images
images

शनिबारको राशिफल : आज तपाईँको दिन कति शुभ कति अशुभ ? हेर्नुस्

शनिबारको राशिफल : आज तपाईँको दिन कति शुभ कति अशुभ ? हेर्नुस्

शनिवार, चैत २३ २०८१
शनिवार, चैत २३ २०८१
  • शनिबारको राशिफल : आज तपाईँको दिन कति शुभ कति अशुभ ? हेर्नुस्
    images
    images
    images
    images

     

    आज वि.सं. २०८१ साल चैत २३ गते शनिबार, तदनुसार ईश्वी सन् २०२५ अप्रिल ५ तारिख, नेपाल संवत् ११४५, कालयुक्तनाम संवत्सर, उत्तरायणं, वसन्त ऋतु, श्रीशाके १९४६, चैत्र शुक्लपक्ष, अष्टमी तिथी, आद्रा नक्षत्र, आनन्दादिमा–मुद्गर योग । चन्द्रराशि–मिथुन । 

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    उद्योग तथा व्यापार व्यवसायमा लगानी बढाएर मनग्य आम्दानी लिन सकिनेछ । छोटो दुरीको यात्राको सम्भावना छ । कार्य क्षेत्रमा आफैँ अघि सरेर गरेको काममा सफलता मिल्नेछ । आँटेको काम बन्नेछ । प्रतिस्पर्धामा विजयी भइनेछ । नयाँ काम सुरु गर्ने समय छ । 

    वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    व्यापार व्यवसाय फस्टाउने योग छ । होटल तथा रेस्टुरेन्ट व्यवसायमा लगानी गर्नेहरुका लागि आजको दिन राम्रो छ । बोलीको प्रभावले मनग्य आम्दानी गर्न सकिनेछ । कार्यक्षेत्रमा प्रतिष्ठित काम सम्पन्न हुनेछ । मेहनतले मान सम्मान र प्रतिष्ठा बृद्धि हुनेछ । आयआर्जनको स्रोत बृद्धि हुनेछ । 

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    व्यापार व्यवसायबाट मनग्य लाभ लिन सकिनेछ । गरेका कामबाट दोहोरो लाभ हुने हुँदा आम्दानी बृद्धि हुनेछ । लामो समयदेखि रोकिएको काम बन्नेछ । व्यापार व्यवसायको क्षेत्रमा सोचविचार गरेर मात्रै निर्णय लिनुहोला । नयाँ कामको अवसर छ । लगनशीलताले मनग्य धन आर्जन गर्न सकिनेछ । 

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    आँटेको काम समयमा नबन्दा आर्थिक संकट आइपर्नेछ । नोकरी वा पेशामा श्रमको मूल्य नपाइन सक्छ भने खर्च बृद्धि हुनेछ । लेनदेनमा विवाद आउन सक्छ । आजको यात्रा कष्टकर हुनेछ भने मालसामान हराउन सक्छ । यद्यपि, विदेशमा बसेर व्यापार व्यवसाय गर्ने र वैदेशिक सामानको व्यापारमा भने फाइदा मिल्नेछ । 

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    भौतिक सम्पत्ति जोड्न सकिनेछ भने विभिन्न उपहार प्राप्त हुनेछ । सरकारी तथा पुख्र्यौली सम्पत्ति हात पर्नेछ । नयाँ कामको अवसर मिल्नेछ । आयआर्जन बढ्नेछ । व्यापार व्यवासायबाट मनग्य धनलाभ हुनेछ । प्रयत्न गर्दा दिगो फाइदा हुने काम सुरु गर्न सकिनेछ । लामो समयदेखि रोकिएको रकम हात पर्नेछ । 

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    व्यापार व्यवसायबाट सोचेजस्तो आम्दानी गर्न सकिनेछ । उत्पादनमूलक क्षेत्रमा गरिएको लगानीबाट फाइदा मिल्नेछ । छोटो समयमा नाम, दाम र प्रतिष्ठा कमाउन सकिनेछ । यद्यपि, व्यापार व्यवसायमा सोचविचार गरेर मात्रै निर्णय लिनुहोला । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । मेहनतले अवसर दिलाउनेछ । 

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    सानो प्रयत्नले उपलब्धिमूलक काम बन्ने समय छ । धार्मिक कार्यसँग सम्बन्धित सामानको व्यापार व्यवसायमा बृद्धि हुनेछ । कला तथा मनोरञ्जनको क्षेत्रमा गरिएको लगानीबाट फाइदा लिन सकिनेछ । सानो प्रयत्नले महत्त्वपूर्ण काम बन्नेछ । रोकिएको काम बन्नेछ भने नयाँ कामको अवसर मिल्नेछ । 

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    कार्य क्षेत्रमा काम सुरु गर्नुअघि योजना बनाउनुहोस् । राम्रोसँग सोचविचार नगरी सुरु गरिएको कामबाट घाटा लाग्न सक्छ । गरगहना, पैसा तथा पैतृक सम्पत्ति हराउन सक्छ । सञ्चित धन गुम्न सक्छ । आफ्नो मेहनतको प्रतिफल अरुले लिन सक्छन् । सरसापटमार्फत धन बाहिरिनेछ भने आम्दानी रोकिनेछ । 

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    व्यापार व्यवसाय फस्टाउने योग छ भने नयाँ कामबाट फाइदा लिन सकिनछ । मेहनतले लक्ष्य प्राप्त हुनेछ । लामो यात्राको सम्भावना छ भने व्यापार व्यवसायबाट मनग्य आम्दानी हुनेछ । विभिन्न सहयोग र उपहार हात पर्ने योग छ । एउटै कामबाट दोहोरो फाइदा हुँदा आम्दानी बृद्धि हुनेछ । 

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    प्रतिस्पर्धामा विजयी भइनेछ । निर्माण सामाग्री, खाद्यान्न, गरगहना, कपडालगायतको व्यापार व्यवसाय बढ्नेछ भने छोटो दुरीको यात्राको सम्भावना छ । गरिआएको कामलाई निरन्तरता दिन सकिनेछ । नयाँ अवसर मिल्ने योग छ । मेहतले चुनौतिपूर्ण काम सम्पन्न हुनेछ । आँटेको काम समयमा सम्पन्न नभए पनि आंशिक लाभ हुनेछ । 

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    वैदेशिक रोजगारीबाट फाइदा मिल्नेछ भने घरजग्गाको कारोबारबाट मनग्य लाभ लिन सकिनेछ । व्यापार व्यवसायबाट दिगो फाइदा हुने काम सुरु गर्न सकिनेछ । भविष्यका लागि विशेष योजना बन्नेछ । पशुपालन तथा कृषि क्षेत्रमा गरिएको लगानीबाट फाइदा लिन सकिनेछ । प्रयत्न गर्दा आँटको सहजै सम्पादन हुनेछ । 

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    कृषि, सहकारी लगायतको पेशा व्यवसायबाट मनग्य धन लाभ हुने भए पनि घरजग्गाको कारोबारबाट भने घाटा हुन सक्छ । आँटेको काम समयमा नबन्दा आर्थिक संकट आइलाग्नेछ । महत्त्वाकांक्षी योजना कार्यान्वयन हुनेछैन । नयाँ काम सुरु गर्नुअघि अरुसँग सुझाव सल्लाह लिनुहोस् । अरुको फाइदाको लागि उपयोग भइनेछ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार