जिल्ला र प्रदेशमा आइसोलेसन र एचडीयू सुविधासहितका शय्या थप्ने सरकारको निर्णय  

जिल्ला र प्रदेशमा आइसोलेसन र एचडीयू सुविधासहितका शय्या थप्ने सरकारको निर्णय  

अर्थ डबली
मंगलवार, कार्तिक ४ २०७७
अर्थ डबली
मंगलवार, कार्तिक ४ २०७७ (अर्काइभ बाट)
  • जिल्ला र प्रदेशमा आइसोलेसन र एचडीयू सुविधासहितका शय्या थप्ने सरकारको निर्णय  

    सरकारले कोभिड–१९ सङ्क्रमण दर तीव्र गतिमा बढेसँगै काठमाडौँ उपत्यकालगायत जिल्ला र प्रदेशमा आइसोलेसन एवं हाई डिपेन्डेन्सी युनिट (एचडीयू) सुविधासहितका शय्या थप गर्ने निर्णय गरेको छ । 

    images
    images

    मन्त्रिपरिषद् बैठकले कोरोना सङ्क्रमण तीव्र बढिरहेका जिल्लामा प्रयोगमा नरहेका क्वारेन्टाइनहरूलाई १५ दिनभित्र आइसोलेसन सेन्टरमा स्तरोन्नति गर्ने निर्णय गरेको छ ।

    सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन्  ।

    सरकारका प्रवक्ता गुरुङले तीव्र गतिमा सङ्क्रमित बढिरहेका जिल्लाका आइसोलेसन सेन्टरलाई आवश्यकताअनुसार जनरल वार्डको सेवा उपलब्ध हुने गरी रूपान्तरण गरिने जानकारी दिए ।

    त्यस्तै प्रत्येक प्रदेशमा कम्तीमा दुई सय शय्या रहने गरी १५ दिनभित्र आवश्यक सुविधा र उपकरण सहितका हाई डिपेन्डेन्सी युनिट ९एचडीयू०का रूपमा स्तरोन्नति गर्ने निर्णय गरिएको छ । 

    यसरी स्तरोन्नति गर्दा कोभिड अस्पतालका रूपमा रहेका सरकारी तथा सार्वजनिक अस्पतालमा एचडीयू सेवा विस्तार गरिनेछ । त्यस्तै काठमाडौँ उपत्यकामा दुई हजारको सङ्ख्यामा एचडीयू बेड विस्तार गर्ने निर्णय गरिएको छ । 

    सरकारी तथा सार्वजनिक कोभिड अस्पतालमा आईसीयू र एचडीयू अपुग भएमा निजी तथा सामुदायिक अस्पतालमा पनि आईसीयू र एचडीयू व्यवस्था गर्ने निर्णय गरिएको जनाइएको छ । 

    आजको गोरखापत्र दैनिकमा दीपक श्रेष्ठले लेखेका छन् । 

    साताको लोकप्रीय