काठमाडौँ / सशस्त्र प्रहरी बल नेपाल, खेलकुद तथा शारीरिक सुगठन शिक्षायलयअन्तर्गत नेपाल एपिएफ क्लब र अग्नि इन्कर्पोरेटेड प्राइभेट लिमिटेडको सहकार्यमा प्रथम ‘एपिएफ महिन्द्रा स्पोर्ट्स अवार्ड २०८१’ समारोह सम्पन्न भएको छ ।
शुक्रबार काठमाडौँ हलचोकस्थित नेपाल एपिएफ क्लबको कृष्ण मोहन स्मृति भवनमा आयोजना गरिएको समारोहमा खेलकुद क्षेत्रमा उत्कृष्ट खेल प्रदर्शन गर्दै संगठन तथा राष्ट्रको गौरवको लागि उल्लेखनीय योगदान पुर्याएका खेलाडी तथा अन्य खेल व्यक्तित्वहरूको सम्मान गरिएको छ ।
समारोहमा गृहमन्त्री रमेश लेखक, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंक लाल घिसिङ, सशस्त्र प्रहरी महानिरिक्षक राजु अर्याल, नेपाल प्रहरी महानिरिक्षक दिपक थापा, सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष अनिता लामिछाने अर्याल, अग्नि ग्रुपका अध्यक्ष क्याबिनेट श्रेष्ठ, अग्नि ग्रुपका प्रबन्ध निर्देशक सुजन वैद्य श्रेष्ठ, अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुन प्रसाद शर्मा, महिन्द्रा एन्ड महिन्द्राको नेपाल, भुटान र बङ्गलादेशको लागि कन्ट्रि हेड चैतन्य कागलकार, अग्नि ग्रुपका उपाध्यक्ष वेदा सताशा श्रेष्ठ, अग्नि ग्रुपका अनुसन्धान तथा विकास प्रमुख वेदान्त श्रेष्ठको उपस्थिति रहेको थियो ।
समारोहलाई सम्बोधन गर्दै अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुन प्रसाद शर्माले भने, “यो अवार्डको माध्यमबाट हामीले खेलकुद क्षेत्रमा उत्कृष्ट खेल प्रदर्शन गर्दै, राष्ट्रको गौरवको लागि उल्लेखनीय योगदान पुर्याएका खेलाडी तथा अन्य खेलकर्मी व्यक्तित्वहरूको कदर तथा सम्मान गर्ने उद्देश्य लिएका छौँ । यस वर्षबाट सुरू गर्दै उत्कृष्ट खेलाडीहरूको पहिचान र सम्मान गर्ने यो प्लेटफर्मलाई हामी आगामी वर्षमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दछौँ ।”
समारोहमा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी तथा खेलकर्मीलाई सम्मान गरिएको छ।
गृहमन्त्री लेखकले जनही ५० हजार रुपैयाँ नगद पुरस्कारसहित महिला फुटबल खेलाडी रेनुका नगरकोटीलाई ‘एपिएफ महिन्द्रा प्लेयर अफ द यियर २०८१ – महिला’ र ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाललाई ‘एपिएफ महिन्द्रा प्लेयर अफ द यियर २०८१ – पुरुष’को उपाधि र सम्मान पत्र हस्तान्तरण गरे ।
त्यस्तै, २५ हजार रुपैयाँ नगद पुरस्कारसहित कराँते खेलाडी मोहम्मद सेखु आलम ‘मस्ट पपुलर एपिएफ महिन्द्रा प्लेयर अफ द यियर २०८१ ( पुरुष’ को उपाधिसहित सम्मानित भएका छन् ।
महिला फुटबल खेलाडी प्रीति राई २५ हजार रुपैयाँ नगद पुरस्कारसहित ‘मस्ट पपुलर एपिएफ महिन्द्रा प्लेयर अफ द यियर २०८१ – महिला’को उपाधिसहित सम्मानित भएकी छन् ।
यसैगरी, ‘एपिएफ महिन्द्रा टिम अफ द यियर २०८१’ उपाधिसहित ५० हजार रुपैयाँ नगद पुरस्कारबाट एपिएफ महिला फुटबल टिम सम्मानित भएको छ ।
‘एपिएफ कोच अफ द यियर २०८१ – पुरुष’ र ‘एपिएफ कोच अफ द यियर २०८१ – महिला’को अवार्ड र जनही नगद २५ हजार रुपैयाँ पुरस्कारबाट क्रमश फुटबल प्रशिक्षक जिवेशकुमार पाण्डे र कराँते प्रशिक्षक गङ्गा देवी अधिकारी सम्मानित भएका छन् ।
त्यसैगरी ‘एपिएफ महिन्द्रा योङ प्लेयर अफ द यियर २०८१ ( पुरुष’ र ‘एपिएफ महिन्द्रा योङ प्लेयर अफ द यियर २०८१ – महिला’को अवार्डसहित जनही २५ हजार रुपैयाँ नगद पुरस्कारबाट अवार्डबाट क्रमश यु–१६ फुटबल खेलाडी तेञ्जिङ शेर्पा र सावित्री किशन सम्मानित भएका छन् ।
सो अवसरमा गृहमन्त्री लेखकले खेलकुद शारिरीक व्यायाम वा मनोरञ्जनको माध्यम मात्र नभई समुदायमा एकता, अनुशासन, सहकार्य र स्वस्थ्य प्रतिस्पर्धाको भावनालाई प्रोत्सान गर्ने बतााएउ ।
खेलकुदले व्यक्तिमा आत्मविश्वास प्रदान गर्नुकासाथै देशको नाम उच्च राख्न अन्तर्राष्ट्रिय मञ्चमा उजागर गर्ने अवसर समेत मिल्ने उनको भनाइ छ ।
गृहमन्त्री लेखकले सशस्त्र प्रहरी बल नेपालले स्थापनाकालदेखि नै देश र नागरिकको सेवा सुरक्षामा अग्रणी भूमिका निर्वाह गर्नुका साथै खेलकुदको क्षेत्रमा समेत आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको बताए ।
उनले यस प्रकारको कार्यक्रमले खेलाडीहरूको मेहनत, समपर्ण र सफलताको सम्मान गर्ने मौका मिल्ने, नयाँ प्रतिभावन खेलाडीहरूसमेत उजागर गर्ने तथा खेलाडीहरूको मनोवल उच्च भई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिष्पर्धा गर्न सक्षम बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।
त्यसैगरी, समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले नेपाल एपिएफ क्लबका पूर्व प्रशिक्षक तथा पूर्व खेलाडीहरूलाई ‘एपिएफ आइजिपि कमेन्डेसन’को रूपमा कदर पत्र, तथा सहयोग गर्ने व्यक्ति तथा संघ(संस्थालाई कदर पत्रसहित मायाको चिनो हस्तान्तरण गरे ।
साथै उनले लामो समयदेखि नेपाल एपिएफ क्लवसँग सहकार्य गरी सङ्गठनको मात्र नभई समग्र देशकै खेलकुद क्षेत्रमा उच्च योगदान पु-याउँदै आएको अग्नी ईन्कर्पोरेटेड प्रा.लि.(महिन्द्रा नेपाल)को समन्वय र सहकार्यको लागि विशेष धन्यवाद दिनुहुँदै यस किसिमका समन्वय र सहकार्यलाई निरन्तरता दिए ।
त्यस्तै, उनले खेलकुदमार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउनुका साथै थप उपलब्धिहरू समेत हासिल गर्ने विश्वास व्यक्त गरे ।
उनले खेल केवल मनोरञ्जनको माध्यम मात्र नभई व्यक्तिको शारिरीक क्षमता, मानसिक दृढता र सामाजिक एकताको भावनालाई उजागर गर्ने बताउँदै खेलाडीले खेल मैदानमा आफ्नो सिप, अनुशासन र मेहनतले विजयी लक्ष्य प्राप्त गर्ने बताए ।
महानिरीक्षक अर्यालले संगठन स्थापनाकालदेखि नै देश र आम नागरिकको सुरक्षा जिम्मेवारी सँगसँगै खेलकुदको क्षेत्रमा समेत सक्रिय सहभागिता जनाउँदै आएको बताउँदै खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा उत्कृष्ट खेल प्रदर्शन गर्दा देश र संगठनको नाम समेत उच्च हुने बताए ।
उनले स्पोर्ट अवार्ड एउटा पुरस्कार मात्र नभई खेलाडीहरूको मेहनत, लगनशिलता र समपर्णको समेत कदर गर्ने थलो भएकोले यस प्रकारको सम्मानले खेलाडीहरूमा थप प्रोत्सानकोसाथ भविष्यमा अझ उत्कृष्ट खेल खेल्न हौसला प्रदान गर्ने विश्वास व्यक्त गरे ।
त्यसैगरी, कार्यक्रममा सम्मानित खेलाडी तथा खेलकर्मीहरूलाई उपाधि, कदर पत्र, तथा मायाको चिनो हस्तान्तरण गरिएको छ ।
समारोहमा अग्नी ईन्कर्पोरेटेड (महिन्द्रा नेपाल अग्नी ग्रुप)का कार्यकारी निर्देशक अर्जुन प्रसाद शर्माले स्पोर्ट्स अवार्डले खेलाडीहरूको क्षमता र मनोवल उच्च बनाउन सहयोगी भूमिका निर्वाह गर्ने बताए ।
समारोहमा नेपाली खेल जगतमा प्रत्यक्ष वा परोक्ष रूपमा आफुलाई सक्रिय बनाउँदै आएका खेलाडी तथा व्यक्तिहरूलाई नेपाल एपिएफ क्लवको आजीवन सदस्यता प्रदान गर्नुका साथै नेपाल एपिएफ क्लवलाई निरन्तर सहयोग पु¥याउनुहुने विभिन्न संघसंस्था तथा व्यक्तिलाईसमेत सम्मान गरेका थिए ।
खेलकुद क्षेत्रमा उत्कृष्ट खेलाडी उत्पादन तथा विकास गर्दै नेपाली खेलकुदको क्षेत्रमा योगदान पुर्याउन सफल एपिएफ क्लबद्वारा खेलाडीहरूलाई प्रोत्साहनस्वरूप सो अवार्ड आयोजना गरिएको हो ।
अग्नि ग्रुप महिन्द्रा नेपालले नेपाली खेलकुदको विकास तथा प्रवर्द्धनमा विभिन्न प्रायोजन तथा सहकार्यमार्फत विगत १० वर्षदेखि महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। ग्रुपको यसै प्रतिबद्धतालाई निरन्तरता दिँदै अग्नि ग्रुपले एपिएफ क्लबसँग निरन्तर सहकार्य गर्दै आइरहेको छ ।