विद्युत् चुहावट हुँदा शिवम् सिमेन्ट उद्योगमा आगलागी

विद्युत् चुहावट हुँदा शिवम् सिमेन्ट उद्योगमा आगलागी

अर्थ डबली
शनिवार, मंसिर ६ २०७७
अर्थ डबली
शनिवार, मंसिर ६ २०७७ (अर्काइभ बाट)
  • विद्युत्  चुहावट हुँदा शिवम् सिमेन्ट उद्योगमा आगलागी

     मकवानपुर / हेटौँडा उपमहानगरपालिका–१६ मा अवस्थित शिवम् सिमेन्ट उद्योगमा आगलागी भएको छ ।

    images
    images

    विद्युत् प्रवाह चुहावट भई उद्योगको कोइला च्याम्बरमा आज बिहान आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

    उनले आगलागीबाट मानवीय र ठूलो धनजनको क्षति नभएको बताए ।

    स्थानीयवासी प्रहरी, उद्योगका कर्मचारी र हेटौँडा उपमहानगरपालिकाको दमकलबाट आगो नियन्त्रणमा लिइएको थियो ।

    साताको लोकप्रीय