images
images

ग्लोबल आईएमई बैंकको स्टार्टअप अवार्ड डीएल अपलोडलाई, जिते ४ लाख रुपैयाँ नगद पुरस्कार

ग्लोबल आईएमई बैंकको स्टार्टअप अवार्ड डीएल अपलोडलाई, जिते ४ लाख रुपैयाँ नगद पुरस्कार

सोमवार, पुस २९ २०८१
सोमवार, पुस २९ २०८१
  • ग्लोबल आईएमई बैंकको स्टार्टअप अवार्ड डीएल अपलोडलाई, जिते ४ लाख रुपैयाँ नगद पुरस्कार
    images
    images

    काठमाडौँ /  नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौँ च्याप्टरले आयोजना गरेको ग्लोबल आईएमई बैंकद्वारा प्रस्तुत एनवाईईएफ स्टार्टअप अवाडर्स ४.० रूपमा सम्पन्न भएकोे छ ।

    नेपाली स्टार्टअपहरूको नवप्रवर्तनात्मक भावना र उद्यमशील उत्कृष्टताको उत्सव स्वरूप आयोजित यस कार्यक्रमलाई काठमाडौँको ह्यात रेजेन्सी होटल, चाबहिलमा भएको थियो । उक्त कार्यक्रममा १५० भन्दा बढी विशिष्ट पाहुनाहरूको सहभागिता रहेको थियो ।

    यस वर्षको विजेता डीएल अपलोडलाई ४ लाख रुपैयाँ नगद पुरस्कारसहित प्रतिष्ठित स्टार्टअप अवार्ड प्रदान गरियो । उपविजेताको रूपमा मेल्ट डाउनलाई २ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरियो भने खेतीपाती अर्गानिक्सले अडियन्स पिक अवार्ड जित्दै १ लाख रुपैयाँ प्राप्त ग¥यो ।

    कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्टार्टअपहरूलाई आर्थिक वृद्धि र नवप्रवर्तनमा महत्वपूर्ण भूमिका खेल्ने विषयमा जोड दिए । यस्तै प्राडा शिवराज अधिकारीले स्टार्टअपहरूलाई सफल बनाउन अनुकूल नीति निर्माणको आवश्यकता रहेको पनि औँल्याए ।

    एनवाईईएफ काठमाडौँ च्याप्टरका अध्यक्ष अभिमन्यु गोल्छाले नेतृत्व गरेका थिए । 

    सात उत्कृष्ट स्टार्टअपहरू

    ⁠डीएल अपलोड

    मेल्ट डाउन

    खेतीपाती अर्गानिक्स

    ज्ञान बजार

    ई–कागजपत्र

    माच २० अर्बिटल्स

    स्मार्टपालिक

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार