images
images

भन्सारबाट दर्ता नगरिएका इभि स्कुटर भित्रिदै, सरकारी निकायलाई छैन चासो

भन्सारबाट दर्ता नगरिएका इभि स्कुटर भित्रिदै, सरकारी निकायलाई छैन चासो

बिहिवार, फागुन २२ २०८१
बिहिवार, फागुन २२ २०८१
  • images
    images
    भन्सारबाट दर्ता नगरिएका इभि स्कुटर भित्रिदै, सरकारी निकायलाई छैन चासो
    images
    images

    काठमाडौँ / भन्सार तथा दर्ता नगरिएका इभि स्कुटरहरू बिक्री भइरहेको भन्दै नेपाली व्यवसायीहरूले आपत्ति जनाएका छन् । नेपालमा ३५० वाटभन्दा बढी क्षमताका विद्युतीय स्कुटरहरू आयात गर्दा कानुनी रूपमा भन्सार तिरेर दर्ता गर्नुपर्ने व्यवस्था छ। 

    images
    images

    तर, पछिल्लो समय सुनौली नाका हुँदै बिना भन्सार र दर्ता स्कुटर भित्र्याउने क्रम तीव्र रूपमा बढेको व्यवसायीहरूको भनाइ छ। 

    वीरगञ्जको पर्सास्थित मुस्कान इलेक्ट्रिक प्रा.लि.ले भन्सार विभागलाई फागुन १८ गते पत्र लेख्दै भैरहवा भन्सार बेलििहया नाकालगायत नेपाल इन्डियाका बोर्डरबाट विभिन्न ब्राण्डका इलेक्ट्रिक स्कुटरहरू भन्सार छली भई आयात भइरहेको बताएको हो । 

    भारतको सीमावर्ती क्षेत्रमा रहेका केही व्यापारीहरूले कानुनको उल्घङ्न गर्दै नेपाली ग्राहकलाई लोभ्याएर स्कुटर बेचिरहेका छन्, जसले नेपाल सरकारको राजस्व सङ्कलनमा गम्भीर असर पुर्‍याइरहेको व्यवसायीहरू बताउँछन्।

    “भारतको  "CYP e Rides" नामक पसलले नेपाली उपभोक्ताहरूलाई लक्षित गर्दै सामाजिक सञ्जालमा प्रचार गरिरहेको छ। नेपाली भाषामा टिकटक भिडियोहरू बनाइ ग्राहकहरूलाई आकर्षित गर्ने प्रयास भइरहेको छ। उक्त पसलले “भन्सार तथा दर्ता नगरिकनै यी स्कुटर सजिलै चलाउन सकिन्छ” भनेर प्रचार गर्दैछ। कानुनी जानकारी नपाएका उपभोक्ताहरू सस्तो मूल्यको लोभमा परेर यी स्कुटरहरू खरिद गरिरहेका छन्।” घोराही, दाङका ग्रीन इनर्जी इभि पोइन्टले भनेको छ । 

    यस्ता गतिविधिले सरकारलाई वार्षिक करोडौँको घाटा हुने व्यवसायी बताउँछन् । नेपालमा सवारीसाधन आयातमा सरकारको प्रमुख कर स्रोतहरूमध्ये एक हो । 

    कानुनी रूपमा व्यवसाय सञ्चालन गरिरहेका व्यापारीहरूलाई पनि बिना भन्सार भित्रिएका स्कुटरहरूले गम्भीर प्रतिस्पर्धात्मक असन्तुलन सिर्जना गरिरहेको छ।

    ठूलो परिमाणमा अवैध स्कुटरहरू भित्रिँदा पनि भन्सार, यातायात तथा प्रहरी प्रशासन सचेत नभएको व्यवसायीको आरोप छ । भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी नरेन्द्र प्रसाद चौधरीले हालसम्म यसबारे कुनै जानकारी नआएको बताए।

    रुपन्देही जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले उजुरी परेमा मात्र अनुसन्धान अघि बढाउने बताए। 

    ट्राफिक प्रहरी कार्यालय रूपन्देहीकी प्रमुख प्रहरी निरीक्षक रञ्जु केसीका अनुसार अहिलेसम्मको चेकजाँचमा यस्ता स्कुटरहरू फेला परेका छैनन्। 

    यस्ता अवैध स्कुटरहरू मुख्य रूपमा ग्रामीण क्षेत्रमा बिक्री भइरहेको हुनसक्छ। गाउँमा ट्राफिक प्रहरीको निगरानी कम हुने भएकाले बिना भन्सारका स्कुटरहरू सजिलै सञ्चालन भइरहेको व्यवसायीहरू बताउँछन्।

    डाङको  Luyuan Company र बीरगञ्जको  Muskan lEectronics ले यसबारे नेपाल भन्सार कार्यालय, त्रिपुरेश्वरमा लिखित उजुरी दिएका छन्। 

    तर, सम्बन्धित निकायहरूले अहिलेसम्म कुनै सुनुवाइ नगरेको व्यवसायीहरू बताउँछन्। कानुनी रूपमा व्यवसाय गरिरहेका व्यापारीहरूले राज्यबाट उचित संरक्षण नपाउँदा ठूलो घाटा व्यहोरिरहेका छन्।

    यदि सीमावर्ती क्षेत्रहरूमा निगरानी नबढाइए, यो समस्या अझ गम्भीर बन्दै जानेछ। सरकारको राजस्व संकलन प्रणालीमा असर पर्ने मात्र होइन, कानुनी रूपमा व्यवसाय गरिरहेका व्यापारीहरूलाई पनि झनै अप्ठ्यारो पार्नेछ। 

    सम्बन्धित निकायहरूले छिटो भन्दा छिटो कारबाही गरेर यस्ता अवैध गतिविधिहरू रोक्नु आवश्यक छ। नत्र, नेपालमा विद्युतीय सवारीसाधन बजारमा अनियन्त्रित अवस्थाको सिर्जना हुन सक्छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार