images
images

गुरु ट्राभल्सको तेस्रो वार्षिक साधारण सभा : गुणस्तरीय सेवा प्रवाहमा जोड दिने प्रतिबद्धता

गुरु ट्राभल्सको तेस्रो वार्षिक साधारण सभा : गुणस्तरीय सेवा प्रवाहमा जोड दिने प्रतिबद्धता

मंगलवार, माघ १ २०८१
मंगलवार, माघ १ २०८१
  • गुरु ट्राभल्सको तेस्रो वार्षिक साधारण सभा : गुणस्तरीय सेवा प्रवाहमा जोड दिने प्रतिबद्धता
    images
    images

    काठमाडौँ / नेपालकै पहिलो पब्लिक लिमिटेड ट्राभल कम्पनी, गुरु ट्राभल्स लिमिटेडको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । काठमाडौँमा एक समारोहबिच अध्यक्ष विज्ञानराज शर्माको अध्यक्षतामा, संस्थापक शेयरधनीहरू, पर्यटन क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरू र विशिष्ट अतिथिहरूको उपस्थितिमा कम्पनीको साधरण सभा सम्पन्न भएको हो ।

    सभाको उद्घाटन अध्यक्ष विज्ञान राज शर्मा, वरिष्ठ सल्लाहकार तथा शेयरधनी, अमेरिकाका लागि महावाणिज्यदूत प्रेमराजा महत र  युकेका लागि पूर्व काउन्सिलर तथा महावाणिज्यदूत, अनुभवी र प्रसिद्ध उद्यमी, नेपालको जलविद्युत् र पर्यटन उद्योगका लगानीकर्ता  पशुपति भण्डारीले संयुक्त रूपमा पानसमा बत्ति बालेर गरेका थिए ।

    प्रमुख सञ्चालन अधिकृत अनिल धरेलले सञ्चालन गरेका सो कार्यक्रममा अध्यक्षको स्वागत मन्तव्यपछि संस्थाका सञ्चालक प्रमुख कार्यकारी अधिकृत नबराज धरेलले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । स्थापनाकालदेखि सन्तोषजनक प्रगति गर्दै आएको र भविष्यमा अझ गुणस्तरीय सेवा प्रवाहमा जोड दिने प्रतिबद्धता कम्पनीले जनाएको छ ।

    कम्पनीले हालसम्म 1,00,00,000+ Social Media Reach, 1,500+ Corporates Served, 24,000+ People Travelled, 60 +Promoters, 1,35,000+ Membership, 27,000+ Inquiries Received, 30+ Team Strength र वर्षमा 365 Days Served का माइलस्टोन हासिल गरेको छ ।

    सभामा आर्थिक वर्ष २०८०/८१ को लेखा परीक्षकको प्रतिवेदन, आर्थिक वर्ष २०८१/८२ का लागि लेखा परीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरू प्रस्तुत गरिए, जुन शेयरधनीहरूको सर्वसम्मतिले पारित गरे ।

    कार्यक्रमको विशेष आकर्षणका रूपमा "Invest on Travelling" Award प्रदान गरियो, जसअन्तर्गत संस्थाको व्यापार ब्यबसाय प्रवर्द्धनमा उत्कृष्ट योगदान पुर्‍याउने शेयरधनीलाई सम्मानित गरिएको थियो ।

    उक्त पुरस्कार पशुपती भण्डारी, बेनिन्द्र कटुवाल, लक्ष्मी गुरुङ, दिनेश थापा र विनय अमात्यलाई प्रदान गरियो । कार्यक्रमको अन्त्यमा कम्पनीका निर्देशक क्रिष दंगोलले धन्यवाद ज्ञापन गर्दै सबै सहभागीहरूको भूमिका र सहयोगप्रति आभार व्यक्त गरे । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार