नेपालमा पश्चिमी वायुको प्रभाव : यस्तो छ आगामी तीन दिनको मौसम 

नेपालमा पश्चिमी वायुको प्रभाव : यस्तो छ आगामी तीन दिनको मौसम 

अर्थ डबली
आइतवार, कार्तिक ३० २०७७
अर्थ डबली
आइतवार, कार्तिक ३० २०७७ (अर्काइभ बाट)
  • नेपालमा पश्चिमी वायुको प्रभाव : यस्तो छ आगामी तीन दिनको मौसम 


    काठमाडौँ / जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभाव रहेको देखिन्छ।

    images
    images

    देशको कर्णाली र सुदूरपश्चिम प्रदेशका भुभागमा आंशिक देखि सामान्य बदली तथा बाँकि भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

    आगामी तीन दिनको मौसम पूर्वानुमान

    कार्तिक ३० गते (आइतबार)

    दिउँसो : कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली तथा बाँकि प्रदेशका पहाडी भुभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

    राती : सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली तथा बाँकि प्रदेशका पहाडी भुभागमा आंशिक बदली रहनेछ ।

    सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केहि स्थानमा मेघ गर्जन र चट्टयाङ सहित हल्का देखि मध्यम बर्षाको सम्भावना छ ।

    साथै, सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

    मंसिर ०१ गते (सोमबार)

    दिउँसो : देशभर आंशिक  देखि सामान्य बदली रहनेछ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका केहि स्थानमा मेघ गर्जन र चट्टयाङ सहित हल्का बर्षाको सम्भावना छ ।

    साथै, सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

    राती : देशभर आंशिक देखि सामान्य बदली रहि गण्डकी, बागमती र प्रदेश १ का थोरै स्थानमा हल्का बर्षाको सम्भावना छ । साथै, देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    मंसिर ०२ गते (मंगलबार)

    दिउँसो : देशको पहाडी भूभागमा आंशिक बदली तथा भुभागमा मौसम सामान्यतया सफा रहनेछ ।

    राती : देशको पहाडी भूभागमा आंशिक बदली तथा भुभागमा मौसम सामान्यतया सफा रहनेछ ।

     आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 
    सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केहि स्थानमा मेघ गर्जन र चट्टयाङ सहित हल्का देखि मध्यम बर्षाको सम्भावना छ र सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउन हुन अनुरोध छ ।

    साताको लोकप्रीय