नेपाल ल्युब आयलको २९ औं वार्षिक साधारण सभा, १० प्रतिशत नगद लाभांश स्वीकृत

नेपाल ल्युब आयलको २९ औं वार्षिक साधारण सभा, १० प्रतिशत नगद लाभांश स्वीकृत

अर्थ डबली
बिहिवार, कार्तिक ६ २०७७
अर्थ डबली
बिहिवार, कार्तिक ६ २०७७ (अर्काइभ बाट)
  • नेपाल ल्युब आयलको २९ औं वार्षिक साधारण सभा, १० प्रतिशत नगद लाभांश स्वीकृत

    नेपाल ल्युब आयल लिमिटेडको २९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।  साधारण सभाले सेयर होल्डरहरुलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

    images
    images

    नेपाल ल्यूव आयल लि.को ३६ वर्षको ईतिहासमा हालको प्रकोपलाई मध्यनजर गर्दै एकदमै नौलो अभ्यासमार्फत संचालित यस सभामा अध्यक्ष अरुणकुमार चौधरी तथा बोर्ड अफ डाइरेक्टर, कम्पनी सचिव र अन्य सेयरहोल्डरहरुको स्वंय उपस्थिती बाट ५३.१४ प्रतिशत र ख्ष्चतगब िमाध्यम श्ययm ब्उउ मार्फत १५.०१ प्रतिशत उपस्थिति गरि ६८.१५ प्रतिशत सहभागी रहेको र उपस्थितीहरु बिच दुरी कायमका साथै अन्य स्वास्थ्य एचयतयअय िसमेत पालना गरि आफ्नै कर्पोरेट कार्यलयमा सम्पन्न भएको थियो ।

    सो अवसरमा कम्पनीका अध्यक्ष अरुणकुमार चौधरीले हालको अवस्थामा उद्योगलाई सदैव सुचारु राख्नु नै एकमात्र चुनौति रहेको यस विषम परिस्थितीमा कामदार, कमर्चारी एवंम कम्पनीसंग आबद्ध सवैको स्वास्थ्यको ख्याल राखिरहेको अवस्थामा शेयरहोल्डरको समेत ऋइख्क्ष्म् १९ विमा गर्ने घोषणा  गरे । 

     साथै वक्ता रहेका शेयरहोल्डर समेतले आशा नगरेको वक्त्व्य दिईरहेको अवस्थामा कम्पनीले १० प्रतिशत लाभांस दिनु सञ्चालक समितीले सदैव शेयरहोल्डरहरुको हालको पहिलो प्राथमिकताके हुन सक्छ भनि अध्ययन गरेरनै प्रदान गरिएको बताए ।

    त्यस्तै प्रस्तावित पूंजी वृद्धि कुन माध्यमबाट गर्दा कम्पनीको निमित्त उपयुक्त हुनेछ भन्ने अध्ययन गरेर पछि निर्णय गर्ने र शेयर धनिहरुले उठाउनु भएको माग बमोजिम एउटा कोष गठन गरि सो कोषबाट कम्पनीका कामदार, कर्मचारी, डिलर, रिटेलर, मेकानिक्स र उपभोक्तालाई वार्षिक रुपमा पुरस्कृत गर्न तयार रहेको जानकारी गराएका थिए ।

    त्यस्तै उच्चस्तरिय गुणस्तरको लुब्रिकेन्टस् उत्पादन, छिटो छरितो शेवा, ीष्खभ ग्उमबतभ चभउयचतष्लन र उत्पादकत्वमा वृद्धि पुर्याउने अन्य विभिन्न योजनाहरु समेत प्रस्तुत गरेका थिए ।

    नेपाल ल्युब आयलले गल्फ आयल इन्टरनेसनलको प्रत्यक्ष निगरानीमा नेपालमै गल्फ लुब्रिकेन्ट उत्पादन गर्नुका साथै बिक्रीरवितरण समेत गर्छ । गल्फ अन्तर्राष्ट्रिय लुब्रिकेन्ट्स ब्रान्ड हो ।

    साताको लोकप्रीय