मिस यूनिभर्स नेपालमा उत्कृष्ट १४ छनौटका लागि भोटिङ्ग 

मिस यूनिभर्स नेपालमा उत्कृष्ट १४ छनौटका लागि भोटिङ्ग 

अर्थ डबली
मंगलवार, मंसिर ९ २०७७
अर्थ डबली
मंगलवार, मंसिर ९ २०७७ (अर्काइभ बाट)
  • मिस यूनिभर्स नेपालमा उत्कृष्ट १४ छनौटका लागि भोटिङ्ग 

    काठमाडौँ / मिस यूनिभर्स नेपालका लागि नयाँ फ्रान्चाइजी ब्रेभ, बोल्ड एण्ड ब्यूटिफूल प्रा.लि. ले ल्याएको सञ्चालन गरेको यस वर्षको मिस यूनिभर्स नेपालका उत्कृष्ट १४ को छनौटका भोटिङ्ग खुल्ला भएको छ । 

    images
    images

    ५०० भन्दा बढी महिलाहरुको आवेदन प्राप्त भएकोमा यही कार्तिक २८ गते उत्कृष्ट ५० को छनौट गरिएको थियो ।

    अब त्यस मध्येबाट उत्कृष्ट १४ को छनौटका लागि भोटिङ्ग शुरु भएको हो । 

    यही मंसिर ११ गते बिहान १० बजेसम्म मिस युनिभर्स नेपालको एप वा खल्तीबाट भोटिङ्ग गरी आफूलाई मनपर्ने सहभागीलाई उत्कृष्ट १४ सम्म पुर्याउन सकिनेछ ।

    यस मिस यूनिभर्स नेपालका विजेताले रु. १० लाख नगद उपहार प्राप्त गर्ने छन् जुन नेपाली सौन्दर्य प्रतियोगिताहरू मध्यकै सर्वाधिक धन राशि हो ।

    नेपालमा आयोजित सौन्दर्य प्रतियोगिताहरुमा यस प्रतियोगिताले सबैको समावेशीका लागि नयाँ उदाहरण बन्नुका साथै यसले यस क्षेत्रमा नयाँ परिवर्तन समेत ल्याउने छ ।

    अविश्वसनीय यस प्रतियोगिताले आकर्षक धन राशिका साथै विश्वमै समावेशी प्रतियोगिताको मशाल बोक्दै अघि बढ्ने अठोट लिएको छ । 
     
    सामूहिक विविधताको उदाहरणको रुपमा स्थापित यस प्रतियोगितामा लैङ्गिक विविधता मात्र नभई तौल, उचाई तथा अन्य शारीरिक बनोटमा विविधता भएका प्रतियोगीहरुको समेत सहभागिता रहनेछ । 

    केही मानिसहरूका लागि विशेषाधिकारमा मात्र सीमित नभई यो प्रतियोगिताले धैरे व्यक्तिहरुका लागि उल्लेखनीय अवसर प्रदान गर्नेछ । नेपालमा आयोजित सबै सौन्दर्य प्रतियोगितामा विविधता ल्याउने उद्देश्य लिएको यस प्रतियोगिताको विजेताको छनौट निर्णायक र मतदानको आधारबाट गरिनेछ । 

    साताको लोकप्रीय