images
images

बिमस्टेक सम्मेलनका लागि भारतीय प्रधानमन्त्री मोदी थाइल्यान्ड प्रस्थान

बिमस्टेक सम्मेलनका लागि भारतीय प्रधानमन्त्री मोदी थाइल्यान्ड प्रस्थान

बिहिवार, चैत २१ २०८१
बिहिवार, चैत २१ २०८१
  • बिमस्टेक सम्मेलनका लागि भारतीय प्रधानमन्त्री मोदी थाइल्यान्ड प्रस्थान
    images
    images
    images
    images

    नयाँदिल्ली / भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बिहीबार बैङ्कक प्रस्थान गरेका छन् । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिमस्टेक)को छैटौँ शिखर सम्मेलनमा भाग लिनेछन्, साथै, थाइल्यान्डमा रहँदा त्यहाँका प्रधानमन्त्री पेटोङतार्न शिनावात्रा लगायत यस क्षेत्रका नेताहरूसँग भेटवार्ता पनि गर्नेछन् । 

    सम्मेलनमा बिमस्टेकसदस्य राष्ट्रहरू बङ्गलादेश, भुटान, भारत, म्यानमार, नेपाल, श्रीलङ्का र थाइल्यान्डका उच्च प्रतिनिधि सहभागी हुन बैङ्कक पुगिसकेका छन् ।

    बङ्गलादेशी सञ्चारमाध्यमले मोदी र मोहम्मद युनुसले दुवै सरकारका शीर्ष नेताबीच ‘टिट फर ट्याट’ को विवाद भएपछि तनाव कम गर्न भेट हुनसक्ने बताएका छन् ।

    सन् २०२४ को अगष्टमा भारतको पुरानो सहयोगी शेख हसिनालाई विद्यार्थीको नेतृत्वमा भएको विद्रोहले प्रधानमन्त्रीपदबाट हटाएपछि उनी नयाँदिल्लीमा शरण लिन पुगेका थिए । 

    हसिना नेतृत्वको सरकारको उत्तराधिकारीका रूपमा नोबेल पुरस्कार बिजेता युनुसले बङ्गलादेशको बागडोर सम्हालेका थिए । 

    भारत हसिनाको सरकारको सबैभन्दा ठुलो हितैषी थियो र उनी प्रधानमन्त्रीबाट अपदस्थ भएसँगै दुई देशबिचको सम्बन्धमा समस्या देखिएको विश्लेषकहरूले जनाएका छन् । भारतमा रहेकी हसिनाले सामूहिक हत्यालगायतका आरोपको सामना गर्न बङ्गलादेशको सुपुर्दगी अनुरोधलाई अस्वीकार गरेका छन्।

    भारतीय विदेशमन्त्री सुब्रमण्यम जयशङ्करले उक्त अनुरोध ‘समीक्षाको क्रममा’ रहेको बताएपछि युनुसले मोदीसँग भेटवार्ताको माग गरेका थिए । 

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली समकक्षी केपी शर्मा ओलीसँग पनि भेटवार्ता गर्ने अपेक्षा गरिएको नेपाली सञ्चारमाध्यमले जनाएका छन् । भारतले उक्त बैठकको पुष्टि गरेको छैन ।

    कोलम्बोले आफ्नो शक्तिशाली उत्तरी छिमेकी र चीनको प्रतिस्पर्धी स्वार्थसँग जुधिरहेका बेला मोदीले त्यसपछि आफू वामपन्थी राष्ट्रपति अनुरा कुमारा दिसानायकेसँग वार्ताका लागि श्रीलङ्का जाने बताएका छन् । 

    श्रीलङ्काको राष्ट्रपति कार्यालयले मोदी नयाँ प्रशासनअन्तर्गत श्रीलङ्काको भ्रमण गर्ने पहिलो विदेशी सरकार प्रमुख हुने जनाएको छ । गत वर्ष निर्वाचित भएपछि दिसानायकेको पहिलो विदेश भ्रमण नयाँ दिल्लीमा भएको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com