आज कुन राशी हुनेको दिन कति शुभ, कति अशुभ ? हेर्नुस् 

आज कुन राशी हुनेको दिन कति शुभ, कति अशुभ ? हेर्नुस् 

अर्थ डबली
मंगलवार, मंसिर ९ २०७७
अर्थ डबली
मंगलवार, मंसिर ९ २०७७ (अर्काइभ बाट)
  • आज कुन राशी हुनेको दिन कति शुभ, कति अशुभ ? हेर्नुस् 

    वि.सं. २०७७ साल, मङ्सिर महिना, ०९ गते, कार्तिक शुक्ल (कछलाथ्व) दशमी, पूर्वाभाद्रा नक्षत्र, कुम्भ राशिको चन्द्रमा, हर्षण योग, तैतिल र गर करण, प्रमादी संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, आज : बलम्बु महालक्ष्मी यात्रा, धादिंग फूलखर्कमा गंगा जमुना मेला, धनिष्ठा पञ्चकमध्येको एउटा दिन, आजको मूहुर्त : कलशचक्र, भोलि : श्री हरिबोधिनी एकादशी व्रत (दशमी विद्धा), धनिष्ठा पञ्चकमध्येको एउटा दिन, भद्रा करण बेलुका ०५.२४ मिनेटदेखि भोलि बिहान ०६.२० मिनेटसम्म, भोलिको मूहुर्त : अग्निवास (सामान्य यज्ञ र हवन गर्न मिल्ने दिन), गृहारम्भ (घरको जग राख्ने), शिलान्यास (सामान्य), वास्तुमुहूर्त, डेरा सर्ने, दीक्षाग्रहण, कलशचक्र ।

    images
    images

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    विहानीपख पठनपाठन र प्राज्ञिक क्षेत्रमा ध्यानकेन्द्रित हुनसक्छ । दिमागबाट गरेको काम वा बौद्धिक क्रियाकलापबाट केही न केही लाभ लिन सकिनेछ समय छ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। प्रयत्न गर्दा दिगो काम प्रारम्भ हुन सक्छ। श्रममूलक काम गर्नेको दिनचर्या कायम हुनेछ । सरकार पक्ष र प्रशासनिक काममा सफलता मिल्न सक्छ । महत्वपूर्ण काम मध्यान्हअघि नै सक्नु राम्रो हुनेछ । अपरान्हपछि पेसा वा व्यापार व्यवसायमा ध्यानकेन्द्रित हुन सक्दैन । खर्च बढ्नाले अर्थ संग्रहमा बाधा पुग्नेछ। 

    वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    सामाजिक क्षेत्रमा काम गर्नेका लागि वर्चस्व स्थापना गर्न सकिने समय छ । इष्टमित्रबाट राम्रो सहयोग जुटाउन सकिनेछ । कीर्तिमानी कामको यश लिँदै लोकप्रियता हासिल गर्न सकिनेछ। आफ्नो क्षेत्रमा नाम र दाम कमाउने समय छ। विपरितलिङ्गीसाथीबाट सहयोग प्राप्त हुनेछ । रोकिएका सरकारी काम सुल्झाउन सकिन्छ । उत्साह बढ्नेछ । व्यापार र उद्योगमा फाइदा छ । आम्दानीका प्रयास सफल हुनेछन् । प्रतिस्पर्धीहरु परास्त हुनेछन् । 

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    व्यापार व्यवसायमा राम्रै छ । लगानीबाट फाइदा हुनेछ । एकाविहानै मनमा वैराग्य र निराशाको भाव उत्पन्न हुनसक्छ तर दिन ढल्दै जाँदा कर्मप्रति समर्पित भई खट्ने अनकूलता मिल्नेछ । आज व्यापार व्यवसायको क्षेत्रमा सधैभन्दा बढी खट्नुपर्ला । खटेजति सफलता प्राप्त हुने योग छ । जिम्मेवारीको क्षेत्रमा लगनशील भएमा लाभ मिल्ने समय छ । काममा बढी समय दिनुपर्ने भएकाले घर परिवारका लागि समय निकाल्न सकिदैन । यद्यपि आज पारिवारिक सम्बन्ध राम्रै देखिन्छ । 

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    अपरान्हपछि परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल पाइने अवसर जुटेको छ । विहानीपख बौद्धिक र प्राज्ञिक क्षमतामा ह्रास आउने छ । सिर्जनात्मक कामबाट आत्मसन्तुष्टि मिल्न सक्दैन । नजिकैको नातेदारले अपमानित तुल्याउन सक्छ । मानसिक खिन्नता र वैराग्य जाग्नेछ  अल्छीलाग्दो समय हुनेछ । दिन ढल्नसाथै बिग्रिनै लागेको काम पनि बन्नेछ । आज जनकल्याण र पारमार्थिक कामप्रति चासो राख्नुउचित हुनेछ । जसबाट मान प्रतिष्ठा र सामाजिक मर्यादा अभिबृद्धि गर्न सकिनेछ । 

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    दिउँसोसम्म राम्रो दिन रहेकाले तपाईँले महत्वपूर्ण काम छ भने मध्यान्हभित्रै सक्नु राम्रो हुनेछ । सुरुमा रमाइलो यात्रा र मनोरञ्जनको आनन्द लिने समय छ। मन प्रफुल्ल र आत्मबल बढ्नेछ । आफन्तबाट सहयोग र हौसला पाइनेछ । घरपरिवारबाट सहयोग प्राप्त हुनेछ । व्यापार व्यवसायमा ढिलोगरी कार्यसम्पादन हुने सम्भावना छ । दिन ढल्दै जाँदा मन अस्थिर र कातर बन्नेछ । के गर्ने के नगर्ने भन्ने बेचैनी हुनसक्छ । स्वास्थ्यमा समेत कमजोरी अनुभूति हुनेछ । प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला।

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    आजको दिन मावली वा आमाको आशिर्वाद लिएर कुनै काम सम्पन्न गर्ने दिन हो । प्रातःकालेदेखि नै मनमा उल्लास, हर्ष र आनन्दको वातावरण रहनेछ । दिन छिप्पिदै जाँम्दा उत्कृष्ट समयको सुरुवात हुनेछ । सबैखालका झैझमेला र अनिष्टहरु मत्थर हुन थाल्नेछन् ।  रोकिएका काम बन्नाले मनग्य लाभ हुनेछ। द्वेष वा ईर्ष्या गर्नेहरूले हार खानेछन्। चुनौती पन्छाएर काम बनाउन सकिनेछ। व्यापारलगायत आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ हुनेछ।लामो दुरीको यात्रा बेलुकीपख अनुकूल रहेको छ । आनन्दप्राप्तिका लागि मन लालायित बन्नेछन् ।  

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    बिहानको समय राम्रो छ । सकारात्मक र व्यवहारिक सोचको विकास हुनेछ । व्यापार व्यवसाय र पेसाबाट सन्तुष्टि मिल्नेछ । सन्ततिबाट सन्तोष प्राप्त हुनेछ । इष्टमित्रले प्रशंसा गर्नेछन्  अपरान्हमा मन उत्ताउलो, हिम्मतिलो र साहसिलो भएको अनुभूति हुनेछ ।  तर्क, बहस र वादविवादको स्थिति सिर्जना हुनसक्छ। कुनै झैझगडा, विवाद वा किचलो मिलाउन तपाईको महत्वपूर्ण भूमिका रहनेछ । क्रोध रिसराग नियन्त्रणमा राख्नुहोला । आफू संयम हुनुहोला नत्र साँझपख निराशा र वैराग्यका भाव मँडारिन थाल्नेछन् । 

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    दिनभरी दौडधूप र झमेला व्यहोर्नुपर्ने समय छ । यद्यपि साँझसम्म सन्तुष्टिको वातावरण बन्नसक्छ । परदेशीहरुको खानपान र मनोरञ्जक क्रियाकलापको आकर्षण रहने एवं धन खर्च गर्ने दिन हो । अपरान्हपछि बौद्धिक, साहित्यिक क्षेत्रमा समयापन हुनेछ । घरिघरि एक्लोपन र निराशाले सताउन सक्छ । मन एकतमासको बन्नेछ । चिन्तनमननको क्षेत्र वा बौद्धिक क्षमतामा कमी भए पनि आज ज्ञानमूलक काममा समय बिताएको राम्रो हुनेछ । हतारमा निर्णय लिँदा काम बिग्रन सक्छ। शुभचिन्तकहरूले साथ दिनेछन्।  

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    समय मिश्रित रहेको छ । यात्राको सम्भावना छ । बिहान सामाजिक र परोपकारका क्षेत्रमा खट्दा आनन्दको अनुभूति हुनेछ । दिउँसोबाट पारिवारिक र घरायासी प्रयोजनमा समय दिइनेछ । खर्च बढे पनि घरायासी सुखसुविधाका सामग्रीको जोहो हुनेछ । व्यापार व्यवसायमा लाभै हुनेछ । प्रेमसम्बन्धमा सुधार आउनेछ । 

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    मेवामिष्ठान्न आदि खाने वातावरण मिल्नेछ । सामाजिक कामको दायित्व थपिनेछ । वित्तीय क्षेत्र र व्यापारिक लगानीका लागि नयाँ काम गर्न उचित समयको योग छ । कृषि, वन र माटोसम्बन्धी व्यववसायीले लाभ प्राप्त गर्नेछन् । प्रशस्त धन आर्जन गर्ने अवसर पाइने छ । व्यवहारिक कठिनाइको सामना भए पनि घरपरिवारको समस्या समाधान गर्ने वातावरण बन्नेछ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । विशिष्ट व्यक्तिकोसहयोग र सल्लाहले महत्वपूर्ण कार्य सम्पादन हुनेछ । परोपकार र दानपुण्यका क्षेत्रमा मन जानेछ । 

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    पछाडी बसेर तपाईँको कुरा काट्नेहरु अब चुप लाग्नेछन् । मित्रवर्ग र बन्धुवान्धवको सहयोग जुटाएर काम निकाल्न सकिनेछ । लामो समयदेखि खरिद गर्न चाहेको वस्तु वा चिजबीज  किन्ने योजना बनाउन सक्नुहुन्छ । कुनै भौतिक सामान खरिद गर्ने परिस्थिति बन्नसक्छ । नयाँ ठाउँको यात्रा हुनसक्छ । नयाँ मित्र बन्नेछन् । अपरान्हपछि धनागमका नयाँ योजना बन्न सक्छन् । डुब्न लागेको धन फिर्ता आउने वा लामो समयदेखि रोकिएको काम बन्ने समय छ । 

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    नयाँ कामका लागि विचार र धारणा सल्बलाउने समय हो । प्रातःकालमा मन खिन्न हनसक्छ तर अपरान्हपछि मनमा उमंग र जोस पलाउने समय छ । कुरा काट्नेहरुको मनोबल कमजोर बन्नेछ । इष्टमित्रले तपाईको कुरा सुन्न थाल्नेछन् । दानपुण्य र परोपरका क्षेत्रमा आकर्षण बढ्नेछ । व्यापार व्यवसायमा फाइदा नै देखिन्छ। समग्रमा भन्ने हो भने आज मिश्रित खालको समय छ । ताकेअनुसार काम तुरुन्त नबने पनि अन्त्यमासफलता हात लाग्ने समय छ । 

    साताको लोकप्रीय