images
images

बिहीबारको राशिफल : आजको दिन तपाईँको लागि कति फलदायी छ ? हेर्नुस्

बिहीबारको राशिफल : आजको दिन तपाईँको लागि कति फलदायी छ ? हेर्नुस्

बिहिवार, फागुन २२ २०८१
बिहिवार, फागुन २२ २०८१
  • images
    images
    बिहीबारको राशिफल : आजको दिन तपाईँको लागि कति फलदायी छ ? हेर्नुस्
    images
    images

    आज विक्रम संवत २०८१ साल फाल्गुन २२ गते, बिहीबार । ईश्वी सन् २०२५ मार्च ६ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । शिशिर ऋतु । श्रीशाके १९४६ । फाल्गुन शुक्लपक्ष । सप्तमी तिथि, २२ घडी ४२ पला, दिउँसो ३ बजेर ३० मिनेट उप्रान्त अष्टमी । रोहिणी नक्षत्र , ५५ घडी १ पला, रातको ४ बजेर २६ मिनेट उप्रान्त मृगशिरा । योग–विष्कुम्भ,४५ घडी ५२ पला, रातको १२ बजेर ४६ मिनेट उप्रान्त प्रिती । वणिज करण, दिउँसो ३ बजेर ३० मिनेट उप्रान्त भद्रा, रातको २ बजेर ३१ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–उत्पात योग । चन्द्रराशि–बृष । 

    images
    images

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    मनोरञ्जनको क्षेत्रबाट नाम र दाम कमाउन सकिनेछ ।  सेयर बजारमा गरिएको लगानीबाट फाइदा लिन सकिनेछ । अभिव्यक्तिको भरमा महत्त्वपूर्ण काम बन्नेछ ।  मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। पहिलेका कमजोरी सुर्धान सकिनेछ । नयाँ कार्य प्रारम्भ गर्नको लागि उपयुक्त समय रहेको छ। आर्थिक पक्ष सबल रहेको छ । 

    वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    महत्त्वपूर्ण काम गर्नुअघि घरपरिवारमा ठूलाबडाको सुझाव लिनुहोला । व्यापार व्यवसायमा मनग्य लाभ प्राप्त हुनेछ। आँटेको काम समयमा सम्पन्न हुँदा दाम र दाम कमाउने योग छ । सबैखाले व्यापारमा लगानी गरि नाफा कमाउन सकिनेछ भने वित्तीय बजारमा गरिने लगानीबाट लाभ लिन सकिनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। 

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    कार्यक्षेत्रमा काम बिग्रिने भयले सताउनेछ । अरुको करकापमा काम गर्न बाध्य भइनेछ। फजुल खर्च बढ्नाले सञ्चित रकमसमेत खर्च हुनेछ। उधारोमा व्यापार गर्नुपर्ला। खर्च बढ्ने तथा कामहरू समयमा नहुने प्रशस्त सम्भावना छ । आर्थिक अवस्था कमजोर हुँदा घरायसी खर्च व्यवस्थापनमा समस्या पर्ला । व्यवसायबाट आम्दानी गर्न लगानी बढाउनु पर्ला ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    आय आर्जनका स्रोत थपिनेछ । आर्थिक पक्ष सबल रहनेछ। पहिलेको श्रम र लगानीबाट फाइदा हुनेछ। आम्दानी बढ्नाले आवश्यकता र सोख पूरा गर्न सकिनेछ। सरसापटमा गएको रकम हातलागी हुनेछ। सेयर बजार तथा तरल पदार्थमा लगानी गरी आम्दानी बढाउन सकिनेछ । मनोरञ्जन र नयाँ काममा लगानी गरी आम्दानी बढाउन सकिनेछ । 

