८० प्रतिशत इँटा उद्योग बन्द हुने स्थिति, उद्योगीहरूको अर्बौ रुपैयाँ लगानी जोखिममा

८० प्रतिशत इँटा उद्योग बन्द हुने स्थिति, उद्योगीहरूको अर्बौ रुपैयाँ लगानी जोखिममा

कोरोना संक्रमणका कारण प्रभावित हुँदा त्यसको असर मूल्यमा देखिएको छ । लकडाउनको अवधि र खुलेपछि इँटा उद्योगीहरूले १५ देखि २० प्रतिशतसम्म इँटाको मूल्य बढाएका छन्। त्यस्तै, कामदारकै अभावमा कतिपयको व्यवसाय बन्द हुने स्थितिमा छन् ।

अर्थ डबली
मंगलवार, कार्तिक २५ २०७७
अर्थ डबली
मंगलवार, कार्तिक २५ २०७७ (अर्काइभ बाट)
  • ८० प्रतिशत इँटा उद्योग बन्द हुने स्थिति, उद्योगीहरूको अर्बौ रुपैयाँ लगानी जोखिममा

    काठमाडौं/  कोराना संक्रमणका कारण नेपाली इँटा उद्योगहरु पनि नराम्ररी प्रभावित बनेको छ। भारतीय कामदारमा निर्भर नेपालका इँटा उद्योगी कामदार ल्याउन नसक्दा समस्यामा परेका हुन् । कोरोनाको कारण भारतीय कामदार घर फर्किएपछि  इँटा उत्पादन सिजनमा समस्या हुने देखिएको छ ।
     
    कोरोनाको कारण निर्माण क्षेत्र प्रभावित हुँदा मुलुकभरका करिब  १२ सय ५०  इँटा उद्योग प्रभावित बनेको नेपाल इँटा उद्योग व्यवसायी सङ्घका अध्यक्ष महेन्द्र बहादुर चित्राकारले बताए ।

    images
    images

    कोरोना संक्रमणका समय सरकार मतलवी हुँदा इँटा व्यवसायीहरुको अवौं रुपैयाँ डुब्ने खतरा रहेको अध्यक्ष चित्राकारले औंल्याए । उनी भन्छन्, ‘समास्याको कारण पहिचान गर्न छोडेर सरकार चलाउने नेतृत्व आफ्नो स्वार्थमा फसेको छ।’ कर माग्ने तर, न्यायोचित राहत दिन सक्दैन ।

    ‘जुनबेला लकडाउन गर्नै पर्दैनथ्यो गरेपनि निर्माण क्षेत्रमा काम सुचारु गर्न सम्भव थियो तर, सरकारले सबैलाई हतोत्साही डर देखाएर बन्द गर्यो । अब सुरक्षा चाहिने बेला सरकारले हात छोड्यो यस्तो पनि हुन्छ’– उनले आक्रोश पोखे, शासन आफ्नो अनुकुलतामा सोच्दा नागरिक समस्यामा हुन्छ भन्ने किन नबुझेको ?’

    इँटा उद्योगमा भारतिय कामदारको भरः
     
     नेपालका सबैजसो इँटा उद्योग भारतीय कामदारमा निर्भर छन्। कोभिड–१९ महामारीपछि सबै भारतीय कामदार घर फर्किँदा यो सिजन बढि प्रभावित बन्ने देखिएको छ । कोरोनाको कारण पहिलो त निर्माण क्षेत्रका काम शुरु हुन सकेको छैन । दास्रो भइहाले पनि कामदार कसरी व्यवस्थापन गर्ने भन्ने चिन्तामा इँटा उद्योगीहरू छन्। १२ सय भन्दा बढि उद्योगहरुमा करिब ३ लाख मजदुरहरु प्रत्यक्ष÷ अप्रत्यक्ष रोजगार छन् ।

    ittam majdur.JPGइँटा उद्योग व्यवसायी सँघका अनुसार २ लाख कामदार भारतीय हुन् । एकलाख जति नेपाली छन् । महासंघका अध्यक्ष महेन्द्रबहादुर चित्रकारका अनुसार एउटा उद्योगमा औसतमा ३ सय जना मानिसले काम गर्छन्, जसमध्ये २०० जना भारतीय नागरिक हुुन्छन्। यो हिसाबले नेपालमा इँटा उद्योगमा मात्रै करीब दुई लाख बढि भारतीय नागरिकले काम गर्दै आएको देखिन्छ । 

    नेपाली काम खोज्दै विदेश जान्छन्, विहारी नेपाल आउँछन् :

    नेपालीहरु बेरोजगार भएँ भन्दै विदेशिनु एक प्रकारको ‘फेसन’ नै भएको छ । तर, मुलुकमै आफ्नो सीप अनुसार काम गर्न नजान्दा बाहिरी मुलुकका नागरिकले स्वदेशी पैसा लगिरहेका छन् इँटा व्यवसायीका अनुसार नेपाली काम गर्न लाज मान्ने कसले के भन्लान भन्ने हेयको भावनाले यस्तो देखिएको बताउँछन् ।‘हाम्रो समाज नै कामको आधारमा पनि ठूलो सानो गर्दा युवाहरु विदेशतिर आकर्षित हुन पुगेको व्यवसायीहरुको तर्क छ । 

    यता नेपालीहरु स्वदेशमा राम्रोसँग कामलाई ध्यान नदिदा आयमा प्रभाव परेको देखिन्छ । इँटा उद्योमा स्वदेशी कामदार विशेषत रोल्पा र त्यस आसपासका व्यक्तिहरु बढि छन् । अन्य क्षेत्रका व्यक्तिहरु यो काम कमैले गर्छन् गरेपनि नटिक्ने इँटा उद्यागीहरु बताउँछन् । 

    itta- Bhatta.JPG

    इँटा उद्योगको भट्टी सञ्चालनको लागि भने भारतीयहरू सिपालु हुन्छन्। अर्कोतर्फ, निकै धुलो र गर्मीमा काम गर्नुपर्ने भएकाले भट्टाभित्र काम गर्न नेपालीहरू तयार भइहाल्दैनन्। ‘नेपालीहरू भट्टाभित्र काम गर्न तयार नै हुँदैनन्’, व्यवसायी सत्य नारायण सुवाल भन्छन् ‘नेपालीहरूसँग इँटा उद्योगको भट्टी सञ्चालनको राम्रो ज्ञान पनि छैन।’ आगोको रापतापमा नेपालीले काम गर्न तयार पनि देखिन्न् । 


    इँटा भट्टामा काँचो इँटाको चाङ मिलाउने, त्यसमा कोइला हाल्ने, इँटा पकाउनको लागि तापक्रम मिलाउने र तयार इँटा भट्टाबाट निकाल्ने काममा भारतीय कामदार हुन्छन्।१५ वर्षदेखि यो क्षेत्रमा रहेका सुवाल भन्छन् ‘नेपाली कामदारको तुलनामा भारतीयहरूले चाँडो र धेरै इँटा बोक्छन्। भारतीयहरू टाउकोमा इँटा राखेर बोक्छन्। त्यसो हुँदा छिटो हुन्छ। नेपालीहरू भारीमा नाम्लो लगाएर बोक्ने हुँदा ढिलो हुन्छ।’

    भक्तपुर इँटा उद्योग व्यवसायी अध्यक्ष नातिभाइ हेम्वा भन्छन् – ‘भक्तपुरमा मात्रै ६४ बढि उद्योग सञ्चालनमा छन् । पोहोरकै इँटा स्टक हुँदा व्यवसायीले नयाँ इँटा बनाउन त्यति ध्यान दिएका पनि छैनन् । यता कोरोनाको कारण कामदार नहुँदा समस्यामा छन् । बरु कामदारका लागि दिइएको पेस्की फस्ने देखिएको छ।’
     
    इँटा उद्योग क्षेत्रमा कामदार ल्याउँदा ठेक्कामा कामदार बोलकवोलमै हुन्छ । कामदार ल्याउने ‘नाइके’ मार्फत भारतको विहार, राजस्थानदेखि आउँछन् जो इँटा भट्टाका लागि बढि सिपालु हुन्छन् । यता नेपालकै रोल्पा रुकुमबाट आउने कामदार भने माटो काट्ने सफा गर्ने बोक्नमा बढि दख्खल हुने व्यवसायीहरु बताउँछन् । 

