काठमाडौँ / सिटी होटल हायात सेन्ट्रिक ब्राण्डअन्तर्गत सञ्चालन हुने भएको छ । यसअघि हायात प्लेस होटलको ब्राण्डअन्तर्गत सञ्चालन भएको होटल गत बुधवारबाट हायात सेन्ट्रिक ब्राण्डअन्तर्गत सञ्चालन भएको हो ।
सिटी होटलले पुस २६ गते काठमाडौँस्थित कालिमाटी ब्यांक्वेटमा साधारण सभा बोलाएको छ । सभाले हाल कायम चुक्तापूँजीबाट १ः०.८० को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
होटलले ऋण चुक्ता गर्नका लागि हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको जनाएको छ ।