images
images

वैदेशिक रोजगारीमा जानु नपर्ने अवस्थाको सिर्जना गर्न युवराज खतिवडाले देखाएका सर्तहरु

वैदेशिक रोजगारीमा जानु नपर्ने अवस्थाको सिर्जना गर्न युवराज खतिवडाले देखाएका सर्तहरु

वित्तीय स्रोत तथा साधनलाई काम र रोजगारी सिर्जनातर्फ लैजानुपर्छ, फर्केकाहरुलाई श्रम बजारमा आवद्ध गुर्नुपर्दछ ।

सोमवार, फागुन २६ २०८१
सोमवार, फागुन २६ २०८१
  • वैदेशिक रोजगारीमा जानु नपर्ने अवस्थाको सिर्जना गर्न युवराज खतिवडाले देखाएका सर्तहरु
    images
    images
    images
    images

    काठमाडौं/  पूर्वअर्थमन्त्री डा.युवराज खतिवडाले एक दशकपछि कोही पनि वैदेशिक रोजगारीमा जानुनपर्ने अवस्थाको सिर्जना गर्नुपर्ने बताएका छन् ।


    सोमबार काठमाडौंमा आयोजित राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन, २०८१ मा बोल्दै  उनले  केही शर्तहरु पुरा गर्न सके स्वदेशमै युवाहरुलाई रोक्न सकिने अर्थ लगाए । 

    १. उनले आर्थिक वृद्धिदरलाई ६ प्रतिशतभन्दा माथि निरन्तर उकासेर देशमै रोजगारीको सिर्जना गर्नुपर्ने बताए । 


    २. वित्तीय स्रोत तथा साधनलाई काम र रोजगारी सिर्जनातर्फ लैजानुपर्छ । 

    ३. वैदेशिक रोजगारीबाट फर्केकाहरुलाई श्रम बजारमा आवद्ध गुर्नुपर्दछ ।
     
    ४. आर्जन गरेको आय आर्जनलाई स्वदेशमै लगाउने वातावरण सिर्जना गर्नुपर्छ ।’ 

    ५. नेपाल विकाससिल मुलुकबाट विकसित मुलुकमा नपुग्दै अहिलेका मानिस बुढ्यौलीमै जनसंख्या पुग्ने खतरा बढेको बताउँदै अहिले जनसांख्यिक अवसरको लाभ लिन बल गर्नुपर्ने र यस्तो अवसर लिन सकेन भने बुढ्यौलीको जनसंख्या र अर्ध विकासको अवस्थामा जोखिममा पर्ने  हुन सक्छ । 

    ६. कुल जनसख्यांको ६५‍.२ प्रतिशत जनसंख्या आर्थिक रुपमा सक्रिय छन्, त्यो जनसंख्या २ करोड भन्दा बढी छ, ती जनसंख्याले विभिन्न काम गरी आर्थिक वृद्धि गरेर ३० वर्षपछि हुने बुढ्यौलीलाई पाल्ने सक्ने अर्थतन्त्र हामीले निर्माण गर्नु पर्ने हुन्छ । 

    ७. विकासशील मुलुकमा रहँदा रहँदै बुढ्यौलीमै जनसंख्या भएको देशमा पुग्ने खतरा छ, अरु मुलुकमा बुढ्यौली जनसंख्यामा पुग्दा देश विकसित मुलुकमा पुगिसकेको छ ।’

    ८. रोजगारी अभिबृद्धिको वहस संसदमा पनि चल्नुपर्नेछ । 


    ९. श्रम क्षेत्रलाई राज्यले प्राथमिकतामा राखे मात्र मुलुक समृद्ध हुनेछ । 

    १०. राज्यले श्रमिकहरुको सामाजिक, आर्थिक र राजनीतिक रुपान्तरण हुने नीति ल्याइ कार्यान्वयन गरेमात्र यस्ताखाले सम्मेलनले सार्थकता पाउनेछन् ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com