बाइडेन प्रशासनः अमेरिकी विदेश मन्त्रीमा एन्टोनी ब्लिन्केनको सम्भावना

बाइडेन प्रशासनः अमेरिकी विदेश मन्त्रीमा एन्टोनी ब्लिन्केनको सम्भावना

अर्थ डबली
सोमवार, मंसिर ८ २०७७
अर्थ डबली
सोमवार, मंसिर ८ २०७७ (अर्काइभ बाट)
  • बाइडेन प्रशासनः अमेरिकी विदेश मन्त्रीमा एन्टोनी ब्लिन्केनको सम्भावना

    वासिङ्टन  / अमेरिकी राष्ट्रपति–निर्वाचित जो बाइडेनले अमेरिकी विदेश मन्त्रीमा आफ्ना सल्लाहकार सहयोगी एन्टोनी ब्लिन्केनलाई मनोनयन गर्ने सम्भावना रहेको छ ।

    images
    images

    बाइडेनका नजिकका स्रोतले ५८ वर्षीय ब्लिन्केनलाई विदेश मन्त्रीमा मनोनयन गर्ने सम्भावना रहेको बताएका छन् ।

    ओबामा प्रशासनका समयमा ब्लिन्केनले उप विदेशमन्त्री तथा राष्ट्रिय उप सुरक्षा सल्लाहकारको भूमिका निर्वाह गरिसक्नु भएको छ । साथै उनीसँग जो बाइडेनको निकट सम्बन्ध रहेको बताइन्छ । 

    ट्रम्प प्रशासनका चार वर्षको अवधिमा अमेरिकी विदेश नीतिमा आएको ह्रासलाई सच्याएर नयाँ रुपमा संयुक्तराज्य अमेरिकालाई उभ्याउनु पर्ने चुनौती ब्लिन्केनमाथि हुनेछ । 

    बाइडेनले आफ्नो प्रशासनमा ल्याउन चाहनु भएका दुई व्यक्तिहरु सुशान राइस र सिनेटर क्रिस कून्सका बारेमा भने सिनेटको सुनुवाईमा धेरै जटिलताको सामना गर्नुपर्ने हुनसक्छ ।
     
    राइसका बारेमा सिनेटमा रिपब्लीकन पार्टीले अवरोध सिर्जना गर्ने सम्भावना छ । लिबियाको बेन्गाजीमा अमेरिकी दूतावासमा भएको आक्रमणका बारेमा राइसले दिएको अभिव्यक्तिका बारेमा रिपब्लीकन पार्टीले असन्तोष जनाउँदै आएको छ । 

    सिनेटमा डेमोक्रेटको बहुमत नभएकाले पनि बाइडेनले मनोनयन गर्ने मन्त्रीहरु र अन्य महत्वपूर्ण पदहरुमा सिनेटमा कडा प्रश्नहरुको सामना गर्नु पर्नेछ, र सुनुवाईमा पनि ढिलाई हुन सक्नेछ । 

    तर जर्जिया राज्यमा आगामी जनवरी ५ मा हुने चुनावमा डेमोक्रेट विजयी भएमा सिनेटमा डेमोक्रेट पार्टीको बहुमत पुग्नेछ । 

    बाइडेनले आफ्नो मन्त्री परिषदमा हुने छनौटमा विशेष रुपमा अहिले ध्यान दिइरहनु भएको छ । खासगरी अर्थतन्त्र, राष्ट्रिय सुरक्षा वा जनस्वास्थ्य जस्ता पदहरु निकै महत्वपूर्ण हुने छन् । 
    रासस–एपी

    साताको लोकप्रीय