आज विक्रम संवत २०८१ साल माघ २४ गते, बिहीबार । ईश्वी सन् २०२५ फेव्रुवरी ६ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । शिशिर ऋतु । श्रीशाके १९४६ । माघ शुक्लपक्ष । तिथि–नवमी, ५४ घडी ५८ पला, रातको १२ बजेर ४९ मिनेट उप्रान्त दशमी । कृतीका नक्षत्र, ३७ घडी १ पला, बेलुकी ९ बजेर ३८ मिनेट उप्रान्त मृगशिरा । योग–ब्रम्ह, ३५ घडी २४ पला, उप्रान्त ऐन्द्र बेलुकी ९ बजेर ० मिनेटसम्म, करण–बालव, उप्रान्त कौलव दिउँसो १ बजेर ५२ मिनेटसम्म, उप्रान्त तैतिल, रातको १२ बजेर ४९ मिनेटसम्म । आनन्दादिमा–लुम्ब योग । चन्द्रराशि–बृष । राशिअनुसार आज तपाईँको समय कस्तो चल्दैछ ?
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
कार्यक्षेत्रमा सयमै जिम्मेवारी वहन हुनेछ । नयाँ कार्यको प्रस्ताव आउनेछ । व्यापारमा धन आर्जन गर्न सकिनेछ। आम्दानीका स्रोत बढ्नेछ । दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नयाँ काम प्रारम्भ हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। बोलीको प्रभाव बढ्दा आर्थिति गतिविधिमा फाइदा हुनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मान सम्मानमा वृद्धि हुने समय छ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ । पहिलेका कमजोरी सुधार्न सकिनेछ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। सम्बन्धमा पुराना कुराहरूलाई बिर्सेर अघि बढ्दा फाइदा मिल्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कार्यक्षेत्रमा जिम्मेवारी बहन गर्न नचुक्नोहोस् । विगतको सफलताले थप काम गर्नमा हौसला मिल्नेछ। चिताएको काम गर्न समय लाग्नेछ । अरुका लागि रकम र बुद्धि खर्चनुपर्ला। सरसापटमा रकम बाहिरिन सक्छ। उधारोमा फाइदाको रकम बाहिरिन सक्छ । किनमेलमा खर्च बढ्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आत्मविश्वासले काम लिने समय छ । रचनात्मक कार्य गर्ने समय छ। प्रयत्न गर्दा आयस्रोत बढ्नेछ। आम्दानीका स्रोत फेला पर्नेछ। दिगो फाइदा हुने काम सुरु गर्ने समय छ। लाभांश गुम्न सक्छ । व्यवसायमा लगानी बढाउने समय छ। सरसापटमा धन बाहिरिन सक्छ। आवश्यक पर्दा सरसापट तथा कर्जामार्फत धन जुट्नेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
बजेट हेरेर किनमेल गर्नुहोस् । खर्च बढ्दा कर्जा लिनुपर्ला । व्यापार व्यवसायमा लाभ हुनेछ। मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। रचनात्मक काममा जुट्ने समय छ। विभिन्न भौतिक साधनहरू प्राप्त हुनेछन्। नोकरी तथा व्यवसायमा फाइदा होला। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो फाइदा हुने काम सुरु हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
नयाँ सम्पर्कहरूबाट लाभ मिल्नेछ। आयक्षेत्र सबल रहनेछ। मिहिनेत गर्दा लक्ष्यमा पुगिनेछ। रोकिएका काम सम्पादन हुनेछन्। विशेष जिम्मेवारी प्राप्त हुनेछ। सानो प्रयत्नले धेरैको भलाइ गर्न सक्छ। भेटघाटले काम गर्ने अवसर दिलाउनेछ। गरेको कामले राम्रो उपलब्धि हातपार्न सकिनेछ। पेसा–व्यवसायमा पनि काम विस्तार गर्ने समय छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
नोकरी वा पेशामा तपाईँको व्यक्तित्वको प्रभाव बढ्नेछ। कार्यक्षेत्रमा रोकिएका कार्यहरू प्रारम्भ हुनेछन्। उद्योग व्यापारमा थप लगानी बढाउनुपर्ला। सोचेअनुसारको उपलब्धि तत्काल प्राप्त नहुन सक्छ । न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ला। आफ्नो वस्तुमा समेत अरुले दाबी गर्नेछन्। धेरै श्रम परे पनि लाभांश थोरै मिल्नेछ। काम रोकिनाले दोहोर्याएर प्रयत्न गर्नुपर्नेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कार्यक्षेत्रमा विशिष्ट व्यक्तिहरूको साथ मिल्नेछ। वित्तीय वा सहकारी संस्थाबाट लाभ मिल्ला। नोकरी वा पेशामा कामको बोझ थपिनेछ। घुमफिर तथा मनोरञ्जनमा समय बित्नेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। व्यवसायको सन्दर्भमा यात्राको योग छ । अरुको आथित्यता स्वीकार गर्दा खर्च बृद्धि हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
कार्यक्षेत्रमा विरोधीहरू सक्रिय रहनेछन्। साझेदारी व्यापारबाट लाभ मिल्नेछ। व्यापार व्यवसायमा आफन्तको सहयोग मिल्नेछ। सवारी साधनमा धन खर्चका योग छन्। दिगो फाइदा हुने काममा जग बसाउने मोका छ । प्रयत्न गर्दा अवसर प्राप्त हुनेछ । गरेका कामबाट मनग्गे फाइदा उठाउन सकिनेछ। परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आयस्रोत भढ्नाले आर्थिक पक्ष मजबुत रहनेछ। व्यापार व्यवसायमा सन्तानको सहयोग मिल्नेछ। मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। व्यापारमा फाइदा र पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ। पहिले गरेका कामबाट उचित प्रतिफल प्राप्त हुने समय छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कारोबार विस्तारको लागि योजनाहरू बन्नेछन्। अरुको लागि श्रम र समय खर्च गर्नुपर्ला। हतारमा निर्णय लिने बानीले समस्यामा पार्नेछ । तत्कालको फाइदाले भविष्यमा समस्या हुन्छ । बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ। अप्ठ्यारोमा साथ दिनेहरू कमै भेटिनेछन्। मिहिनेतको प्रतिफल हातपार्न समयमै सावधानी अपनाउनुपर्ला।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
धैर्य र पराक्रममा वृद्धि हुनेछ। आर्थिक पक्ष मजबुत रहनेछ। नयाँ काम थालनी हुनुका साथै मिहिनेतको प्रतिफल प्राप्त हुनेछ। चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। व्यवसायमा मनग्गे धनलाभ हुनेछ भने लगानीले दिगो फाइदा दिलाउनेछ। मिहिनेतले दैनिकीमा सुधार ल्याउनेछ।