images
images

केवलकार निर्माणको नाममा सरकारले बलजफत, दमन र सांस्कृतिक अतिक्रमण भयो : सांसद चौधरी

केवलकार निर्माणको नाममा सरकारले बलजफत, दमन र सांस्कृतिक अतिक्रमण भयो : सांसद चौधरी

बिहिवार, माघ २४ २०८१
बिहिवार, माघ २४ २०८१
  • केवलकार निर्माणको नाममा सरकारले बलजफत, दमन र सांस्कृतिक अतिक्रमण भयो : सांसद चौधरी
    images
    images

    काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अशोक कुमार चौधरीले ताप्लेजुङको मुकुम्लुङमा निर्माण हुन लागेको केबलकार सम्बन्धी विवाद संवादका माध्यमबाट समाधान गर्न सरकारलाई आग्रह गरेका छन् ।

    बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले केवलकार निर्माणको नाममा सरकारले बलजफ्ती दमन र सांस्कृतिक अतिक्रमण गरिरहेको बताएका हुन् ।

    उनले भने, “ताप्लेजुङको पवित्र भूमि मुकुम्लुङ जहाँ श्रद्धा र  भक्ति हुनुपथ्र्यो त्यहाँ निर्दोष नागरिकको रगत बगाइएको  छ । केवलकार निर्माणको नाममा सरकारले बलजफत दमन र सांस्कृतिक अतिक्रमण गरिरहेको छ । स्थानीय समुदायको आवाज दबाउन बन्दुक ताक्ने सरकारको रवैया पूर्ण रूपमा अस्वीकार्य छ ।” साथै, उनले सरकार दमनकारी शासक नभइ जनताको सेवक हुनुपर्ने बताए ।  

    उनले केवलकार विरोधका कारण कोशी प्रदेशभर जनजीवन अस्तव्यस्त भएका नागरिकहरू र गोली  प्रहार जस्ता कार्यहरूबाट घाइते भएकाहरुको उपचार र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारलाई आग्रह समेत गरेका छन् ।

    उनले  भने, “सरकार  जनताको  सेवक हुनुपर्छ,  दमनकारी शासक होइन । विकासको  नाममा अन्याय, अत्याचार र  बल प्रयोग कुनै हालतमा स्वीकार्य छैन । केवलकार  विरोधका कारण कोशी प्रदेशभर जनजीवन अस्तव्यस्त बन्द,ै बन्दका कारण हजारौँ  नागरिकहरु मर्कामा परेका छन् । हिंसा र गोली  प्रहार  जस्ता कार्यहरु  फेरी नदोहोरियोस् । घाइतेहरूको  तत्काल उपचार र क्षतिपूर्तिको व्यवस्था गरियोस् । स्थानीय समुदायको सम्मान गर्दै संवादका माध्यमबाट  समस्याहरु समाधान हुनुपर्छ ।” 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार