images
images

रैथाने खाद्यान्नको ‘ब्रान्डिङ’ गरी ‘अनदीको खट्टे’ उत्पादन, ब्रान्डिङ र प्याकेजिङमा नगरपालिकाको सहयोग

रैथाने खाद्यान्नको ‘ब्रान्डिङ’ गरी ‘अनदीको खट्टे’ उत्पादन, ब्रान्डिङ र प्याकेजिङमा नगरपालिकाको सहयोग

बिहिवार, चैत २१ २०८१
बिहिवार, चैत २१ २०८१
  • रैथाने खाद्यान्नको ‘ब्रान्डिङ’ गरी ‘अनदीको खट्टे’ उत्पादन, ब्रान्डिङ र प्याकेजिङमा नगरपालिकाको सहयोग
    images
    images
    images
    images

    डुम्रे (तनहुँ) /  भानु नगरपालिका–१२ कवाचितस्थित रूप एन्ड अर्गानिक एग्रो फार्मले रैथाने खाद्यान्नको ‘ब्रान्डिङ’ गरी ‘भानुको अनदीको खट्टे’ उत्पादनमा जुटेका छन् । अनदीको चामललाई प्रवर्धन र आम्दानीसँग जोड्ने उद्देश्यले फार्मले भानुको अनदीको खट्टे बजारमा ल्याएको हो । 

    जिल्ला तथा नगरपालिका क्षेत्रमा उत्पादित अनदीको धानखेतीमा प्रोत्साहन पुर्‍याउने लक्ष्यका साथ ब्रान्डिङ गरी अनादीको खट्टे बजारमा ल्याइएको फार्मका सञ्चालक रामकृष्ण अधिकारीले बताए।

    भानु नगरपालिकाको समन्वयमा अनदी धानलाई खट्टे बनाएर बजार पठाइएको हो । अनदीको धानखेती लोपोन्मुख भएकाले यसको प्रवर्धनका लागि अनदीको खट्टे बनाइएको उनले बताए । 

    “अनदीको धानखेती कम हुने गरेको छ, बढी उत्पादन लिने लक्ष्यका साथ स्थानीयले अन्य प्रजातिका धान लगाउने गर्दछन्”, सञ्चालक अधिकारीले भने, “रैथाने धान संरक्षण, प्रवर्धन तथा ब्रान्डिङ गरी आयसँग जोड्न अनदीको खट्टे बजारमा ल्याएका हौँ ।”

    भानु नगरपालिका कृषि विकास शाखाका प्रमुख विनोद थापा मगरले नगरपालिकाले रैथाने बाली कार्यक्रमअन्तर्गत ब्रान्डिङ र प्याकेजिङमा नगरपालिकाको सहयोग रहेको बताए । 

    उनले भने, “खाना, प्रविधि र गुणस्तर नियन्त्रणको विभागीय परीक्षण नगरपालिकाले गरेका छ, उत्कृष्ट ठहरिएपछि अनदीको खट्टे बजार पठाउन स्वीकृति दिइएको हो ।”

    नगरपालिकाका १३ वटै वडा तथा जिल्लाका किसानले उत्पादन गरेका अनदीलाई खट्टे बनाएर बजार पुर्‍याउने गरिएको कृषि शाखाले जनाएको छ । रासस

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com