काठमाडौँ / ताला फोडेर कार्यकक्षमा पुगेका काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले नयाँ रजिष्टरमा हाजिरी गरेका छन् ।
जिम्मेवारी सम्हाल्न महानगर पुगेका प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले नयाँ हाजिरी रजिष्टर खडा गरेर हाजिर गरेका हुन् ।
उनी महानगर प्रहरीको अवरोध छिचोल्दै जनप्रतिनिधि र कर्मचारीको सहयोगमा कार्यालय पुगेका गुरागाईं कार्यकक्षमा लागेको ताला फोडेर भित्र पसेका थिए ।
कार्यकक्षमा पुगे पनि महानगरको हाजिरी रजिष्ट्रर मेयर बालेन शाहले राखेपछि उनले नयाँ हाजिरी रजिष्टर खडा गरेर हाजिरी गरेका हुन् । उपप्रमुखसहितका जनप्रतिनिधि र कर्मचारीहरूसहित गुरागाईँ महानगर पुग्दा बालेन शाह भने थिएनन् ।
यसअघि मेयर शाहले पुरानो बसपार्कको काठमाडौँ टावर निर्माण अनुमति दिँदा अनियमितता गरेको भन्दै गुरागाईंलाई निलम्बन गरेका थिए ।