आज विक्रम संवत २०८१ साल फाल्गुन ५ गते, सोमबार । ईश्वी सन् २०२५ फेव्रुवरी १७ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । शिशिर ऋतु । श्रीशाके १९४६ । फाल्गुन कृष्णपक्ष । पंचमी तिथी, ५० घडी ९ पला, बेलुकी २ बजेर ४५ मिनेट उप्रान्त षष्ठी । चित्रा नक्षत्र, ५७ घडी ५६ पला, रातको ५ बजेर ५२ मिनेट उप्रान्त स्वाती। योग– शूल, ३ घडी ९ पला, बिहान ७ बजेर ५७ मिनेट उप्रान्त गंड । करण–कौलव, दिउसो १ बजेर ४१ मिनेट उप्रान्त तैतिल, रातको २ बजेर ४५ मिनेट उप्रान्त गर । आनन्दादिमा–मुद्गर योग । चन्द्रराशि–कन्या, बेलुकी ४ बजेर ३४ मिनेट उप्रान्त तुला । राशिफल अनुसार तपाईँको समय कस्तो चल्दैछ आज ? हेर्नुस्
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
साझेदारीमा गरिएको व्यवसायबाट फाइदा लिन सकिनेछ । उद्योग, व्यापार र सेयर बजारमा गरिएको लगानीबाट विशेष लाभ लिन सकिनेछ। प्रतिस्पर्धाका बिच पनि स्रोतसाधन जुट्दा दिर्घकालिन फाइदा हुने काम गर्न सकिन्छ । आम्दानीको स्रोत बृद्धि हुनेछ । आकर्ष उपहार पाइने समय छ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
विशेष उपहार तथा भौतिक सुविधा प्राप्त गर्ने समय छ । व्यापार र सेयर बजारबाट मनग्य आम्दानी गर्न सकिन्छ । नयाँ योजना बनाएर कार्यान्वयन गर्ने समय छ । नोकरी वा पेशामा नयाँ जिम्मेवारी प्राप्त हुनेछ । व्यापार व्यवसायमा लाभ लिन सकिनेछ । रोकिएको काम बन्नेछ । मेहनतले उपलब्धि हात पर्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
व्यापार व्यवसायमा गरिएको लगानीबाट प्रतिफल प्राप्त गर्न सङ्घर्ष गर्नुपर्ला । रोकिएको काम बन्ने समय छ । मेहनतले नाम कमाउन सकिनेछ । अपेक्षित नतिजा प्राप्त नहुँदा निराश भइनेछ । विभिन्न चुनौतिहरूको सामना गर्नुपर्ला । साँझपछि स्थितिमा केही सुधार आउनेछ । पहिलेका उपलब्धि जोगाउन सकिनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सानो प्रयत्नले दिगो फाइदा हुने काम गर्न सकिनेछ । लामो समयदेखि रोकिएका कामहरू बन्ने समय छ । मेहनतले प्रतिस्पर्धामा विजयी बन्न सकिनेछ । दिगो कार्य प्रारम्भ गर्ने समय रहेको छ। भौतिक साधनहरू जुटाउन सकिनेछ। वित्तीय क्षेत्र र व्यापार व्यवसायमा गरिएको लगानीबाट लाभ लिन सकिनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
विशिष्ट कार्यसम्पादन हुने योग छ । विभिन्न उपहार प्राप्त हुने समय छ। आर्थिक रूपमा फड्को मार्न सकिनेछ । रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ। गरिएको कामको उचित प्रतिफल पाइनेछ। नयाँ काममा जग बसाउने अवसर प्राप्त हुनेछ। साँझतिर उद्योग र व्यापारमा विशेष लाभ हुनेछ। बन्द व्यापार, सेयर बजारबाट आम्दानी हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
रोकिएको काम बन्ने समय छ । व्यापारलगायत आर्थिक लाभ हुने कामबाट फाइदा लिन सकिनेछ । प्रतिष्ठित काम गर्ने समय छ । प्रयत्न गर्दा राम्रै काममा जग बसाउने मौका छ। दिगो फाइदा हुने काम प्रारम्भ होला । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। सञ्चित रकम खर्च गर्नुपर्ने परिस्थिति आउन सक्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सामान्य काममा महत्त्वपूर्ण समय बित्नेछ । व्यापार व्यवसायमा मन्दी आए पनि विदेशी सामानको व्यापार व्यवसाय भने फस्टाउनेछ । वैदेशिक रोजगारको अवसर प्राप्त हुनेछ। नोकरी वा पेसामा सोच विचार गरेर निर्णय लिनुहोला। खर्च बढ्दा आर्थिक सङ्कट पैदा गर्नेछ । व्यवसायमा लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कार्यक्षेत्रमा विशिष्ट व्यक्तिहरूको सहयोग प्राप्त हुनेछ । व्यापार व्यवसायमा सामान्य लाभ रहनेछ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। भौतिक साधन जुट्नेछन्। श्रमको उचित मूल्याङ्कन हुनेछ । व्यापार व्यवसायको क्षेत्रमा फड्को मार्न सकिनेछ । छाटो समयमा राम्रो उपलब्धि हात पार्न सकिनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
व्यापार व्यवसाय फस्टाउनेछ भने आर्थिक पक्ष सबल रहेको छ । कर्मयोगले नाम, दाम र इनाम दिलाउन सक्छ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट पनि प्रशस्त लाभ हुनेछ। उठ्नुपर्ने रकम हातलागी हुनेछ। कृषि, पशुपालन र व्यापारमा फाइदा हुनेछ। परिश्रमअनुसार कार्यक्षेत्रमा सफलता मिल्नेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
भाग्य तथा समयले साथ दिने हुँदा आँटेको काम सहजै बन्नेछ । सेयर बजार तथा वित्तीय क्षेत्रबाट आंशिक लाभ लिन सकिनेछ । अवसरले पछ्याउनेछन् भने दिगो फाइदा हुने काममा जग बसाउने समय छ। नयाँ काम सुरु गर्न सकिनेछ । पेसा–व्यवसायमा मनग्य फाइदा लिन सकिनेछ । साँझदेखि दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
खर्च बढ्ने योग छ । समय चुनौतीपूर्ण छ । धन सम्पत्ति तथा पैत्रिक धन हराउन तथा लुटिन सक्छ सचेत हुनुहोला । नोकरीमा भने सफलता मिल्नेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्नसकिनेछ । साँझदेखि स्थिति अनुकूल बन्दै जानेछ। लगनशीलताले केही उपलब्धि हात पर्ला । समय लागे पनि दिगो योजना बनाउन सकिनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
व्यापार–व्यवसायमा आम्दानी बढ्नेछ। साँझदेखि काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला। एकल तथा साझेदारी व्यापार व्यवसायमा लगानी गरी प्रशस्त नाफा कमाउन सकिनेछ । आम्दानीका स्रोतहरू बढ्नेछन्।