images
images

घुस खाने कुरामा संलग्न नहुने महालेखापरीक्षक तोयम रायाको दावी

घुस खाने कुरामा संलग्न नहुने महालेखापरीक्षक तोयम रायाको दावी

“घुस खुवाएको कुरा पनि आएको छ । यस्तो मान्छेहरुको नाम सबैले उजागर गर्नुपर्यो । म पनि उजागर गर्छु ।”

बिहिवार, फागुन २२ २०८१
बिहिवार, फागुन २२ २०८१
  • images
    images
    घुस खाने कुरामा संलग्न नहुने महालेखापरीक्षक तोयम रायाको दावी
    images
    images

    काठमाडौँ / महालेखापरीक्षक तोयम रायाले हाल राष्ट्रको विकल्प राष्ट्र सुधारबाहेक अरु नरहेको बताएका छन् । विहीबार काठमाडौँमा आयोजित पत्रकारसँग अन्तक्र्रिया कार्यक्रममा उनले राष्ट्र सुधार गर्नको लागि पहिला आफू सुध्रिनुपर्ने बताए । 

    images
    images

    उनले भने, राष्ट्रको विकल्प सुधार नै हो, अरु विकल्प छैन् । हामी कहिले सुध्रिने हो भन्ने कुरा हामी सबै जमघट भएर छलफल गरेर गर्नुपर्ने हो । सुध्रिन चाही पर्छ यसको विकल्प छैन ।” 

    यस्तै, उनले घुस खाने कुरामा महालेखापरीक्षकको कुनै हिस्सा नभएको भन्दै यसमा ढुक्क हुन आग्रह गरेका छन् । 

    उनले भने, “घुस खुवाएको कुरा पनि आएको छ । यस्तो मान्छेहरुको नाम सबैले उजागर गर्नुपर्यो । म पनि उजागर गर्छु । यसको साथै विश्वास के दिलाउन चाहन्छु भने महालेखापरीक्षक घुसमा कुनै हिस्सा हुदैँन । हुने छैन । त्यस्तो भएको कतै पाइएछ भने त्यसलाई छोडिने पनि छैन ।”

    यसको साथै, उनले सुझावहरू कार्यान्वयन नभएको भन्ने गुनासोहरू धेरै आएको भन्दै कतिपय कानून निर्माण जटिल भएकाले समय लागे पनि सुझावहरू कार्यान्वयन भएको बताए । 

    उनले भने, “सुझावहरू कार्यान्वयन नभएका होइनन् । धेरै भएका छन् । तर कतिपय कानून निर्माण जटिल पनि हुन्छन् । यही वर्ष हुन्छ भनेर लेख्ने वित्तिकै टुङ्गिन्छ भन्ने हुदैँन ।”   

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार