images
images

नेशनल लाइफले ल्यायो ‘बाल अमृत- ४ सावधिक बिमालेख’ योजना, केके छन् विशेषता ?

नेशनल लाइफले ल्यायो ‘बाल अमृत- ४ सावधिक बिमालेख’ योजना, केके छन् विशेषता ?

बिहिवार, माघ ३ २०८१
बिहिवार, माघ ३ २०८१
  • नेशनल लाइफले ल्यायो ‘बाल अमृत- ४ सावधिक बिमालेख’ योजना, केके छन् विशेषता ?
    images
    images

    काठमाडौँ / नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बाल अमृत-४ सावधिक बिमालेख सार्वजनिक गरेको छ । आफ्ना बरिष्ठ अभिकर्ताहरूको राय सुझाव र मागलाई मध्येनजर गर्दै कम्पनीले बहुचर्चित बाल अमृत बीमालेख अन्तर्गत उक्त बिमालेख सार्वजनिक गरेको हो । 

    एक समारोहका बिच प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेशप्रसाद खत्रीले उक्त बिमालेख उद्घाटन गरे । सो कार्यक्रममा जुम मिटिङमार्फत जोडिएका कम्पनीका सबै प्रदेश तथा शाखा प्रमुख, मार्केटिङ कर्मचारीहरू, वरिष्ठ अभिकर्ताहरूका साथै केन्द्रिय कार्यालयका विभागिय प्रमुखहरू सम्मिलित थिए ।

    उक्त बिमालेखको समुद्घाटन गर्दै विगतमा पनि अभिकर्ता तथा बिमित वर्गहरूले अत्यन्तै रूचाएको बाल अमृत बिमालेखलाई अझ बढि परिष्किृत गरी बाल अमृत सावधिक बीमालेख – ४ योजना प्रस्तुत गर्न पाउँदा अत्यन्तै खुशी लागेको बताए । 

    बाल बच्चाको सुमधुर भविष्यसँग सम्वन्धित यो योजना कम्पनीकै एक अब्बल योजना रहेको उनको भनाइ छ । बिमालेख योजनाका विशेषताहरूका सम्बन्धमा बजार विभाग प्रमुख विवेक शर्माले प्रष्ट्याए । 

    बिमालेखमा बिमितको प्रवेश उमेर न्यूनतम १ महिना (३०) दिन र अधिकतम १५ बर्ष, प्रस्तावकको उमेर न्यूनतम २० बर्ष र अधिकतम ५० बर्षसम्म रहने प्रावधान छ ।

    सो बिमालेखमा प्रस्तावकको रूपमा बुवा, आमा वा कानुनी संरक्षक हुनुपर्नेछ । बीमांक रकम न्यूनतम् १ लाख र अधिकतम आयश्रोतको आधारमा ५० लाखसम्म लिन सकिने यस बीमालेखले प्रस्तावकको पनि जोखिम रक्षावरण गरेको हुन्छ र बिमाशुल्क मासिक, त्रैमासिक अर्धबार्षिक र बार्षिकरूपमा बुझाउन सकिने व्यवस्था गरेको छ ।

    यसैगरी यस बीमालेख योजनामा अधिकतम बिमा समाप्ती उमेर ७० बर्ष रहेको छ साथै चुक्ता मूल्य, ऋण, समर्पण मूल्य र आयकर छुटलगायतका अन्य सुविधाहरू पनि उक्त बिमालेखमा रहेको बताए ।

    बिमालेखलाई प्रवद्र्धन गर्ने उदेश्यले बिमित तथा अभिकर्ताहरूका लागि बिमालेख आरम्भ सप्ताह प्रोत्साहन योजना पनि लागू गरिएको उनको भनाइ छ । 

    साथै उनले सम्पूर्ण अभिकर्ता, बीमित र कम्पनीका शुभेच्छुकहरूले कम्पनीको मोवाईल एप्स, वेबसाइट र  नेपालभर रहेको जुनसुकै शाखा कार्यालयहरूमा गएर पनि यस सम्वन्धि विस्तृत जानकारी लिन सकिने व्यवस्था गरिएको बताए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार