सुनको भाउ घट्दा चाँदीको बढ्यो, कति छ आज तोलामा ?

सुनको भाउ घट्दा चाँदीको बढ्यो, कति छ आज तोलामा ?

अर्थ डबली
बुधवार, मंसिर ३ २०७७
अर्थ डबली
बुधवार, मंसिर ३ २०७७ (अर्काइभ बाट)
  • सुनको भाउ घट्दा चाँदीको बढ्यो, कति छ आज तोलामा ?

    काठमाडौँ / नेपाल सुनचाँदी व्यवसायी महासंघले आज मंसिर ३ गते बुधबारको सुनचाँदीको भाउ सार्वजनिक गरेको छ । 
    महासंघका अनुसार बुधबार बजार खुलेपछि सार्वजनिक गरिएको मूल्यअनुसार आज छापावाल सुन प्रतितोला ९५ हजार १०० रुपैयाँ तोकिएको छ ।

    images
    images

    यसअघि कार्तिक २८ गते प्रतितोला ९५ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनमा आज भने सामान्य गिरावट आएको हो । 

    त्यस्तै, आज तेजावी सुनलाई तोलामा ९४ हजार ६०० रुपैयाँमा कारोबार हुनेछ । 

    यता, चाँदीको भाउ भने बढेको छ । यसअघि तोलामा एक हजार २२० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा एक हजार २३० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ । 

    साताको लोकप्रीय