images
images

प्रधानमन्त्री ओलीलाई थाइल्याण्डमा गार्ड अफ अनर

प्रधानमन्त्री ओलीलाई थाइल्याण्डमा गार्ड अफ अनर

images
बुधवार, चैत २० २०८१
बुधवार, चैत २० २०८१
  • प्रधानमन्त्री ओलीलाई थाइल्याण्डमा गार्ड अफ अनर
    images
    images
    images
    images

    काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीलाई बैंककको सरकारी भवनमा गार्ड अफ अनर दिइएको छ । थाइल्यान्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीलाई बुधबार बिहान गार्ड अफ अनर प्रदान गरिएको हो । 

    सो अवसरमा प्रधानमन्त्री ओलीलाई थाइल्याण्डकी प्रधानमन्त्री पैटोङटार्न सिनावात्राले स्वागत गरेकी थिइन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आज थाइल्याण्डकी प्रधानमन्त्री पैटोङटार्न सिनावात्रासँग भेटवार्ता गर्दै छन् ।

    kp thailand.JPG

    दुई पक्षीय भेटवार्तामा संस्कृति र पर्यटनका क्षेत्रमा सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर हुने छ । यसैगरी दुई देशबिचका गैरसरकारी र व्यावसायिक संस्थाबिच विभिन्न छ सहमतिपत्र आदानप्रदान गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

    यो भ्रमणबाट दुई देशबिचको आपसी सम्बन्ध विस्तार र सहकार्यमा योगदान पुग्ने अपेक्षा गरिएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार