४ करोड बराबरको प्रशोधित कपास ६ बर्षदेखि थन्कियो गोदाममै  

४ करोड बराबरको प्रशोधित कपास ६ बर्षदेखि थन्कियो गोदाममै  

अर्थ डबली
मंगलवार, मंसिर २ २०७७
अर्थ डबली
मंगलवार, मंसिर २ २०७७ (अर्काइभ बाट)
  • ४ करोड बराबरको प्रशोधित कपास ६ बर्षदेखि थन्कियो गोदाममै  

    बाँके / जिल्लाको खजुरा कपास विकास समितिमा २०३ मेट्रिक टन प्रशोधित कपास ६ वर्षदेखि बिक्री नहुँदा गोदाममा थन्किएको छ । 

    images
    images

    समितिले कृषकबाट खरिद गरी प्रशोधन गरेर बिक्रीका लागि तयारी अवस्थामा राखेको करिब रु चार करोड मूल्य बराबरको कपास बिक्री नभएपछि गोदाममै थन्किएको हो ।

    पहिले हेटौंडा कपडा उद्योग र बुटवल धागो कारखानाले कपास खरिद गर्दै आएकामा ती दुवै उद्योग बन्द भएपछि उत्पादित कपास खेर जाने अवस्था रहेको समितिका निमित्त प्रमुख विजयकुमार जोशीले बताए । 

    सरकारी उदासीनताका कारण पश्चिम तराईका कृषकलाई कपास खेतीमा आत्मनिर्भर बनाई मुलुकमा आवश्यक पर्ने कपासको परिपूर्ति गर्ने उद्देश्यले स्थापना भएको सो समिति अहिले धरासायी बनेको उनको भनाइ छ । 


    लसुन-प्याज खेतीमा अनुदान 
    बाँके जिल्लामा ३९ हेक्टर क्षेत्रफलमा लसुन–प्याज खेती गर्ने लक्ष्य रहेको छ । 

    कृषि ज्ञान केन्द्रले यस आर्थिक वर्षमा लसुन प्याजमा कृषकलाई आत्मनिर्भर बनाउने लक्ष्य रहेको बताएको छ ।  

    ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले लसुन र प्याज खेतीका लागि प्रतिहेक्टर एक लाख रुपैयाँका दरले रु ३९ लाख अनुदान दिइने बताए । 

    अहिले लसुन र प्याजको अभाव भएकाले यसमा प्राथमिकता दिएको उनको भनाइ छ । यो वर्ष लसुन–प्याजको व्यावसायिक खेती गर्न १४ वटा फर्म र सहकारीले अनुदानका लागि दरखास्त दिएका छन् । 
     

    साताको लोकप्रीय