राशीफल : आज धनप्राप्ति, लगानी, सफलता र स्वास्थ्यका लागि तपाईको दिन कत्तिको लाभदायी होला ? 

राशीफल : आज धनप्राप्ति, लगानी, सफलता र स्वास्थ्यका लागि तपाईको दिन कत्तिको लाभदायी होला ? 

अर्थ डबली
आइतवार, कार्तिक ३० २०७७
अर्थ डबली
आइतवार, कार्तिक ३० २०७७ (अर्काइभ बाट)
  • राशीफल : आज धनप्राप्ति, लगानी, सफलता र स्वास्थ्यका लागि तपाईको दिन कत्तिको लाभदायी होला ? 

    वि.सं.२०७७ साल, कार्तिक महिना, ३० गते, आइतवार, कार्तिक कृष्ण (कौलागा)  अमावस्या, विशाखा नक्षत्र, तुला राशिको चन्द्रमा, शोभन योग, नाग र किंस्तुघ्न करण, प्रमादी संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु, आज : स्नानदानादिका लागि औंसी, हलो बार्ने दिन, गाई पूजा, गोरु पूजा, गोबलि पूजा, हलि तिहार, भोलि : मार्ग संक्रान्ति, म्ह पूजा, चन्द्रोदय, गोवर्द्धन पूजा, यमद्वितीया, भाइटीका, भैया दूज, ने.सं. ११४१ प्रारम्भ ।

    images
    images

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    गरेका काममा ढिलै भए पनि उपलब्धिमूलक सफलता मिल्नेछ । तर कार्यक्षेत्र र व्यापार व्यवसायबाट धैर्य, संयम र अनुशासित भई अघि बढेमा मात्र उपलब्धि हासिल गर्न सकिनेछ । महत्वपूर्ण काम अपरान्हअघि नै सक्नु राम्रो हुनेछ । व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर प्राप्त हुनेछ। काममा परिवारजनको साथले उत्साहित भइनेछ। मध्याह्नपछि भने सानातिना समस्यामै अल्झनुपर्ने देखिन्छ। स्वास्थ्य कमजोर रहनाले चिताएको काम सम्पादन गर्न नसकिएला। ठिक ठाउँमा सही निर्णय लिन नसक्दा समस्या हुनसक्छ । 

    वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    बिहानीपख तर्क, बहस र झैझगडाको परिस्थिति देखिन्छ । प्रशासनिक कार्य क्षेत्रमा कार्यरत व्यक्तिले मान सम्मान पाउनेछन् । स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। मिहिनेतले प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। हिम्मत गर्दा जटिल काम समेत सजिलै सम्पादन हुन सक्छ। दिउँसोदेखि कामको चापबाट फुर्सद पाइनेछ। आजको लगानी र विनियोजनले उत्तरोत्तर फाइदा हुनेछ । घरायासी सुख सुविधा बढाउने वा कुनै महङ्गो वस्तुको किनमेल हुने योग छ । 

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    आत्मबल बढ्ने समय छ । ज्ञान र चिन्तन उपयोगी बन्न सक्छ । बौद्धिक र चिन्तनमूलक क्रियाकलापमा दिन बित्नेछ । सहयोगीहरूले साथ दिनेछन् र व्यवसायमा सामान्य फाइदा पनि हुनेछ। घरपरिवारबाट सहयोग मिल्नेछ । व्यापार व्यवसाय र कार्यक्षेत्रमा मध्यम फल मिल्नेछ । अपरान्हपछि मनमा रिसरगा, क्रोध र घमण्डले डेरा जमाउनेछ । सोचेको लाभ भने नहुन सक्छ। विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। केही फजुल खर्च पनि बढ्न सक्छ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    बिहानीपख मनमा नैराश्य र वैराग्यका भाव सञ्चार हुनेछ । गरेको प्रयासबाट समग्रमा सार्थक फल प्राप्त हुनेछ । विहानै आलस्य र थकान महसुस भए पनि अनन्त आनन्द र उल्लासको वातावरण रहेको छ । आम्दानीको नयाँ स्रोत फेला पर्नेछ । डुबेको धन उकास्न विशेष प्रयास गरिनेछ । समस्या दर्साउँदा प्रतिष्ठित व्यक्तिहरूको सहयोग जुट्न सक्छ। 

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    पराक्रम र प्रसिद्धी कमाउने समय आएको छ । स्रोत(साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन ल्याउन सकिनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ। भूमि तथा पशुधनबाट लाभ उठाउन सकिनेछ।

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    हाँकेका, ताकेका कुरामा सफलता मिल्ने राम्रो समय छ । विगतको श्रमबाट प्रशस्त लाभ मिल्नेछ । रोकिएको काम सम्पादन हुनेछन् । प्रविधिको प्रयोग गरेर वा मुखकै माध्यम कुनै महत्वपूर्ण काम सम्पादन हुनेछ । कार्यक्षेत्र र व्यापार व्यवसायबाट थोरबहुत लाभ मिल्नेछ । आम्दानीको विकल्पका बारेमा चिन्तन गरिनेछ । केही सम्भावना र थप स्रोतहरु देखा पर्न पनि सक्छन् । प्रतिस्पर्धीलाई पछि पार्दै फाइदा उठाउन सकिनेछ। व्यवसायमा सामान्य धन लाभ नै हुनेछ। सहयोगीहरूको भावना बुझ्ने प्रयत्न गर्नुहोला, दिन रमाइलो रहनेछ।

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउनेछ। हिम्मतले काम बनाउन सकिनेछ। ईर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ। सानो प्रयत्नले फाइदा दिलाउनेछ। पछिसम्म लाभ हुने काम प्रारम्भ गर्न सकिनेछ। तर, दिउँसोदेखि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। बेसुरमा दिइएको वचनले पनि अप्ठ्यारो पार्न सक्छ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    आत्मबलमा बृद्धि हुनेछ । आँटेको काम सम्पादन हुनेछ । तर्कशक्ति र निर्णय क्षमता सक्रिय भएको समय हो । अर्थलाभको अवसर प्राप्त हुनेछ । दिन ढल्दै जाँदा मनमा हौसला जाग्नेछ । असन्तुष्टिहरु समाप्त हुनेछ । कार्यक्षेत्र र व्यापार व्यवसायमा देखिएको समस्या समाधान हुनेछ । अधुरा कामहरु पूर्ण हुनेछ ।  बेलैमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला। समय दिन नसक्दा काम बिग्रन सक्छ। 

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    मिहिनेत गर्दा आयस्रोत फेला पर्नेछन्। नयाँ तथा नियमित काम सम्पादन गर्न सकिनेछ। व्यापार बढ्नेछ भने आम्दानी पनि मनग्ये हुनेछ। तर मध्याह्नपछि खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। ईर्ष्या गर्नेहरूले फसाउन सक्छन्। सोखले फजुल खर्च पनि बढाउनेछ। आलस्य गर्दा आँटेको काम बीचैमा रोकिन सक्छ। आवश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने हुन सक्छ।

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    मातापिता र अभिभावकवर्गको साथ सहयोग र आशिर्वाद ग्रहण गरेमा चिन्ता र कष्ट दुर हुने उपाय प्राप्त हुनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। मध्याह्नपछि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिलेका कामबाट पनि प्रशस्त लाभ हुनेछ। उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    पारमार्थिक र जनकल्याणका काममा खट्नुपर्ने समय छ । बौद्धिक क्षेत्र र सिर्जनात्मक तथा रचनात्मक काममा सफलता मिल्नेछ ।  सामान्यतया आर्थिक पाटो पनि सबल रहेको देखिन्छ । कार्यक्षेत्र र व्यापार व्यवसायमा देखिएो मन्दी निवारण गर्न खट्ने समय आएको छ । योजना बनाएर काम गरे आँटे ताकेको काममा लाभमूलक परिणाम हात पर्नेछ । तर कार्यक्षेत्र र कामधन्दामा अलि बढी खट्नुपर्ला । 

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    कडा मिहिनेत र लगनशीलतापछि सुखद् परिणाम प्राप्त हुने समय छ । बिहानीपख भने स्वास्थ्यप्रति सचेत हुनुपर्ने समय छ ।  शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ।बाटो काट्दा, सवारी साधन चलाउदा र हातहतियारको प्रयोग गर्दा सावधानी अपनाउनुहोला । प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ने हुनसक्छ। घरबाहिर हुनुहुन्छ भने आफ्नो सामानको सुरक्षामा ध्यान दिनुहोला । काम गर्दा अनुभवीको सल्लाहले गरेमा अलाभ हुनेछ ।  समस्या दर्साउँदा सहयोगीहरूले भने साथ दिनेछन्। मध्याह्नपछि सामाजिक उत्तरदायित्व प्राप्त हुन सक्छ। 

    साताको लोकप्रीय