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    पहिला गरिएको कार्यको प्रशंसा हुनेछ। समय उत्सावर्द्धक रहेको छ ।  व्यापार व्यवसाय फस्टाउनेछ । आम्दानीको स्रोत बढ्नेछ । मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। प्रतिष्ठित काम गनर्ने समय छ । विशिष्ट व्यक्तिहरूसँग सम्बन्ध विस्तार हुनेछ । लगनशीलताले लक्ष्य प्राप्त गर्न सकिनेछ । 

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    कानुनी झन्झटहरू पार लाग्नेछ । मनपर्ने वस्तु हात पर्नेछ । भाग्य तथा समयले साथ दिने हुदा सानो लगानीबाट मनग्गे आम्दानी गर्न सकिनेछ । सानो प्रयत्नले कीर्तिमानी काम सम्पादन गर्ने समय छ । आम्दानी थोरै भए पनि आवश्यकता पूरा हुनेछ। भविष्यका लागि कर्मसञ्चय गर्ने समय छ। सामाजिक कामले नाम, दाम र इनाम दिलाउनेछ। मिहिनेतको राम्रो प्रतिफल प्राप्त हुनेछ। 


    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    वैदेशिक रोजगारमा सफलता मिल्नेछ। प्रशासनिक वा राज्यपक्षबाट सोचेजस्तो सहयोग प्राप्त नहोला। मनोबल कमजोर हुने हुँदा मानसिक तनाब हुनेछ । सामान्य कामका लागि धेरै दौडधूप गर्नुपर्ला । तत्काल फाइदा नहुने काम गर्नुपर्ला । उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ । काम गर्दा कानुनी मर्यादाको ख्याल गर्नुहोला । 

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    अरुको लागि बुद्धि र श्रम खर्च गर्नुपर्ला। साझेदारी व्यापारबाट लाभ आर्जन गर्न सकिनेछ। सेयरबजारमा लगानी वा नाफामूलक काम गरी मनग्गे आम्दानी गर्न सकिनेछ । मान सम्मानमा बृद्धि हुनेछ भने विलासी सामान प्राप्त होला । व्यापार बढ्नुका साथै मनग्य रकम हातलागी हुनेछ। कामको समेत राम्रै मूल्याङ्कन हुने समय छ।

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    नयाँ नोकरीको लागि अनुबन्ध स्वीकार हुनेछ। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। थोरै भए पनि दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। प्रतिस्पर्धामा विजयी भइनेछ । पुराना लेनदेनका मुद्दाहरु किनारा लाग्नेछन् । व्यापार तथा सेयरबजारमा लगानी बढाई आम्दानीका स्रोत बढाउन सकिनेछ । 

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    व्यापार व्यवसाय फस्टाएर जाने हुनाले मनग्य लाभ लिन सकिनेछ । चुनौतिपूर्ण कामहरू सजिलै सम्पन्न गर्न सकिनेछ । सुखद् समाचार प्राप्त हुनेछ । मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउन सक्छ। तपाईँको कामको कदर हुनेछ । सन्तानको सहयोगले महत्त्वपूर्ण काम बन्नेछ । बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । 

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    घरायसी समस्या बढ्दा आर्थिक सङ्कट आइपर्ला । कृषि तथा पशुपालन व्यवसायमा भने मनग्गे आम्दानी हुने योग रहेकोछ । कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हातलागी नहुन सक्छ। पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ। आफ्नो मेहनतको फाइदा अरुले उठाउनेछन् । रोकिएको काम दोहोर्याएर गर्नुपर्ला । 

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    धैर्य र पराक्रमले आँटेको कार्य सम्पादन हुनेछ। विशिष्ट व्यक्तिलाई प्रभावित पार्न सकिनेछ । नयाँ काम सुरु गर्ने समय छ । व्यापार तथा सेयरबजारबाट मनग्गे लाभ लिन सकिनेछ । सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ। प्रयत्न गर्दा राम्रै अवसर जुट्ने समय छ। रोकिएको काम बन्ने समय छ । दिगो फाइदा हुने काम गर्ने समय छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार