images
images

प्रोटिनजन्य पदार्थमा पहुँच बढाउन राइट टु प्रोटिन रन हाफ म्याराथन, च्याम्पियनले पाउनेछन् एक लाख ५० हजार

प्रोटिनजन्य पदार्थमा पहुँच बढाउन राइट टु प्रोटिन रन हाफ म्याराथन, च्याम्पियनले पाउनेछन् एक लाख ५० हजार

मंगलवार, पुस २३ २०८१
मंगलवार, पुस २३ २०८१
  • प्रोटिनजन्य पदार्थमा पहुँच बढाउन राइट टु प्रोटिन रन हाफ म्याराथन, च्याम्पियनले पाउनेछन् एक लाख ५० हजार
    images
    images

    काठमाडौं/  प्रोटिनजन्य पदार्थमा पहुँच बढाउन  राइट टु प्रोटिन रन हाफ म्याराथनको चौथो संस्करण माघ १२ गते हुने भएको छ। 

    प्रोटिनजन्य पदार्थमा पहुँच बढाउन जनचेतना फैलाउने उद्देश्यले नेपाल भेटेरिनरी एसोसिएसनले राइट टु प्रोटिन हाफ म्याराथन हुन लागेको जनाएको छ । 

    आयोजकले हिजो सोमबार पत्रकार सम्मेलन मार्फत म्याराथनको बारेमा जानकारी दिएको हो । 

    हाफ म्याराथनमा महिला÷पुरुषको हाफ म्याराथन, पुरुष १० किलोमिटर, महिला पाँच किलोमिटर, १२ कक्षा सम्मका विद्यार्थीहरूको पाँच किलोमिटर पुरुष र तीन किलोमिटर महिला, फरक क्षमता भएका व्यक्तिहरूका लागि ह्विलचेयर पुरुष तथा महिला र बालबालिकाका लागि रन फर फन विधामा प्रतिस्पर्धा हुने छ।


    राइट टु प्रोटिन म्याराथनमा करिब आठ हजार संख्यामा सहभागिता रहने आयोजकले जनाएको छ । 

    हाफ म्याराथन त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भइ भक्तपुरको राधेराधे पुगेर सोही रुट हुँदै दशरथ रंगशालामा नै आएर टुगिनेछ । 

    सहभागिता र पुरस्कार राशिका हिसाबमा यस प्रतिस्पर्धा नेपालकै सबभन्दा ठूलो हाफ म्याराथन रहेको आयोजक कमिटीका संयोजक डा. शितलकाजी श्रेष्ठले बताए । 

    गत संस्करणको हाफ म्याराथनमा महिलातर्पm सन्तोषी श्रेष्ठ र पुरुषमा दीपक अधिकारी च्याम्पियन भएका थिए।


    पछिल्ला तीन संस्करणमध्ये दुई वटामा सहभागी हुँदा सन्तोषी च्याम्पियन भएकी थिइन् । 

    पत्रकार सम्मेलनमा पनि उपस्थित धाविका सन्तोषीले खेल क्षेत्रसँग सम्बन्ध नभएको संस्थाले आयोजना गरेको म्याराथन उत्कृष्टमध्ये एक रहेको बताइन् । 

    यस पल्ट पनि आफू खेल्ने तयारीमा रहेको उनले उल्लेख गरेकी छन् । 

    धाविका सन्तोषीले यस प्रोटिन म्याराथनले खेलाडीहरूलाई आकार्षित गरिरहेको बताइन् । 

    आफूले अध्ययन गरिरहेको विषय डाइट एन्ड न्युट्रिसन रहेको र यस विषयमा आयोजकले सन्देश पनि दिइरहेकाले खेलाडीका लागि यो म्याराथन विशेष रहेको सन्तोषीको भनाइ छ । 

    खेलाडीले पाउनुपर्ने पुरस्कार ढिला पाउने गरे पनि यस म्याराथन आयोजकले लगत्तै पुरस्कार दिने गरेको उनको भनाइ छ।


    आयोजकले महिला र पुरुषलाई समान पुरस्कार व्यवस्था गरेको छ । हाफ म्याराथनमा च्याम्पियन हुने दुवैले एक लाख ५० हजार रुपैयाँ पाउनेछन् । 

    दोस्रोले एक लाख, तेस्रोले ७० हजार, चौथोले ५० हजार र पाँचौंले ३० हजार रुपैयाँ पुरस्कार पाउने छन् । 

    १० किलोमिटर खुला पुरुष दौडमा पहिलो हुनेले ५० हजार, दोस्रोले ४० हजार, तेस्रोले ३० हजार, चौथोले २० हजार र पाँचौंले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन् ।

     महिलामा पाँच किलोटमिटरतर्पm शीर्ष तीन स्थानमा रहनेलाई क्रमशः ३० हजार, २० हजार र १५ हजार प्रदान गरिने छ । चौथोले १० हजार र पाँचौंले पाँच हजार पुरस्कार प्राप्त गर्नेछन् ।


    विद्यार्थी र ह्विलचियर प्रतिस्पर्धामा पनि पुरस्कारको व्यवस्था गरिएको छ । ह्विलचियरतर्पm महिला र पुरुषमा शीर्ष तीन स्थान प्राप्त गर्ने खेलाडीलाई क्रमशः ३० हजार, २० हजार र १५ हजार पुरस्कारको व्यवस्था गरिएको छ । 

    यस प्रतियोगितामा खेलाडीहरूको सुविधाको लागि रुटका विभिन्न स्थानमा पानी, प्राथमिक उपचार र आकस्मिक सेवाको लागि एम्बुलेन्सको व्यवस्था गरिएको आयोजक संयोजक श्रेष्ठले जानकारी दिए।


     यस प्रतियोगिताका लागि नेपाल एथलेटिक्स संघको प्राविधिक सहयोगमा हुने म्याराथनमा करिब पाँच सय स्वयंसेवक परिचालन गरिने आयोजकले जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    साताको लोकप्रीय
    थप समाचार