    itta bhatta.JPG

    इँटा उत्पादन दशैं तिहारदेखि नै शुरु हुने सिजन भएपनि व्यवसायीहरुमा कुनै उत्साह छैन । कोरोनाको कारण भएपनि स्थानिय तहले राम्रो ‘डिसिजन’ गर्न नसक्दा व्यवसायीहरु अलमलमा रहेको भक्तपुरका अध्यक्ष हेम्वा बताउँछन् । मुलुकमा भएका उद्योग मध्ये ५० प्रतिशत बढि उद्योग प्रदेश दुइमै रहेको सँघका अध्यक्ष चित्रकारले बताए । काठमाडौंका उद्योगी मात्रै नभएर मुलुकभरका उद्योगी बैंकको किस्तादेखि जग्गाभाडा, दैनिक कार्यलय सन्चालनमै समस्या देखिएको उनले बताए । 


    “फागु पूर्णिका बेला आधाजस्तो कामदार घर गएका थिए। लगत्तै कोभिड–१९ को महामारी आएपछि उनीहरू नेपाल फर्कन पाएनन्, अध्यक्ष चित्राकारले भने, लकडाउनको बेलामा पनि करीब एक लाख कामदार इँटा उद्योगमै थिए। उनीहरूलाई भारतीय दूतावाससँग समन्वय गरेर घर पठाएका थियौं’, उनले भने, यसैले अहिले उत्पादन गर्न कामदारको समस्या छ ।

    २० प्रतिशतसम्म बढ्यो इँटाको मूल्य

    कोरोना संक्रमणले इँटा व्यवसायमा नराम्ररी प्रभाव पार्दा त्यसको असर मूल्यमा देखिएको छ । लकडाउनको अवधि र खुलेपछिको समयमा इँटा उद्योगीहरूले १५ देखि २० प्रतिशतसम्म इँटाको मूल्य बढाएका छन्। 
     अघिल्लो बर्ष इँटा अत्यधिक पानीले नष्ट हुँदा र निर्माण क्षेत्र सुस्ताउँदा व्यवसायी घाटामा रहेको व्यवसायी सुवाल बताउँछन् । करिब ८० प्रतिशत उद्योग बन्द हुने अवस्थामा रहेको अध्यक्ष चित्राकार बताउँछन् । 

    धेरै इँटा बन्नेमध्ये तीन महीना उद्योग बन्द नै भयो। उद्योगीसँग कामदारलाई भुक्तानी रकम पनि भएन । कोरोना महामारीपछि देशभर इँटाको माग घटेको भए पनि मध्यपश्चिम र सुदूरपश्चिम क्षेत्रमा भने लकडाउन खुलेपछि केही मात्रामा इँटाको माग बढेको उनले बताए।

    ittaa.JPG

    कोरोनाको महामारी अन्त्य भएर पूर्वाधार तथा विकासका गतिविधि समान्य अवस्थामा गए उद्योगहरूसँग स्टक रहेको इँटाले माग पूरा गर्न नसक्ने उद्योगीहरू बताउँछन् । 

    नेपाल इँटा उद्योग व्यवसायी सङ्घका सचिव – अरुण प्रधान

    कोभिड–१९ का कारण मजदुर अभाव हुँदा मुलुकमा ८० प्रतिशत इँटा उद्योग बन्द हुने अवस्थामा छन् । कोभिड–१९ का कारण भारतको पश्चिम बङ्गालका मजदुरहरु आउन छाडेकाले उत्पादनमा समस्या भएको छ । देशका मजदुरलाई उद्योगका लागि प्रोत्साहन गरे पनि वैदेशिक रोजगारीमा जान रुचाउने र दक्ष, अनुभवी एवं सीपयुक्त मजदुर नहुने कारणले भारतको पश्चिम बङ्गालको मजदुरको भर पर्नुपरेको छ ।
     
    उद्योगी व्यवसायीसँग नेपाल राष्ट्र बैंकले पाँच प्रतिशत ब्याज मात्र लिने भनी गरेको घोषणा व्यवहारमा कार्यान्वयन नहुँदा उद्योगी मारमा परेको हो । काँकडभिट्टा, भैरहवा र जोगरबनी नाकाबाट कोइला ल्याउँदा ढुवानीमा बढी खर्च परिरहेकाले जिल्लाकै नाकाबाट कोइला ल्याउन पाइने व्यवस्था गर्नुपर्छ । 

     

    साताको लोकप्रीय