images
images

राइस मिलको जमिन बिक्री नगर्न माग गर्दै प्रदर्शन

राइस मिलको जमिन बिक्री नगर्न माग गर्दै प्रदर्शन

बुधवार, फागुन २१ २०८१
बुधवार, फागुन २१ २०८१
  • images
    images
    राइस मिलको जमिन बिक्री नगर्न माग गर्दै प्रदर्शन
    images
    images

    रौतहट / रौतहटको गौर राइस मिलको जमिन बिक्री नगर्न माग गर्दै संघर्ष समितिले प्रदर्शन गरेको छ । गौर राइस मिलको जग्गा बचाउ समितिले चर्को नाराबाजी सहित निस्केको जुलुसले गौरको विपी हुदै अदालत, जिल्ला प्रशासन, खानेपानी हुँदै गौर नगरपालिकाको कार्यालय अगाडि आएर समापन भएको हो । 

    images
    images

    सो समितिले गौर नगरपालिका नगर प्रमुख शम्भु साहलाई ज्ञापन पत्र समेत बुझाएको छ । ज्ञापन पत्र बुझाउदै युवा नेता बजरंगी गुप्ताले नगरवासीको हितका लागि उक्त निर्णयलाई सच्याउन आग्रह गरेका छन । यदी त्यसो नभएमा चरणबद्ध रूपमा संघर्ष जाने उनले चेतावनी दिए । 

    जिल्ला प्रशासन कार्यालयमा गएर सहायक प्रमुख जिल्ला अधिकारी नविन यादव समक्ष पनि ज्ञापन पत्र बुझाएको उनले  बताए । गौर नगरपालिकका नगर प्रमुख साहले २ विगहा १५ कट्ठा जग्गा निशुल्क पालिकालाई दिने सर्तमा यस्तो निर्णय गरेको बताए । 

    गौर राइस मिलको जग्गा अधिग्रहण गर्न रकम अपुग हुने भएकाले सो निर्णय गरेको उनको भनाइ छ । 

    गौर नगरपालिकाको नाममा पास गर्ने तथा मिलको जग्गामा रहेको सार्वजनिक सडक तथा धर्मशाला बाहेकको जग्गा फुकुवा गर्ने नगरपालिकाको बोर्डबाट निर्णय गरेको उनले स्पष्ट पारे । यस निर्णयको बिरोधमा समाजिक सन्जालमा केहिले बिरोध गर्दै  टीका टिप्पणी गरेका छन ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार