images
images

प्रि-अर्डरमा नयाँ रेकर्ड बनाएको सामसङ ग्यालेक्सी एस२५ सिरिज बजारमा, मूल्य कति ?

प्रि-अर्डरमा नयाँ रेकर्ड बनाएको सामसङ ग्यालेक्सी एस२५ सिरिज बजारमा, मूल्य कति ?

आइतवार, फागुन ४ २०८१
आइतवार, फागुन ४ २०८१
  • images
    images
    प्रि-अर्डरमा नयाँ रेकर्ड बनाएको सामसङ ग्यालेक्सी एस२५ सिरिज बजारमा, मूल्य कति ?
    images
    images

    सामसङ नेपालले आफ्नो ग्यालेक्सी एस२५ सिरिजको प्रि-अर्डरमा नयाँ रेकर्ड कायम भएको घोषणा गरेको छ । ग्यालेक्सी एस२४ सिरिजको तुलनामा यस पटकको प्रि–अर्डर ६० प्रतिशतले बृद्धि भएको कम्पनीको दावी छ । 

    अब यी स्मार्टफोनहरू नेपाली बजारमा खरिदका लागि उपलब्ध छन् । सामसङ र गुगल एपहरुबीच सहज अन्तर्क्रिया गर्न झन् सरल बनाउन वन युआई ७ को साथमा जेमिनी अब ४६ भाषामा उपलब्ध छ ।

    सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापित भने, ८“हामी हाम्रो नयाँ एस सिरिज – ग्यालेक्सी एस२५ अल्ट्रा, ग्यालेक्सी एस२५+ र ग्यालेक्सी एस२५ को अपार लोकप्रियताका लागि अत्यन्त खुसी छौँ र हृदयदेखि नै धन्यवाद व्यक्त गर्न चाहन्छौँ । यी स्मार्टफोनहरूले वास्तविक एआई सहायकको नयाँ मापदण्ड स्थापित गर्दै प्रयोगकर्ताहरूलाई सहज र सन्दर्भ अनुकूल मोबाइल अनुभव प्रदान गर्छन् । हामीलाई विश्वास छ कि ग्यालेक्सी एस२५ सिरिजले प्रयोगकर्ताहरूको दैनिक जीवनलाई अझ सहज बनाउने एआई समाधानहरू अपनाउन प्रेरित गर्नेछ ।”

    ग्यालेक्सी एस२५ सिरिजमा एआई एजेन्टहरू वन युआई ७ प्लेटफर्मसँग मिलेर काम गर्छन्, जसले विभिन्न एपहरूबीच सहज रूपमा जटिल कार्यहरू गर्न मद्दत गर्छ । नाउ ब्रिफले दिनभरिको लागि आवश्यक हुने सुझावहरू प्रदान गर्छ भने नाउ बारले फोनमा चलिरहेका सबै गतिविधिहरूको लागि एकै ठाउँमा पहुँच दिन्छ ।

    लेखनलाई प्रभावकारी बनाउने राइतिंग असिस्ट देखि रचनात्मकतालाई नयाँ उचाइमा पु-याउन ड्रइंग असिस्टसम्म, ग्यालेक्सी एआईको विस्तारित क्षमताहरूले प्रयोगकर्ताहरूलाई हरेक दिन नयाँ अनुभव दिनेछ ।  

    उक्त सिरिजमा अन्तरक्रियाहरू झन् स्वाभाविक भएका छन्। एक मात्र आदेश दिएर जेमिनीले तपाईँको मन पर्ने सपोर्टस् टिमको स्केजुअल खोजेर तपाईँको सामसङ क्यालेन्डरमा थप्न सक्छ ।

    साथै, गुगलको इनहान्स गरिएको सर्कल टु सर्चले अब एआई ओभरभीउहरु र एक–ट्याप एक्सनहरू मार्फत झन् उपयोगी जानकारी प्रदान गर्छ ।  

    ग्यालेक्सी एस२५ सिरिजमा प्रयोग भएको ग्यालेक्सीको लागि बनेको स्न्यापड्रागन ८ एलिटले अन–डिभाइस प्रोसेसिङलाई उच्च बनाउँदै अधिक प्रतिक्रियाशील एआई अनुभव प्रदान गर्छ । ग्यालेक्सीका लागि विशेष रूपमा कस्टमाइज गरिएको प्रोस्केलर र सामसङ डिजिटल न्याचुरल इमेज इन्जिन (एमडीएनआईई) प्रविधिले एआई–आधारित इमेज प्रोसेसिंगमा सुधार गर्छ र ब्याट्री खपतलाई प्रभावकारी बनाउँछ । 
    ग्यालेक्सी एस२५ अल्ट्राको नयाँ ५० एमपि अल्ट्रावाइड क्यामेराले हरेक कोणबाट अद्वितीय स्पष्टताका साथ फोटो खिच्ने क्षमता दिन्छ । भरचुअल अप्यारेचार र सामसङ लग जस्ता प्रो–ग्रेड कन्ट्रोलहरूले फोटो तथा भिडियोहरूलाई सिनेम्याटिक बनाउँछ ।

    साथै, यो सिरिज कन्टेन्ट क्रेदेन्सियलस् समर्थन गर्ने पहिलो स्मार्टफोन सिरिज हो, जुन कोओलिशन फर कन्टेन्ट प्रोभेनेन्स एण्ड अठेन्तिसिती (सी२पिए) को प्रविधिमा आधारित छ । यसका माध्यमबाट डिजिटल कन्टेन्टको विश्वसनीयता बढाउन मद्दत पुग्छ । सामसङले एआई–आधारित कन्टेन्ट निर्माणलाई पारदर्शी बनाउन यस मानकलाई अवलम्बन गरेको छ ।  

    सामसङले ग्यालेक्सी एस२५ सिरिजका सबै स्मार्टफोनहरूमा ६ महिना सम्म जेमिनी एडभान्स्ड सेवा र २ टीबी क्लाउड स्टोरेज निःशुल्क प्रदान गर्नेछ । जेमिनी एडभान्स्डमा सामसङको सबैभन्दा शक्तिशाली एआई मोडेलहरू उपलब्ध छन्, जसले प्रयोगकर्ताहरूलाई नयाँ जेम्स (कस्टम एआई एक्सपर्ट) तथा डिप रिशर्च (एआई रिसर्च असिस्टेन्ट) जस्ता विशेष सुविधाहरू दिन्छ ।

    मूल्य कति ? 

    ग्यालेक्सी एस२५ अल्ट्राको मूल्य कम्पनीले १ लाख ९९ हजार ९९९ रुपैयाँ र १ लाख ८४ हजार ९९९ रुपैयाँ कायम गरेको छ । १२ जीबी र्याम रहेको छ भने स्टोरेज ५१२ जीबी र २५६ जिबी रहेको छ र यो मोवाइल टाइटेनियम सिल्भरब्लु, टाइटेनियम ह्वाइटसिल्भर, टाइटेनियम ब्ल्याक उपलब्ध भएको कम्पनीले जनाएको छ ।  

    त्यस्तै, १२ जीबी / ५१२ जीबीको ग्यालेक्सी एस२५ प्लसको मूल्य १ लाख ४१ हजार ९९९ रुपैयाँ, १२ जीबी / ५१२ जीबीको ग्यालेक्सी एस२५ कोे मूल्य १ लाख १४ हजार ९९९ रुपैयाँ तोकिएको छ । यसैगरी, १२ जीबी / १२८ जीबीको ग्यालेक्सी एस२५लाई १ लाख ४ हजार ९९९ रुपैयाँ पर्नेछ । यो मोवाइल आइसि ब्लु, सिल्भर श्याडो कलरमा उपलब्ध छ । 

    फाल्गुन २, २०८१ देखि ग्यालेक्सी एस२५ सिरिज सबै सामसङ आधिकारिक स्टोरहरूमा उपलब्ध हुनेछन् । ग्यालेक्सी एस२५ अल्ट्रा टाइटेनियम सिल्भरब्लु, टाइटेनियम ब्ल्याक, र टाइटेनियम ह्वाइटसिल्भर रङ्गमा उपलब्ध हुनेछ ।  ग्यालेक्सी एस२५+ र ग्यालेक्सी एस२५ नेभी, सिल्भर श्याडो, र आइसिब्लु रङ्गमा उपलब्ध हुनेछन् ।  

    फेब्रुअरी १४ देखि, ग्यालेक्सी एस२५ सिरिज नेपालभरिका सबै सामसङ अधिकृत स्टोरहरूमा उपलब्ध हुनेछ। ग्यालेक्सी एस२५ अल्ट्रा टाइटेनियम सिल्भरब्लु, टाइटेनियम ब्ल्याक, र टाइटेनियम ह्वाइटसिल्भर रङ्गमा उपलब्ध छ । ग्यालेक्सी एस२५ र ग्यालेक्सी एस२५+ नेभी, सिल्भर श्याडो, र आइसिब्लु रङ्गमा उपलब्ध छन् ।

    अतिरिक्त रूपमा, सामसङ इन्स्टा फाइनान्स सेवा, जुन हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालित छ, मार्फत ग्राहकहरूले नवीनतम उपकरणहरू सजिलै ईएमआई विकल्पहरूसहित प्राप्त गर्न सक्छन्, जसको शुरुवात रु ५२५०÷महिनामा शून्य प्रतिशत ब्याजदरमा हुन्छ । 

    यो प्रक्रिया झन्झट रहित छ र सुरु गर्न केवल तपाईँको नागरिकताको आवश्यकता पर्दछ । साथै, सामसङले एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड मार्फत १ वर्षको लागि १–टाइम ब्रेकज इन्स्योरेन्स पनि प्रदान गरिरहेको छ । 

    त्यस्तै, ग्यालेक्सी एस२५ सिरिजमा अपग्रेड गर्न चाहने ग्राहकहरूले आफ्नो पुराना फोनहरू सबकोफोन र आर्कोस्टोर मार्फत एक्सचेन्ज गर्न सक्नेछन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार