images
images

पहिलो महिनामा कुल आन्तरिक कर्जा घट्यो, वार्षिक बिन्दुगत आधारमा भने ७.७ प्रतिशत बढ्यो

पहिलो महिनामा कुल आन्तरिक कर्जा घट्यो, वार्षिक बिन्दुगत आधारमा भने ७.७ प्रतिशत बढ्यो

बिहिवार, असोज १० २०८१
बिहिवार, असोज १० २०८१
  • पहिलो महिनामा कुल आन्तरिक कर्जा घट्यो, वार्षिक बिन्दुगत आधारमा भने ७.७ प्रतिशत बढ्यो

    काठमाडौँ / २०८१ साउन मसान्तसम्म कुल आन्तरिक कर्जा वार्षिक बिन्दुगत आधारमा ७.७ प्रतिशतले बढेको छ। 

    images
    images
    images
    images

    नेपाल राष्ट्र बैंकले जारी गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनामा कुल आन्तरिक कर्जा भने ०.८ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो कर्जा २.३ प्रतिशतले घटेको थियो।

    समीक्षा अवधिमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दाबीमा ठूलो गिरावट देखिएको छ। यो अवधिमा खुद दाबी ७० प्रतिशतले घटेको छ, जबकि अघिल्लो वर्ष सोही समयमा १३.८ प्रतिशतले घटेको थियो। वार्षिक आधारमा भने १२.२ प्रतिशतले यो दाबी वृद्धि भएको छ।

    त्यस्तै, मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी पनि पहिलो महिनामा ०।७ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो वर्षको पहिलो महिनामा यो दाबी ०.३ प्रतिशतले मात्र बढेको थियो। वार्षिक बिन्दुगत आधारमा हेर्दा, २०८१ साउन मसान्तमा निजी क्षेत्रमाथिको दाबी ६. ५ प्रतिशतले बढेको देखिन्छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार