करिब २६०० वर्ष अघि त्यहि माटोमा जन्मेको बुद्धको मुर्ति संसारकै अर्को कुनो फिनल्याण्डको मान्छेको घर अगाडी मुर्ति बनाएर राखेको देख्दा मेरो छाति... फुल्छ ।
तर, तिनैका सन्तान हामी आफ्नो बुद्दि, विबेक र चिन्तन प्रयोग गरि उपयुक्त आर्थिक मोडेल ल्याउन नसक्दा बुद्दको सन्तान हुँ भन्न नि लाज लाग्छ।
संसार भर कहीँपनि गतिलो आर्थिक नीति छैन । अलिकति राम्रो मात्रै हो, तिनै अलि कति राम्रो गरेकाहरुको नीति अलि अलि सारेर आर्थिक नीति बनाउँदा यता हाम्रो देश कङ्गाल हुँदैछ ।
सबै नेपालका आर्थिक नीति बनाउने भनाउँदा विज्ञ र गफ दिने नेतालाई एक मात्र सुझाव दिन चाहन्छु, नीति बनाउँदा अर्थशास्त्रलाई बुझ्ने र मनन गर्ने अनि बुद्धले जस्तो गहिरो चिन्तन गरे संसारकै उत्कृष्ट आर्थिक नीति बन्ने थियो ।
संसारमा कुनै पनि देशको आर्थिक नीति राम्रो होइन, त्यहाँ त केबल जबर्जस्ति ठूला–ठूला भवन बनेको देखेर बिकास भएको जस्तो मात्रै भ्रम परेको हो । म भन्छु बास्तबिक बिकास संसारमा कतैपनि छैन।
बिकास भनेको आम जनताले हरेक सुबिधा उच्च स्तरको प्रयोग गर्न पाउनु हो । त्यो पनि कम भन्दा कम समय काम गरेर।
यो आधारमा हेर्दा संसारमा कुनै पनि देशमा बिकास होईन आम मानिसको बिनास भएको छ । हामी बुद्धका सन्तान हौै, अरुको सार्ने होईन आफैं चिन्तन, मनन गरेर उत्कृष्ट नीति नियम बनाईयो भने देश केवल १० वर्षमा संसारकै उत्कृष्ट नमुना बन्न सक्छ । संसारले फेरि नेपालको आर्थिक नीति पढ्न सुरु गर्ने छन् जसरी बुद्ध दर्शन पढेका छन्।
बिज्ञानले धेरै कुरा पत्ता लगाइसक्यो त्यसैलाई प्रयोग गरेर संसारकै राम्रो देश बनाउन सकिन्छ । त्यसको लागि नेताले कोदालो बोकेर खेतमा गएर फोटो खिचेर फेसवुकमा पोस्ट गरेर बन्दैन उपयुक्त आर्थिक नीति बन्ने वित्तिकै सारा जनताले सरासर काम गर्दा देश आफैं बन्ने हो। आर्थिक नीति नै मूल मन्त्र मानेर बिकासको एक मात्र उपाया अपनाउनु जरुरी छ । विकास भएन भन्नु भन्दा नीतिमै सुधार गरेर अवलम्बन गर्नु जरुरी छ ।
कुनैपनि देशको बिकास जमिन र श्रमको उपयुक्त प्रयोगले अघि बढ्छ । आवश्यक हरेक कुरा जमिनमा पाइन्छन् जस्तै माटो, पानी, फलाम, ढुंगा, काठ, स्टिल त्यस्तै, खाने कुरा, जडिबुटी आदि जति पनि हामीलाई चाहिने सामानहरु छन्, ति बनाउनको लागि आवश्यक कच्चा पदार्थ जमिनमै पाइन्छ ।
जसलाई श्रम प्रयोग गरी प्रयोग योग्य सामान बनाउन सक्नु नै बिकास हो।
जसरी एउटा व्यक्तिले सबै सामान बनाउन सक्दैन त्यस्तै, उसले जे बनाउन सक्छ त्यो धेरै बनाउने र उक्त सामान अरुलाई दिएर अरुबाट आफूलाई चाहिएको सामान ल्याउनु नै अर्थको समान्य नियम हो । त्यो व्यक्तिको बिकास हुनु हो।
ठ्याक्कै त्यही किसिमले एउटा देशले पनि आफुसंग जे साधन र स्रोत छ तिनीहरुको प्रयोग गरेर आफूलाई चाहिने भन्दा बढी उत्पादन गरेर अन्य देशमा निर्यात गर्नु पर्दछ । आवश्यक सामान फेरि अन्य क्षेत्रबाट ल्याउनु पर्छ यो नै मूल मन्त्र हो ।
इकोनोमीमा यो अध्ययनको विषय मात्र नभई नीति नियम बनाउनेले बुद्धले जस्तो चिन्तन मनन गर्दा के सहि के गत आर्थिक नियमको जालोमा छौं थाहा लाग्छ ।
यी माथिका सारलाई एउटा उदाहरणबाट अझै बुझ्न सकिन्छ । नेपाल र बङ्गलादेशमा १र १ जना मान्छे रहेछन दुबैका छोराहरु कतारमा काम गर्दा रहेछन । दुबैले आफ्ना बालाई ५० हजार रुपियाँ पठाए मानौं नेपाल र बङ्गलादेशको पैसाको मूल्य एउटै छ र श्रमको मूल्य पनि एउटै छ। दुवै देशमा पलङ्ग बनाउनको लागि आबश्यक काठ निशुल्कमा उपलब्ध छन् र दुबैका बाले पलङ्ग बनाउन जानेका पनि छन् र बेरोजगार पनि छन् ।
अनि १ दिन श्रम गरेको रु १ हजार ज्याला पाउँछन। त्यो पलङ्ग बनाउन दुबैलाई ५० दिन लाग्ने रहेछ तर, त्यो जस्तै पलङग भारतमा रु ४५ हजारमा पाइने रहेछ। अब नेपालीले के सोच्यो भने यो पलङ्ग गराउन ५० दिन लाग्छ, ५० दिनको ज्यालाको त रु ५०००० पर्छ त्यो भन्दा त सस्तोमा भारतबाट रु ४५ हजारमा ल्याउँछु बाँकी ५ हजारको बचत गर्छु वा अन्य सामान किन्छु । अब उसंग एउटा पलङ् पनि आयो ५ हजार बचत पनि भो वा त्यस बराबरको अन्य सामान पनि किन्न पाइने भो ।
उता बङ्गलादेशको मान्छेले भारतबाट किन पलङग किन्नु म आफैं बनाउँछु भन्यो र बनायो अनि बाँकी रहेको रु ५० हजारको भारतबाट विभिन्न सामान किन्यो । अब बुद्दका सन्तानसंग पलङ्ग र थोरै सामान छन् । त्यहिँ बुद्धका छिमेकीका सन्तानसङ्ग पलङग र धेरै सामान छन् केहि दिनमा हामी बुद्धका सन्तान सामान सकिएर खान पाईन, मलाई बचाऊ भन्दै वल्र्ड बैंक तथा अन्य दातृ निकायसँग गुलामी गर्नु पर्ने देखिन्छ । यस्तो छ हाम्रो स्थिति । मति । नीति
यस्तो अबस्थामा नेपालको त्यो मान्छेले पलङ्ग नबनाई अन्य काम गरेर ज्याला पाएको भए घाटा लाग्ने थिएन तर, अरु काम पनि छैन, यसर्थ अरु देशबाट सस्तो पर्ने भन्दै खरिद गर्दा अन्तकालमा असर आफैंलाई पर्छ यो त राजाको समयमा पनि थिएन । आवश्यक उधोग धन्दा चलेका थिए । आयात निर्यात उत्पादनको अनुपात राम्रो थियो । ९यो भन्दैमा फेरि राजतन्त्र चाहियो भन्ने वकालत मेरो होईन सबैले नराम्रो व्यबस्था भनेर फालेर राम्रो व्यबस्थामा पनि यस्ता हर्कत देख्न पाईन्थेन।
नेपालले करिब बार्षिक १२ खर्बको आयात गर्छ, त्यस मध्ये ४ खर्ब जति हाम्रो देशमा उत्पादन गराउन नसकिने सामान छन् ती ल्याउनै पर्छ । तर, करिब ८ खर्बको सामान स्वदेशमै उत्पादन गर्न सकिने छन् । जब हामीले ४ खर्बको सामान खरीद र ८ खर्बको समान देशभित्र नै उत्पादन गर्न सके हामीसंग १२ खर्बको सामान हुने छ र त्यो बचत भएको ८ खर्ब संसारकै अत्याधुनिक टेक्नोलोजी ल्याएर अझै उत्पादन गर्न सकिन्थ्यो । त्यो स्वास्थ्य क्षेत्र अस्पातलमा प्रयोग गरी विरामी हुँदा विदेशिने पैसा बचत हुने थियो ।
देश र जनता धनी हुने भनेको जसले बडी प्रविधि उत्पादनका सामान प्रयोग गरी जीवन सहज बनाउँछ त्यो देश र जनता नै धनी हुने हुन्। पैसा थुपारेर धनी हुने होईन, सामान र सुबिधा बढाएर धनी हुने हो भनेर आदम स्मिथले आफ्नो अर्थशास्त्रमा भनेका छन् । आजको भनिएको बिकास उनैको किताबको देन हो तर, फेरि मान्छेले उनको किताब र भनाईलाई बिर्सिदै गएर दुःख पाउँदै छन् ।
एक दैनिकमा एउटा समाचार देखेँ नेपालमा जंगलबाट काठ निकाल्न रोक लगाइएकोले महङ्गोमा आयात गर्नु पर्यो । आलेखको माथिको उदहारणमा प्रस्ट हुन्छकी देश र जनता धनी बनाउन आफुसंग जे छ त्यो बनाउने हो । बनाउन नसकिने समान मात्रै बिदेशबाट ल्याउने हो ।
फिन्ल्याण्डबाट सिक्ने की
अब त्यो भारतबाट आयात गर्ने काठ आयात नगरी नेपालमै काठ निकालेको भए त, त्यो काठ आयात गर्ने पैसाले अन्य विषय क्षेत्रमा जो नेपालले बनाउन सक्दैन त्यो किन्न सकिन्थ्यो । त्यसो त काठ पनि हुने अन्य सामान पनि । यसरी सोच्ने हो भने, १० वर्षमा देश कहाँ पुग्ला रु फिनल्याण्डले बर्सेनी अवौंको काठ काटेर निर्यात गर्छ र काटेको ठाउँमा तुरुन्तै नयाँ बिरुवा लगाउँछ, यसरी यिनीहरुले काठ बेचेर बिदेशी पैसा आर्जन गर्छन् । तर हामी नारा ‘नेपालको बन हाम्रो धन’ भन्ने नारालाई उल्टो बनाएर नेपालको बन भारतको धन भनाइरहेका छौं कि कतै रु
देश बिकासको मूल मन्त्र काम
देश बिकासको मूल मन्त्र काम हो । काम सरासर गर्नलाई, हे जनता काम गर भनेर हुँदैन । नीति आवश्यक हुन्छ । काम अनुसारको सुबिधा र काम पाउने अबस्थाको आकर्षणले अर्थ राख्छ । हरेक नेपालीको सुबिधा सम्पन्न घर, खाने कुरा, लगाउने लुगा, अन्य सुविधा भोग बस्तु उपचार गर्ने अस्पताल, पढ्ने स्कुल र कलेज, राम्रा र फराकिला बाटा, सहज विजुली आपूर्ति हुनु नै बिकासको होइन र रु यी चिज गराउन नेपालमा जे जे पाइन्छ त्यो त्यो बनाउन सक्नुपर्छ । नपाइने कुरा मात्र अरु देशबाट किनेर ल्याउनुपर्र्छ ।
हरेक बिकसशित देशको डाटा हेर्नु भयो भने आयात र निर्यात करिब करिब उस्तै हुन्छन् ।
तर, हरेक गरिब देशको डाटा हेर्दा आयात भन्दा निर्यात निकै कम हुन्छ । त्यसैले देश गरिब हुन्छ, जब देश गरिब हुन्छ मान्छे बिदेश जान्छन अनि रेमिट्यान्सले बस्तु आयात गरेर खान्छन् ।
अब त्यो बिदेशबाट आएको पैसालाई उत्पादनमा लगाएर निर्यात पनि आयात जति गराउन सकियो त्यति विकास हुनेछ तर, यहाँ त्यस्तो पाईदैन ।
अब अर्को जटिल समस्या हामी बुद्दका सन्तानको देशमा, देश बिकासको लागि हुनु पर्ने अनिबार्य कुरा बैंकको ऋणको सहजता र सस्तो ब्याजदर हो।
करिब ५०० बर्षअघि बैंकको चलन त थियो तर, ब्याज सारै महँगो अनि लामो समयको लागि धेरै ऋण दिन मान्दैनथे किनकि डुब्छ कि लामो समयसम्म दिँदा नतिर्ने पो हो कि भन्ने डरले ब्याज महँगो र लगानी अबधि पनि सारै छोटो हुन्थ्यो ।
जसले गर्दा बिकास अबरुद्ध भएर बसेको थियो। जब मान्छेले यो पैसा भनेको कागजको टुक्रा हो तर, जति यसलाई परिचालन गर्न सकियो त्यति नै बडी उत्पादन हुने सामान बन्ने रहेछ भन्ने मेसो पाएपछि अहिलेका बिकसित भनिने देशहरुले ऋणलाई अति सहज बनाउन तिर लागे ।
अहिले त सामान्य प्रकृयामै मोबाईलबाट ऋण लिन सकिन्छ । ब्याज पनि क्षेत्रगत आधारमा जस्तै एउटा घर सबैलाई चाहियो भनेपछि बस्ने घरको लागि १५ मा ब्याज दिन थाले । अब फिनल्याण्डकै कुरा गर्दा बस्ने घरको ऋण १ प्रतिशत छ रु ३० लाख निकालेर १५ बर्षमा तिर्ने गरि ऋण लिइयो भने मासिक रु १७ हजार ९ सय ५४ पर्दछ । त्यति नै पैसा नेपाली बैंकबाट निकाल्दा मासिक ३६ हजार ९ सय ७५ पर्छ ।
अव यहाँ अट्किएको छ बिबाद बादमा छ अनि कहाँबाट होस् देशको बिकास। नेपाल सरकारले तत्कालै घर बनाउने अभियानमा चलाएर रु ३०लाखसम्मको घर बनाउनेलाई १प्रतिशतमा ऋण उपलब्ध गराए सहजै मासिक किस्ता तिर्न सक्छन् ।
यो लेवलको किस्ता समान्य रोजगार, शिक्षक कर्मचारी सबैलाई सहज पनि हुन्छ । लाखौंले रोजगार पनि पाउँछन् । जब रोजगार हुन्छन् । बजारबाट धेरै सामान उनीहरु किन्न सक्षम हुन्छन् । बजारबाट धेरै समान खरिद विक्री हुँदा थप उत्पादन बढाउनु पर्छ, त्यहि अबस्थामा स्वभाबिक रुपले राजश् बढ्छ । पुनः बैंकको लगानी बढ्छ जसले बैंककै नाफा बढ्ने हो ।
बैंकको ब्याज सस्तो पार्ने कुरा केन्द्रीय बैंकमा हुने बिदेशी मुद्राको माग र पूर्तिमा भर पर्छ। जब हामीले च्झष्ततबलअभ बाट आएको पैसाले आयात गरेर खाइयो भने केन्द्रिय बैंकले ब्याज सस्तो गराउने मौद्रिक नीति ल्याउन सक्दैन ।
किनकी बाणिज्य बैंकले ऋण दिए आर्थिक गतिबिधि बढ्छ त्यो बढेसंगै आयात बढ्यो भने केन्द्रीय बैंकको बिदेशी मुद्रा घट्छ जब केन्द्रीय बैंकमा बिदेशी मुद्राको माग बढ्छ तब बाध्य भएर त्यसलाई रोक्न ब्याज महँगो पार्ने मौद्रिक नीति आउँछ ।
बिकास नै अबरुद्ध हुन्छ ।
नेपालमा जे जे पाइन्छ त्यो त्यो आफ्नै प्रयोग गरेर उत्पादन गर्ने र आयातलाई निरुत्साहित गर्नुपर्छ । जुन सामान नेपाललाई आबश्यक छ । त्यो सामानमा आयात कर कम गर्दै नेपालमा पाइने सामानहरु जस्तै सामानको आयातलाई कानुनले मिलेसम्म रिरुत्सान गरे रेमिट्यान्सबाट आएको बिदेशी पैसा केन्द्रीय बैंकमा बढ्दै जान्छ र नेपाली पैसा बाणिज्य बैंकहरुमा बढ्छ । अनि केन्द्रय बैंकले ब्याज सस्तो गर्ने मौद्रिक नीति बनाउन सक्छ । कृषिमा १ प्रतिशतमा ऋण लगानी गर्नु भनेर कडा आदेश दिन पनि सक्छ।
त्यस्तै, जनताले आफ्नो सुबिधा बढाउँदा अलिकति सुबिधा सरकारलाई दिनु नै कर हो। हरेक व्यक्ति आफ्नो आफ्नो सुबिधा बढाउन लागेको हुन्छ तर, सबैलाई चाहिने सुबिधा पनि बनाउनु पर्छ त्यसको लागि सबैले धेरै सुबिधा लिएकोले धेरै सुबिधा सरकारलाई दिने र थोरै सुबिधा लिएकाले थोरै नै सुबिधा दिने ब्यबस्था नै कर हो। त्यसरी सबैबाट लिएको सुविधालाई प्रयोग गरेर सबैलाई नै प्रयोग गर्न मिल्ने सुबिधा बृद्धि गर्ने काम सरकारले गरेको हुन्छ।
जस्तै बाटो, पुल, स्कुल, कलेज, अस्पताल यी कुराहरु व्यक्तिले एक्ला एक्लै गराउन त सक्दैन त्यसैले सबैबाट अलि अलि लिएर सबैलाई चाहिने कुरा बनाउने ब्यबस्था नै कर प्रणाल हो। अब कर जहाँ पायो त्यहिँ जति मन लाग्यो त्यति लिदा झन् अबस्था उल्टो हुन पुग्छ। कर ठोकी हाल्नु पर्छ भन्ने मानसिकताबाट झिकेर बुद्ध चिन्तन मनन गरी उपयुक्त करको व्यवस्था गर्नुपर्छ ।
फेरि कर भनेको सबैबाट उठाएर सबैलाई काम लाग्ने कुरा बनाउँदै जाने हो । यसको अर्को उद्धेश्य समाजमा रहेको असमानतालाई सकेसम्म न्यूनीकरण गर्नु पनि हो। त्यसैको आधारमा बढी कमाउनेलाई बढि र कम कमाउनेलाई कम कर लगाउने प्रचलन संसारभर छ।
अब हाम्रोमा हेर्नोस भारतबाट तेल किनेर ल्याइन्छ त्यो तेल त सबै नेपालीले प्रयोग गर्छन, त्यो तेलको करको भार त गरिबले पनि बोक्नु पर्यो यस्तो गरिबले पनि बोक्नु पर्ने कुरामा कर लगाउनु राम्रो होईन ।
तेलमा कर लगाउँदा त हरेक सामानको मूल्य बृद्धि हुन्छ । जब मूल्य बृद्धि हुन्छ तब हाम्रो उत्पादनले भारतीय बस्तुसंग प्रतिस्पर्धा गर्न सक्दैन । उधोग बन्द हुन पुग्छन । तेलमा कर छुट भए उत्पादनको मूल्य कम भई बजारमा सहज विक्री हुन्छ । थप उत्पादन बृद्धि भई थप रोजगार बृद्धि हुन्छ ।
यसको तत्कालको उदहरण अमेरिकामा डोनाल्ड ट्रम्प आउँदा सबै कर घटाइदिए उत्ति नै बेला सबैले धेरै खरिद गर्न सके जसले गर्दा उत्पादन र रोजगार बृद्धि भई अमेरिकाको इतिहासमै राम्रो अर्थतन्त्र चलायमान बन्यो मानिन्छ।
अनि अर्को कुरा तेल भारतबाट नै किनेर त्यसैमा कर लगाएपछि त हाम्रा उत्पादनहरु यसै पनि महँगो हुन्छन् । अब भारतीय उत्पादनका सामानसङग जहिले सुकै पेलिने अबस्था रह्यो।
त्यसैले नेपालको आर्थिक नीतिमा जता हेर्यो त्यतै भद्रगोल हुनाको कारण नै देश बिकास नहुनुको मूल कारण हो । म काठमाडौँमा बस्दा विभिन्न सस्थाहरु एकाउन्ट मिलाउने काममा हिँडेको थिँए । गएर हेर्यो जहाँ गए पनि त्यो डेबिट र क्रेडिट को नियम नजानेर डिग्री पास गरेकाले नै हिसाव भद्रगोल पारेको देखिन्थ्यो ।अहिले आएर देशको अर्थतन्त्र पनि ठ्याक्कै त्यस्तै देखिन्छ । जताततै भद्रगोल पारेका छन् ।
सबै नेपालीलाई राजनीति बुझ्न सक्ने माओबादीले बनायो अब कलम चलाउन जान्नेहरुले अर्थतन्त्रका भित्रिभित्री कुरा बुझाउन सके त्यहि अनुसारको आर्थिक नीति नियम बनाइए, काममा लगाउन सके प्रधानमन्त्री, मन्त्री र सांसद कुकुर, बिरालालाई बनाएपनि देश केही वर्षमै सम्पन्न र उत्कृष्ट बन्न सक्छ ।
-पदम प्रसाद चालिसे