कोरोनाका कारण पाकिस्तानका शैक्षिक संस्थाहरु फेरी बन्द, परीक्षा स्थगित

कोरोनाका कारण पाकिस्तानका शैक्षिक संस्थाहरु फेरी बन्द, परीक्षा स्थगित

अर्थ डबली
सोमवार, मंसिर ८ २०७७
अर्थ डबली
सोमवार, मंसिर ८ २०७७ (अर्काइभ बाट)
  • कोरोनाका कारण पाकिस्तानका शैक्षिक संस्थाहरु फेरी बन्द, परीक्षा स्थगित

    कोरोनभाइरसका सङ्क्रमितहरुको संख्यामा बृद्धि हुदै गएपछि पाकिस्तानमा फेरी शैक्षिक संस्थाहरु बन्दको घोषणा गरिएको छ । 

    images
    images

    सरकारी अधिकारीहरुले सोमबार गरेको घोषणा अनुसार आगामी बिहीबारदेखि शैक्षिक संस्थाहरु बन्द हुनेभएका हुन् । घोषणामा शैक्षिक संस्था अर्को बर्षको जनवरी १० तारिखसम्म बन्द गर्ने उल्लेख गरिएको छ । 

    शैक्षिक संस्थाहरु बन्द हुनेभएपछि अहिले तय गरिएका सवै परीक्षाहरु पनि स्थगित गरिएको अधिकारीहरुले जानकारी दिएका छन् । 

    यसैगरी इन्डोनेसियाको स्वास्थ्य मन्त्रालयले इन्डोनेसियामा थप चार हजार ४४२ जना सङ्क्रमित थपिएको तथ्याङ्क सार्वजनिक गरेको छ ।

    पछिल्लो पटक थपिएकाहरुसँगै इन्डोनेसियामा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या पाँच लाख दुई हजार ११० पुगेको छ । 

    इन्डोनेसियामा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएर मृत्यु भएकाहरुको संख्या १६ हजार दुई पुगेको पनि मन्त्रालयका अधिकारीहरुले जनाएका छन् । 

    मलेसियामा एक हजार ८८४ जना नयाँ सङ्क्रमित थपिएका छन् भने कुल सङ्क्रमितहरु ५६ हजार ६५९ जना रहेका छन् । 

    बङ्लादेशमा अहिलेसम्म चार लाख ४९ हजार ७६० जना सङ्क्रमित भएका छन । तीमध्ये दुई हजार ४१९ जना अहिले थपिएका हुन् । 

    साताको लोकप्रीय