images
images

आज कुन देशको मुद्रा कति रुपैयाँमा खरिद बिक्री गर्न सकिन्छ ? हेर्नुस् विनिमय दर

आज कुन देशको मुद्रा कति रुपैयाँमा खरिद बिक्री गर्न सकिन्छ ? हेर्नुस् विनिमय दर

images
बुधवार, चैत १३ २०८१
बुधवार, चैत १३ २०८१
  • आज कुन देशको मुद्रा कति रुपैयाँमा खरिद बिक्री गर्न सकिन्छ ? हेर्नुस् विनिमय दर
    images
    images
    images
    images

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कले वुधबारका लागि विदेशी मुद्राको सटहीदर तोकेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ९२ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५२ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १४८ रुपैयाँ १६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ८१ पैसा रहनेछ ।

    त्यस्तै, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७७ रुपैयाँ ३६ पैसा र बिक्रीदर १७८ रुपैयाँ १४ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५५ रुपैयाँ २७ पैसा र बिक्रीदर १५५ रुपैयाँ ९५ पैसा कायम गरिएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ५३ पैसा र बिक्रीदर ८६ रुपैयाँ ९१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ८५ पैसा र बिक्रीदर ९६ रुपैयाँ २७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०२ रुपैयाँ ५२ पैसा र बिक्रीदर १०२ रुपैयाँ ९६ पैसा निर्धारण गरिएको छ ।

    यस्तै, जापानी येन १० को खरिददर ९ रुपैयाँ १२ पैसा र बिक्रीदर ९ रुपैयाँ १६ पैसा तोकिएको छ ।

    चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८६ पैसा र बिक्रीदर १८ रुपैयाँ ९४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ५० पैसा र बिक्रीदर ३६ रुपैयाँ ६६ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७३ पैसा कायम भएको छ ।

    केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर ४ रुपैयाँ ०४ पैसा र बिक्रीदर ४ रुपैयाँ ०६ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ २८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ८७ पैसा र बिक्रीदर ३१ रुपैयाँ कायम भएको छ ।

    साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ३४ पैसा र बिक्रीदर ९ रुपैयाँ ३८ पैसा, स्विडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ६७ पैसा र बिक्रीदर १३ रुपैयाँ ७३ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ८६ पैसा र बिक्रीदर १९ रुपैयाँ ९५ पैसा तोकिएको छ ।

    त्यस्तै, हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ६१ पैसा र बिक्रीदर १७ रुपैयाँ ६९ पैसा, कुवेती दिनार एकको खरिददर ४४४ रुपैयाँ ०६ पैसा र बिक्रीदर ४४६ रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३६३ रुपैयाँ १७ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ७६ पैसा, ओमनी रियाल एकको खरिददर ३५५ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३५७ रूपैयाँ २६ पैसा रहेको छ । 

    भारतीय रुपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार