आज तपाईको दिन कति शुभ कति अशुभ ? हेर्नुस् राशीफल

आज तपाईको दिन कति शुभ कति अशुभ ? हेर्नुस् राशीफल

अर्थ डबली
शनिवार, मंसिर ६ २०७७
अर्थ डबली
शनिवार, मंसिर ६ २०७७ (अर्काइभ बाट)
  • आज तपाईको दिन कति शुभ कति अशुभ ? हेर्नुस् राशीफल

    वि.सं. २०७७ साल, मङ्सिर महिना, ०६ गते, शनिवार, कार्तिक शुक्ल (कछलाथ्व) सप्तमी, श्रवण नक्षत्र, मकर राशिको चन्द्रमा, बृद्धि योग, गर र वणिज करण, प्रमादी संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, आज : छठ पर्वअन्तर्गत अन्तिम दिन, बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिई छठपर्वको समापन, द्विपुष्कर योग दिनको ०२.५० बजेदेखि मध्यरात्रीपछि ०१.५७ बजेसम्म, आजको मूहुर्त : रुद्राभिषेक (शिववास जुरेको, रुद्री/पूजा गर्न मिल्ने दिन), अग्निवास (सामान्य यज्ञ र हवन गर्न मिल्ने दिन), द्रव्यप्रयोग वा लगानी, कलशचक्र, भोलि : अष्टमी व्रत, गोरखकाली पूजा, गोपाष्टमी, मुखाष्टमी, बैतडी शिलंगामा महारुद्र कोटिहोम मेला, भद्रा करण बिहानको राती ०१.५७ मिनेटदेखि दिनको ०२.०५ मिनेटसम्म, धनिष्ठा पञ्चक प्रारम्भ बिहान ०३.०८ बजेदेखि, भोलिको मूहुर्त : दीक्षाग्रहण, कलशचक्र । 

    images
    images

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    कर्मप्रति समर्पित हुने तथा वंश, कुल र पितृपक्षका विषयमा आकर्षण बढ्ने दिन हो । पेसा, व्यवसाय, रोजगारी र दिनचर्याका बारेमा बनाएको योजना र गरेको मेहनतले प्रतिफल दिने समय हो । कार्यक्षेत्रमा हाकिमलाई र घरमा मान्यजनलाई सेवाचाकरी गरी प्रसन्न तुल्याउन सकिन्छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । कार्यक्षेत्रमा खटेअनुसार आम्दानीको बाटो सहज देखिन्छ । नयाँ व्यवसाय तथा रोजगारीको विषयमा घोत्लिने र विचार विमर्श गर्ने समय छ । 

    वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    भाग्य निर्माणको समय छ । सहयोगको आशामा रहेका व्यक्ति, असहाय, वृद्धबृद्धालाई सहयोग गरेमा भाग्य अभिबृद्धि हुनेछ । पुराना साथीभाइसँग आकस्मिक भेट हुने र लाभ हुने समय छ । चुनौती र व्यवधानहरू पार लाग्नेछन्। मिहिनेत गर्दा लक्ष्य प्राप्त गर्न सकिनेछ। सामूहिक नेतृत्व सम्हाल्ने मौका छ । व्यापार व्यवसायमा लाभ मिल्नेछ । नयाँ ज्ञान प्राप्त हुनेछ । घरपरिवारमा खुशीको वातावरण सिर्जना हुनेछ । मान्यजनको आशिर्वाद प्राप्त हुनेछ । ठूलाबडाको सहयोगले महत्वपूर्ण कार्य सम्पन्न हुनेछ । परोपकारी समय रहेको छ । 

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    मानसिक तनाव र चिडचिडेपना बढ्ने समय हो । त्यसैले आज बल प्रदर्शन गर्ने र तुजुक देखाउने काममा प्रतिबन्ध लगाएको राम्रो हुनेछ । कार्यक्षेत्रको हरेक पाटोमा प्रतिकूल एवं विपरित समय छ । त्यसैले बोल्दा, काम गर्दा, हिड्दा, ड्राइभिङ गर्दा सतर्क र सावधान हुनु जरुरी छ । हेरक कामा प्रतिष्ठा प्राप्तिका लागि कडा संघर्ष गर्नुपर्ला । आलोचना गर्नेहरुले अनेक किसिमको षड्यन्त्र रच्नेछन् । आत्मिय मित्र वा नजिककैको साथीले पनि तपाईलाई बुझ्ने छैनन् । 

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    ज्ञानगुको क्षेत्र वा चिन्तनमूलक काममा खास अभिरुचि नरहने दिन हो । भावना र लहडमा समय बित्न सक्छ । स्वास्थ्यस्थिति र आर्थिक पक्ष सबल रहेको छ । व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ। आम्दानी बढाउने काम गर्न सकिनेछ। पारिवारिजक जीवनमा हर्ष र खुशी छाउनेछ ।   प्रतिकूल परिस्थितिका बीच प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। घरायासी काममा समय र धन खर्च हुनेछ तर आम्दानीमा कमि हुनेछैन । 

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    आर्थिक र व्यवसायिक समस्या समाधान हुनेछन् । तर्कविर्तक, चिन्तन आदिको क्षेत्रमा उल्लेखनीय लाभ हुनेछ । आफन्तले तपाईको विचार र तर्कको सहारा लिनेछन् । दैनिक कामकाज सजिलै सम्पन्न हुनेछन् । कल्पना र भावनामा दिन बित्नेछ । शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। साहसी काम गरेर प्रशस्त लाभ उठाउन सकिनेछ। भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। व्यापार व्यवसाय र साझेदारीको कामबाट प्रशस्त लाभ मिल्नेछ । खानपान र मेवामिष्ठान्नको अनुकुलता मिल्नेछ । यद्यपि आज स्वास्थ्यप्रति भनेसचेत हुनुहोला । 

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    सन्ततिको तर्फबाट सुख र सन्तोष लिन सकिने दिन हो । आज खासरी बुद्धिक्षेत्र र चिन्तनमा सक्रियता आउने समय हो । त्यसैले आजको चिन्तन र उपायले केही न केही काम गर्नसक्छ । ज्ञानगुनका क्षेत्रमा सक्रिय भइनेछ । विगतमा गरेको परिश्रमको प्रतिफल प्राप्त हुनेछ । अवसर प्राप्त हुनुका साथै भाग्यले साथ दिनेछ। प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन्। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। रोकिएको काम बन्ने योग छ । आम्दानीका मार्गहरु खुल्ला रहनेछन । प्रतिष्ठित काम सम्पादन गर्ने अवसर आउनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। 

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    सुखसुविधा र आन्तरिक सन्तुष्टिको कमि देखिनाले एकाबिहानै मनमा डर र निराशाको आभास हुनसक्छ । एकोहोरोपन र जिद्दीपन त्याग्दै अघि बढ्ने समय हो । आफूभित्रको कमजोरीलाई सुधार गरी पुराना गल्तीलाई पन्छाएर अघि बढ्ने समय हो । आफन्त र परिवारजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ। अरुलाई विश्वास गर्दा धोका हुन सक्छ। कृषि, पशुपालन तथा घरेलु कामकाजमा बढी खट्नुपर्ला । सानातिना काममा समय बित्नेछ। यद्यपि आज मेहनत गरेमा आँटेको काम ढिलै भएपनि सम्पादन हुनेछ ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    पराक्रम र प्रसिद्धी आर्जन गर्ने राम्रो समय छ । सहयोगीहरूले साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। प्रतिस्पर्धामा विजयी भइनेछ । मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। तारिफयोग्य काम गर्दै मनग्गे धन आर्जन गर्न सकिनेछ। बोलिमा विशेष प्रभाव भएको समय छ । जस्तोसुकै काम पनि सम्पादन हुनेछ । थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन्। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ।

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    नयाँ काममा हात हाल्ने समय हो  । मनमा सलबलाएका विचार र योजनालाई कार्यान्वयन गर्दा राम्रो हुनेछ । आज बोलिको भरमा महत्वपूर्ण काम बन्ने योग छ । बोलिको माध्यमबाट नै धनआर्जन गर्ने र साख बढाउने समय हो । पाढाइलेखाइमा प्रगति हुनेछ । कुनै नयाँ निवेश र लगानीको वातावरणसमेत बन्नेछ । वस्त्र, अलंकार आदि खरिद गर्ने योग रहेको छ । आयस्रोत बढ्नेछन् र उठ्नुपर्ने रकम हातलागी हुनेछ। 

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    साथीभाइ र परिवारका सदस्यहरुले सहयोग गर्नेछन् । सन्तति र भाइबहिनीको तर्फबाट सन्तोष मिल्नेछ । व्यवसायिक क्षेत्र लाभप्रद रहनेछ । भौतिक साधनको जोहो हुनुका साथै मनोरञ्जनात्मक क्रियाकलापमा सक्रिय हुने अवसर जुट्नेछ । तर मनमा कताकता दोधारको स्थिति भने आउन सक्छ । दैनिक र व्यापारिक कामहरु सन्तोषजनक रुपमा सम्पन्न हुनेछन् । खानपिनका परिकार प्राप्त हुने र भ्रमण, रमझम र सामाजिक काममा सहभागी हुनुपर्ला । दानपुण्यका क्षेत्रमा लगानी हुनसक्छ । घरपरिवारबाट साथसहयोग प्राप्त हुनेछ । 

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    मालसामान र धनको सुरक्षामा ध्यान दिनुपर्ने समय हो । किनभने आज सानातिना सरसामान हराउन सक्ने वा चोरी हुनसक्ने सम्भावना बनेको छ । दानपुण्य र परोपकारका क्षेत्रमा मन लाग्नेछ । सार्वजनिक हित र परोपकारको क्षेत्रमा लगानी गर्ने समय हो । रोकिएको आर्थिक कारोबारले गति लिनेछ । दुरदराजको वा वैदेशिक यात्राको लागि आजको समय अनुकूल रहेको छ । घरिघरि मन आशान्त बन्नसक्छ । साामान्य कुरामा अलमलिनु हुँदैन । कुनै पनि कुरामा आत्तिनु हुँदैन । किनभने आज परिश्रमको प्रतिफल ढिलोगरी प्राप्त हुने योग रहेको छ । 

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    सरकारी काम वा राज्यपक्षबाट हुनुपर्ने काममा सफलता मिल्नेछ । अध्ययन वा प्राज्ञिक क्षेत्रबाट लाभ मिल्नेछ । उद्योग र व्यापार सामान्य रहेको छ । सहयोगी, अनुयायी वा सन्ततिको सहयोगले महत्वपूर्ण काम बन्नेछ । सुखसुविधा जुटाउन वा भोगविलासमा रमाउन समय र धनको जोहो हुनेछ । कार्यक्षेत्र वा व्यवासयबाट सोचेजस्तै लाभ लिन सकिनेछ । काम विशेषले लाभदायक यात्रा हुने सम्भावना समेत रहेको छ । 

    साताको लोकप्रीय