images
images

सरकारी नीतिले इभी मोह बढ्दो : नेपाली अटो बजारमा चिनियाँ इभीको आक्रमक ब्यापार

सरकारी नीतिले इभी मोह बढ्दो : नेपाली अटो बजारमा चिनियाँ इभीको आक्रमक ब्यापार

बुधवार, पुस २४ २०८१
बुधवार, पुस २४ २०८१
  • सरकारी नीतिले इभी मोह बढ्दो : नेपाली अटो बजारमा चिनियाँ इभीको आक्रमक ब्यापार
    images
    images

    काठमाडौँ / विश्वमा कार्बन घटाउने र हरितगृह ग्यास धेरै उत्सर्जन गर्ने अभियानमा जुटेको चीनले नेपालमा विद्युतीय(इभी) गाडीको बजार बढाउँदै लगेको छ । केही दिनअघि मात्र सरिना जी ट्रेड प्रालिले नेपाल ल्याएको नयाँ विद्युतीय ट्याक्सी ईभीईजीको बुकिङ खुला गरेलगत्तै मंगलबारआर्ट ग्रुप प्राइभेट लिमिटेडले  चिनियाँ हाइगर बसहरू हस्तान्तरण गरेको छ ।

    नेपाली अटो बजारमा भारतीय, अमेरिकन तथा युरोपियन ब्रान्डका सवारी साधनले प्रभाव जमाउँदै आएपनि चिनियाँ मोडलका इभी (इलेक्ट्रिक भेइकल)ले स्थान ओगट्न थालेको छ । व्यवसायी हेमन्तराज कक्षपति चिनियाँ ब्राण्डका कम्पनीहरू एकदमै बलियो भएको अनुभव रहेको सुनाए ।

    उनले भने, “बितेको दुईचार बर्षमा चिनियाँ इभी गाडी नेपालमा बढेको छ । तर पनि धोका दिन्छ कि भन्ने त्रास छ । आशा गरौँ आएका कमजोरीहरू सुधारेर अघि बढ्ला भन्ने अपेक्षा छ ।” 

    नेपाल टुरिष्ट भेइकल एसोसिएसनका पूर्वअध्यक्ष एवम व्यवसायी मनोज श्रेष्ठले चिनियाँ इभी गाडीहरू लक्जरीयस रहेको सुनाउँदै भने, “चिनियाँ इभीहरूको सबै फिचरहरू राम्रा छन् । इभीको भविष्य राम्रो देख्छु । चिनियाँ इभी बसहरू थप भित्र्याउन आवश्यक छ ।”
     
    अर्का व्यवसायी बेदराज बाँस्तोलाले चिनियाँ इभी बसको सेवा सुविधाहरू राम्रो रहेको सुनाउँदै भने, “नेपालमा चिनियाँ इभी बसको संख्या बढ्दै जानु पर्यटन क्षेत्रका लागि अति नै आवश्यक छ । यसको परीक्षणपछि विस्तारै अपग्रेट गर्ने काममा कम्पनीले काम गर्नुपर्छ ।”

    विगतका तथ्याङ्कलाई हेर्ने हो भने पनि चिनियाँ इभी गाडीहरूको संख्या बढ्दै गएको देखिन्छ । आर्थिक वर्ष २०८०/८१ मा निजी कार बिक्रीमा मात्र ७१.५ प्रतिशत हिस्सा इभीले ओगटिसकेको छ । 

    उक्त बर्षमा चीनबाट मात्रै ८ हजार ६५ वटा ईभी नेपाल भित्रिएका थिए भने गाडी भित्रिएको संख्या हेर्दा भारत दोस्रो नम्बरमा परेको थियो । नेपालमा चीन र भारत बाहेक कोरिया, अमेरिका, फ्रान्स, जापान लगायत मुलुकमा बनेका इभी भित्रिरहे पनि पछिल्लो समय चिनियाँ गाडीको संख्या बढ्दै गएको व्यवसायी राजु श्रेष्ठको भनाइ छ । 

    कुल इभीमा चीनबाट आयात भएका इभीको हिस्सा ५८.३६ प्रतिशत र भारतबाट आयात भएका इभीको अनुपात ३६.१२ प्रतिशत रहेको तथ्यांकहरू सार्वजनिक भइसकेका छन् । नेपाल सरकारले विद्युतीय सवारी साधनलाई प्रवर्द्धन गर्न लिएको कर छुट नीतिले पनि इभीप्रतिको मोह बढेको देखिन्छ । 

    नेपालको अटो बजारमा चिनियाँ इभीप्रतिको क्रेज बढ्नुको अर्को कारण सस्तो मूल्यमा गाडी उपलब्ध गराउँनु रहेको व्यवसायीहरूको भनाइ छ । आर्थिक वर्ष २०७३/७४ को बजेट मार्फत विद्युतीय सवारी साधन आयातमा कर छुट दिने नीतिले व्यवसायीलाई प्रोत्साहित गरेको छ ।

    नेपाल सरकारले चिनियाँ गाडी आयातमा केही नियम फेरबदल गरेपनि संख्या घट्नुको साटो बढ्दै गइरहेको छ । नेपालको बजारमा केही वर्ष अघिसम्म नगन्य आयात हुने चिनियाँ कम्पनीका गाडीले अहिले वर्चस्व जमाउन थालेका हो । योसँगै भारतीय गाडीको उपस्थिति घट्नसक्ने अनुमान गरिएको छ । 

    गत आर्थिक वर्षमा कुल ३४ अर्ब ९१ करोड रुपैयाँका जिप, कार, भ्यान आयात भएका थिए । त्यसमध्ये चीनबाट मात्रै २२ अर्ब ५५ करोड रूपैयाँको आयात भएको तथ्यांक थियो भने भारतबाट १० अर्ब ९७ करोड रुपैयाँको आएको छ । यस हिसाबले पनि चिनियाँ अटो बजार नेपालमा आक्रमक भएको देखिन्छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    साताको लोकप्रीय
    थप समाचार