images
images

समालोचक चूडामणि बन्धुलाई रमा–कृष्ण साहित्य सम्मान

समालोचक चूडामणि बन्धुलाई रमा–कृष्ण साहित्य सम्मान

images
बुधवार, चैत २० २०८१
बुधवार, चैत २० २०८१
  • समालोचक चूडामणि बन्धुलाई रमा–कृष्ण साहित्य सम्मान
    images
    images
    images
    images

    काठमाडौँ / रमा–कृष्ण सृजना प्रतिष्ठानले २०८० सालको कवि भवानी घिमिरे स्मृति रमा–कृष्ण साहित्य सम्मान समालोचक चूडामणि बन्धुलाई प्रदान गर्ने भएको छ ।

    यही चैत २३ गते काठमाडौँमा एक कार्यक्रम आयोजना गरी साहित्यकार एवं समालोचक बन्धुलाई उक्त सम्मान प्रदान गरिने प्रतिष्ठानका महासचिव यादव भट्टराईले बताए । 

    सोही समारोहमा वीरझागल गुरुङ स्मृति रमा–कृष्ण जनजाति उन्नयन पुरस्कार सङ्गीतकार बुलु मुकारुङलाई र डा हर्क गुरुङ स्मृति रमा–कृष्ण विज्ञानप्रविधि पुरस्कार मनिषराज पाण्डेलाई प्रदान गरिने छ । 

    यसैगरी, प्रतिष्ठानले २०८१ सालको कवि भवानी घिमिरे स्मृति रमा–कृष्ण साहित्य सम्मान साहित्यकार अभि सुवेदीलाई, वीरझागल गुरुङ स्मृति रमा–कृष्ण जनजाति उन्नयन पुरस्कार राजकुमार श्रेष्ठलाई र डा हर्क गुरुङ स्मृति रमा–कृष्ण विज्ञानप्रविधि पुरस्कार इन्द्रप्रसाद सुवेदीलाई प्रदान गरिने जानकारी उनले बताए । प्रतिष्ठानको हालैको बैठकले उक्त निर्णय गरेको हो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार