काठमाडौँ / सीएफमोटोको नेपालका लागि आधिकारिक वितरक रिलायन्स ग्रुप अन्तर्गतको ऋषि ट्रेड सेन्टरले काठमाडौँ देखि नुवाकोट दरबार सम्मको राइड सम्पन्न गरेको छ ।
गत शनिबार नक्सालस्थित शोरुमबाट प्रारम्भ भएको सो राइडमा नयाँ तथा पुराना बाइकसहितका २० राइडर सहभागी थिए ।
सो अवसरमा सीएफमोटो ब्रान्डका एनके २५०, एसआर २५०, एनके ४५० तथा ४५० एमटी बाइकहरूको सहभागिता रहेको थियो ।
हाल डे आउट राइड सबै सेगमेन्टका ग्राहकहरूको चासो तथा चाहना रहेको तथ्यलाई मध्यनजर गरी कम्पनीले सो राइड कार्यक्रम सञ्चालन गरेको बताएको छ ।
राइडमा सहभागी सबै राइडरहरूलाई सीएफमोटोको राइडिङ ज्याकेट तथा मायाको चिनो प्रदान गरिएको थियो । उक्त राइडमा राइडरहरूलाई विभिन्न गेममा सहभागी गराई पहिलो तथा दोस्रो विजेतालाई कम्पनीबाट विशेष प्रिभिलेज कार्ड उपहार स्वरूप प्रदान गरिएको थियो ।
कम्पनीका अनुसार यो भन्दा पहिले अघिल्लो शनिबार अर्थात माघ ५ मा आयोजना भएको सीएफमोटो मिट एन्ड ग्रिट कार्यक्रममा समेत उल्लेख्य मात्रामा सीएफमोटो बाइकधनीहरुको सहभागिता रहेको थियो ।
सोही कार्यक्रममार्फत घोषणा भए बमोजिम कम्पनीले हाल उक्त राइडको आयोजना गरेको जानकारी दिएको छ ।
कम्पनीले आफ्ना राइडरहरुलाई यस्ता कार्यक्रमहरू समय समयमा आयोजना गरी थप उत्साह कायम राख्दै, ग्राहकहरुलाई उच्चतम क्षमताका नयाँ नयाँ बाइकहरू उपलब्ध गराउँदै जाने र सहज तथा ग्राहकमुखी सर्भिस तथा पार्ट्सको पूर्ण सन्तुष्टि दिने प्रतिबद्धता समेत जनाएको छ ।