नेछ भने पहाडी र तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ ।

    बिहानको समयमा तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सु र कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन,स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्नसक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    साताको लोकप्रीय
    थप समाचार