चीनमा प्राथमिक तहका विद्यार्थीको गुणस्तरमा थप सुधार हुँदै

चीनमा प्राथमिक तहका विद्यार्थीको गुणस्तरमा थप सुधार हुँदै

अर्थ डबली
सोमवार, मंसिर ८ २०७७
अर्थ डबली
सोमवार, मंसिर ८ २०७७ (अर्काइभ बाट)
  • चीनमा प्राथमिक तहका विद्यार्थीको गुणस्तरमा थप सुधार हुँदै

    हङकङ / चीन सरकारको सहयोगी नीतिका कारण चीनको हिमाल तथा पहाडी क्षेत्रमा बसोबास गर्ने प्राथमिक तहमा विद्यार्थीले पछिल्ला केही वर्षहरूमा थप गुणस्तरीय शिक्षा आर्जन गर्न पाएका छन् ।

    images
    images

    स्थानीय सरकारमार्फत् हिमाली क्षेत्रका विद्यार्थीलाई विद्यालयमा नै तयार गरी खाना खुवाउने कार्यक्रम निकै लोकप्रिय बनेको र यसका कारण चिसोका कारण हुने स्वास्थ्य समस्यामा कमी आएको जियाङ्सी प्रान्तको हुवाङनी गाउमा रहेको एक विद्यालयका प्रिन्सिपल झाङ झाङलियाङले बताए ।

    आफ्नो विद्यालय हिमाली क्षेत्रमा रहेका कारण कठिनले २० जना विद्यालयमा आउने गरेको तर उनीहरूका लागि स्थानीय सरकारले आकर्षक योजना ल्याइदिँदा विद्यालयको गुणस्तरमा पनि सुधार भएको उनले बताए । 

    हिमाली क्षेत्रमा सञ्चालनमा रहेका वा खोलिने प्राथमिक विद्यालयले विद्यालय परिसरमा एउटा ३८ वर्गमिटरको भान्साकोठा निर्माणलाई प्रोत्साहन गरिएको र यसले टाढाबाट लल्याएको चिसो खाजा वा खाना खानुपर्ने बाध्यता दूर भएको उनको भनाइ छ । 

    हुवाङनी गाउको स्थानीय सरकारले प्राथमिक शिक्षामा सुधार ल्याउनका लागि उक्त गाउमा ३० हजार अमेरिकी डलर बजेटको व्यवस्था गरेको स्मरण गर्दै यसले विद्याथी तथा उनीहरूका अभिभावकलाई खुशी बनाएको झाङले बताए । 

    सरकारले स्थानअनुसार विद्यार्थीको शैक्षिक गुणस्तर उकास्न फरक नीति लिनसक्ने र यसको निर्णय स्थानीय सरकारले नै गर्ने गरेको पनि उनले बताए । 

    थर्ड वाङछाङ प्राथमिक विद्यालयले गाउँमा इन्टर्नेट पुगेपछि  दक्षिणपश्चिम यूनानको गाउमा रहेर बेइजिङमा सिकाइने कक्षालाई पढ्न पाएको त्यहाँका एक शिक्षकले बताए । 

    जसअन्तर्गत गाउमा नै बसेर विद्यार्थीहरूले शहरमा हुने लोककला, नाच, कम्प्युटरशिक्षा लगायतका सीप आर्जन गर्न पाएका उनले बताए ।

    चीनले पछिल्लो समय गरिबी निवारण तथा नागरिकको शैक्षिक गुणस्तरमा सहयोग गरेको सरकारको बुझाई छ ।

    सन् २०१९ मा चीनमा प्रतिसय विद्यार्थीलाई ११ वटा कम्प्युटर उपलब्ध गराइएको र ग्रामिण क्षेत्रका ६८.७ प्रतिशत विद्यालयमा इन्टर्नेटको बहुँच विस्तार भएको छ ।

    विश्वमा कोभिड–१९ को महामारीको समय पनि सिनच्याङ युगुर स्वायत्त क्षेत्रको युकाब झिचि प्राथमिक विद्यालयमा हरेक दिन विद्यालयका कोठा र विद्यालय परिसरलाई सङ्क्रमणमुक्त गरी पढाइने गरेको छ । यसले विद्यार्थीलाई विद्यालयमा पठाउन अभिभावकलाई ढुक्क बनाएको छ । 

    देशभरका विद्यालयहरूले राष्ट्रपति सी चिनपिङको शिक्षामा ग्रामिण नागरिकको पहुँचलाई बढाउने योजना अन्तर्गत फरक फरक स्थानमा फरक फरक योजना ल्याई कलिला बालबालिकालाई सर्वाङ्गिण विकासको अवसर प्रदान गर्ने कार्यक्रम अन्तर्गत आएका हुन् ।

    यसले पिछडिएका क्षेत्रलाई पनि शहरी नागरिकसँग घुलमिल पार्न र शिक्षाको गुणस्तर सुधारमा टेवा पुगेको छ ।

     

    साताको लोकप्रीय