images
images

मध्यावधि निर्वाचनमा जाऔँ, कांग्रेस, एमाले र माओवादीको बुताबाट देश अघि बढ्दैन : अर्थविद् न्यौपाने

मध्यावधि निर्वाचनमा जाऔँ, कांग्रेस, एमाले र माओवादीको बुताबाट देश अघि बढ्दैन : अर्थविद् न्यौपाने

आइतवार, फागुन ११ २०८१
आइतवार, फागुन ११ २०८१
  • images
    images
    मध्यावधि निर्वाचनमा जाऔँ, कांग्रेस, एमाले र माओवादीको बुताबाट देश अघि बढ्दैन : अर्थविद् न्यौपाने
    images
    images

    काठमाडौँ / फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को प्लेनरी तथा वर्किङ ग्रूपले नेपाललाई सम्पत्तिशुद्धीकरण तथा आतङ्कवादी लगानीको जोखिमपूर्ण सूची (ग्रे लिस्ट) मा राखेको छ ।

    images
    images

    ‘एफएटीएफ’ को ग्रे लिस्टमा पर्दा मुलुकमा आर्थिक, राजनीतिक, वित्तीय र कुटनीतिक क्षेत्रमा नकारात्मक असर पर्ने जानाकारहरु बताउँछन् । योसँगै नेपाल दोस्रो पटक ग्रे लिस्टमा परेको हो । 

    अर्थविद् प्रा.डा.गोपीलाल न्यौपानेले नेपालले इजी मनी खोजेर पटक-पटक गल्ती गरेको टिप्पणी गर्छन् । 

    उनले नेपालको फाइनान्सियल इकोनमिक पोलिसी नै इजी मनी खोज्ने प्रवृत्तिको रहेको बताए । नेपालका ३० खर्बभन्दा बढी कर उठ्नुपर्नेमा अहिले लगभग १० खर्बमात्रै उठिरहेको कारण एफएटीएफले शंका गरेको उनले बताए । 

    त्यस्तै डा. न्यौपानेले नेताहरुको सम्पत्ति दिनानुदिन बढ्दै जाँदा त्यसको स्रोत दिन नसकिएको कारण नेपाल ग्रे लिस्टमा पर्ने बाटोमा गएको बताए । 

    रातारात धनी भएका मानिसहरूले कतै हमासलगायतका आतङ्ककारी समूहलाई फन्डिङ त गरेका छैनन् भनेर एफएटीएफले आशंका गरिरहेको पनि उनले बताए । यति धेरै कर उठ्नुपर्ने देशमा नेपालको पैसा कहाँ गयो भन्ने प्रसंगमा नेपाल ग्रे लिस्टमा परेको उनको दाबी छ । 

    “जनता नाङ्गै छन्, भोकै छन् । रोजगारी छैन, उचार गर्न सक्दैनन् । पैसा कहाँ गयो ? नेपाल आतङ्ककारीहरूलाई फन्डिङ गर्ने सोर्स कन्ट्री त होइन ? भनेर ऊ अनुसन्धान गर्न लाग्यो । नेपालको आयोजनाहरू किन पूरा भएनन् ? पाँच वर्षका लागि भनेको आयोजना किन ३० वर्षसम्म पूरा भएन ? त्यसको उत्तर पनि एफएटीएफले पाएन,”– उनले भने । 

    साथै, खर्चको पारदर्शिता, दण्ड सजाय, अप्राकृतिक किसिमले सम्पत्ति आर्जनलगायतका गतिविधिले नेपाल ग्रे लिस्टमा परेको उनको दाबी छ । अब विदेशी फण्ड र लगानीहरू नेपालमा नआउने उनले बताए ।

     यसका लागि अब एमाले, कांग्रेस र माओवादीले सत्ता छोड्नुपर्ने उनको माग छ । उनले मध्यावधि निर्वाचनमा गएर नयाँ जनमतको सरकार बनाउनु पर्ने उनले बताए । 

    “अब तुरुन्तै मध्यावधि निर्वाचनमा जाऔं । फ्रेस म्याण्डेट लिउँ । नत्र भने कांग्रेस, एमाले र माओवादीको बुताबाट यो देश अगाडि बढ्न सक्ने स्थिति मैले देखेको छैन,” – उनले भने । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार