आज विक्रम संवत २०८१ साल माघ २३ गते, बुधबार । ईश्वी सन् २०२५ फेव्रुवरी ५ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । शिशिर ऋतु । श्रीशाके १९४६ । माघ शुक्लपक्ष । तिथि–अष्टमी, ५० घडी १७ पला, रातको २ बजेर ५७ मिनेट उप्रान्त नवमी । भरुणी नक्षत्र, ४० घडी ४० पला, बेलुकी ११ बजेर ७ मिनेट उप्रान्त कृतिका । शुक्ल योग, ४२ घडी ५० पला, बेलुकी ११ बजेर ५८ मिनेट उप्रान्त ब्रम्ह । करण–भद्रा, बेलुकी ४ बजेर ५ मिनेट उप्रान्त बव, रातको २ बजेर ५७ मिनेट उप्रान्त बालव । काण योग–आनन्दादिमा। चन्द्रराशि–मेष । आज कुन राशि भएकाको समय कस्तो चल्दैछ ? हेर्नुस्
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
राम्रो भविष्यको लागि कठोर निर्णय लिनुपर्ला । आर्थिक पक्ष सामान्य रहनेछ। प्रशासनिक वा राजकीय कार्यमा बाधा छ। रचनात्मक काम सुरु गर्ने समय छ। विगतको सफलताले प्रोत्साहित गर्नेछ । नयाँ कामको प्रस्ताव आउनेछ। मनग्य धन आर्जन गर्न सकिनेछ। विगतका कमजोरी सुधार गर्न सकिनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आकस्मिक कामले खर्च बढाउनेछ । सञ्चित रकम सरसापटमा बाहिरिनेछ । सहकर्मीहरूबाट सहयोग मिल्नेछ। कार्यक्षेत्रमा बिलम्ब हुनेछ। व्यापार व्यवसायको लागि गरिएको यात्राबाट लाभ मिल्नेछ। आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुटाउन पनि सकिनेछ। दीगो काम सुरु गर्न केही समय पर्खनुहोस् ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
धेरै उदार बन्दा समस्या निम्तिन सक्छ । नाम, दाम र प्रतिष्ठा कमाउने समय छ । व्यापार व्यवसायमा लाभ मिल्नेछ। प्रयत्न गर्दा आयस्रोत बढाउन सकिनेछ। रोकिएको रकम उठ्ने समय छ । भौतिक साधन प्राप्तिको योग छ। भविष्यका लागि लगानी बढाउन सकिनेछ। व्यापार, साझेदारी र सट्टापट्टामा फाइदा हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो
सानोतिनो विवादले ठुलो समस्या उत्पन्न हुनसक्छ। अवसर प्राप्त हुने समय छ । प्रतिष्ठित काम गरेर अरुलाई लोभ्याउन सकिनेछ । मिहिनेतले उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। नाम, दाम र इनाम हात पर्ने समय छ । भविष्यका लागि काममा जग बसाउने मौका छ। नोकरी वा पेशामा आफ्नो काम फत्ते गर्नुहोस् ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कार्यक्षेत्रमा समयमा कार्यसम्पादन नहुनाले मन खिन्न रहनेछ । अरुको सहयोगमा खट्नुपर्ला । यद्यपि, समाजमा तारिफयोग्य काम सम्पादन हुनेछ। मेहनतले राम्रै उपलब्धि दिलाउनेछ। रोकिएका काम समेत सम्पादन हुनेछन्। सानो प्रयत्नले धेरैको भलाइ हुने काम गर्न सकिनेछ । मेहनतको प्रतिफल अरुको हातमा पुग्न सक्छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
साझेदारीको व्यापारमा मनमुटावको सम्भावना रहेको छ। धैर्यले काम गर्नुहोला। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति रहनेछ। काम बिग्रिने भयले सताउनेछ। अड्किएका कानुनी मामिलाहरू सुल्झिनेछन्। सामाजमा प्रतिष्ठा कायम गर्न सकिनेछ । यद्यपि, हुलमुलमा जाँदा सचेत हुनुहोला । धनमाल हराउन सक्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
वैदेशिक यात्राको लागि अवसर मिल्नेछ। कार्य क्षेत्रमा सोचेजस्तो सफलता नमिल्ला। यद्यपि, आज व्यवसायका लागि यात्राको सम्भावना छ। सोख पूरा गर्दा खर्च बढ्नेछ । प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनेछ। आम्दानी प्रशस्तै बढ्नेछ । विभिन्न भौतिक साधन प्राप्तिको योग छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कार्यक्षेत्रमा योजना बनाएर काम गर्दा सफलता मिल्नेछ । मेहनतीहरूका लागि उत्साहजनक समय उत्साहजनक छ। भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। प्रयत्न गर्दा लक्ष्य प्राप्त गर्न सकिनेछ। आफ्नो योजना गोप्य राख्नुहोस् ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
व्यापार व्यवसायमा अरुलाई रिझाउने समय छ । मेहनत गर्दा आजको दिनमा प्रतिष्ठित काम सम्पादन हुनेछ । व्यापारमा धेरै फाइदा नभए पनि पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ। शुभचिन्तकको साथ सहयोगले कार्यसम्पादनमा हिम्मत मिल्नेछ । विशिष्ट व्यक्तिको सहयोगबाट महत्त्वपूर्ण काम बन्नेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
नोकरी वा पेशामा मिठो बोल्ने प्रयास गर्नुहोस्। व्यापार व्यवसायमा लाभ रहनेछ। सम्पत्तिलाई लिएर विवाद हुनसक्छ । आश्वासन दिनेहरूले धोका दिन सक्छन् । कृषि, पशुपालन तथा घरेलु कामकाजमा बढी प्रवृत्त भइनेछ। धेरै फाइदा नहुने काममा समय बित्नेछ। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बन्ने समय छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मेहनत र अनुशासनले सफलता दिलाउनेछ । प्रयत्न गर्दा महत्त्वपूर्ण काम सम्पादन हुनेछ। छोटो समयमा उपलब्धि हातपार्न सफल भइनेछ। कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। लाभांश बढ्नाले जीवनशैली परिवर्तन हुनेछ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
कार्यक्षेत्रमा अवसर मिल्नेछ । आयस्रोत बढ्नेछ। विवादास्पद कार्य सम्पादन होला । आकस्मिक धनलाभको योग छ । चिताएको काम समेत सम्पादन हुनेछ। पहिलेका कमजोरी सुधार्ने समय छ । मेहनतले सम्मानित स्थान दिलाउन सक्छ। आम्दानीका स्रोत बढ्नेछ । दिगो फाइदा हुने काममा समझौता हुने समय छ ।