अस्ट्राजेनिका र अक्सफोर्ड विश्वविद्यालयको कोभिड–१९ खोप ७० प्रतिशत सफल

अस्ट्राजेनिका र अक्सफोर्ड विश्वविद्यालयको कोभिड–१९ खोप ७० प्रतिशत सफल

अर्थ डबली
सोमवार, मंसिर ८ २०७७
अर्थ डबली
सोमवार, मंसिर ८ २०७७ (अर्काइभ बाट)
  • अस्ट्राजेनिका र अक्सफोर्ड विश्वविद्यालयको कोभिड–१९ खोप ७० प्रतिशत सफल

    लन्डन /  बेलायती औषधि निर्माता अस्ट्राजेनिका र अक्सफोर्ड विश्वविद्यालयले आफूले विकास गरिरहेको कोभिड–१९ को खोपले औसतमा ७० प्रतिशत मात्र सफल भएको जनाएको छ । 

    images
    images

    शुरुमा निकै उत्साहजनक नतिजा ल्याएको भन्दै प्रचारप्रसार गरिएको उक्त खोपको तेस्रो चरणको परीक्षणको तथ्याङ्क विश्लेषण गर्दा यस्तो भेटिएको हो ।

    अस्ट्राजेनिकाका प्रमुख कार्यकारी पास्कल सोरिओटले एक वक्तव्य जारी गर्दैै कोभिड–१९ विरुद्धको यस खोप पनि निकै प्रभावकारी तथा सुरक्षित रहेको बताए । 

    अस्ट्राजेनिकाका खोपको तथ्याङ्क विश्लेषण गर्दा यो ६२ देखि ९० प्रतिशत सफल रहेको पनि कम्पनीले जनाएको छ ।

    अमेरिकी खोप निर्माता कम्पनीहरु फाइजर र मोडर्नाले तयार पारेका खोपहरु ९० प्रतिशतभन्दा बढी सफल रहेका थिए । फाइजर र मोडर्नाका तुलनामा अस्ट्राजेनिकाले तयार पारेको खोपको प्रभाव निकै कम रहेको छ ।

    अस्ट्राजेनिकाले आफ्ना खोपहरु वितरणका लागि विभिन्न देशका नियामक निकायहरु समक्ष औपचारिक अनुरोध गर्ने जनाएको छ । 

    साथै विश्व स्वास्थ्य संगठन समक्ष पनि न्यून आय भएका मुलुकमा वितरणका लागि आफ्नो खोपलाई सूचीकृत गर्ने तयारी अस्ट्राजेनिकाले गरेको छ ।

    कम्पनीले सन् २०२१ भित्रमा करिब तीन अर्ब डोज उत्पादन गर्ने लक्ष्य राखेको छ ।

    यो खोपलाई कम्तीमा छ महिनासम्म दुई देखि आठ डिग्री सेल्सियसको तापक्रममा भण्डारण गर्न, यताउता लैजान सकिने कम्पनीले जनाएको छ ।
    रासस–एएफपी

    साताको लोकप्रीय