आजको राशीफल : लगानी, धनप्राप्ति, स्वास्थ्य र यात्राका लागि आजको दिन कस्तो होला ? 

आजको राशीफल : लगानी, धनप्राप्ति, स्वास्थ्य र यात्राका लागि आजको दिन कस्तो होला ? 

अर्थ डबली
बुधवार, मंसिर १० २०७७
अर्थ डबली
बुधवार, मंसिर १० २०७७ (अर्काइभ बाट)
  • आजको राशीफल : लगानी, धनप्राप्ति, स्वास्थ्य र यात्राका लागि आजको दिन कस्तो होला ? 

    वि.सं. २०७७ साल, मङ्सिर महिना, १० गते, बुधवार, श्री हरिबोधिनी एकादशी (दशमी विद्धा, स्मार्तहरूले व्रत लिने), कार्तिक शुक्ल (कछलाथ्व) एकादशी, उत्तराभाद्रा नक्षत्र, मीन राशिको चन्द्रमा, वज्र योग, वणिज र विष्टि (भद्रा) करण, प्रमादी संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, आज : श्री हरिबोधिनी एकादशी (दशमी विद्धा, स्मार्तहरूले व्रत लिने), भद्रा करण बेलुका ०५.२४ मिनेटदेखि भोलि बिहान ०६.२० मिनेटसम्म, आजको मूहुर्त : धनिष्ठा पञ्चकमध्येको एउटा दिन, अग्निवास (सामान्य यज्ञ र हवन गर्न मिल्ने दिन), गृहारम्भ (घरको जग राख्ने), शिलान्यास (सामान्य), वास्तुमुहूर्त, डेरा सर्ने, दीक्षाग्रहण, कलशचक्र, भोलि : श्री हरिबोधिनी एकादशी व्रत (शुद्धा), सबैले व्रत लिने एकादशी, कार्तिकको ठूली एकादशी, तुलसी विवाह, भीष्मपञ्चक प्रारम्भ, मन्वादि, बराहक्षेत्रमा ५ दिने धार्मिक मेला सुरु, खोटांगको बराहपोखरीमा मेला, चाँगुनारायणमा अखण्ड दीपदर्शन, रुरु रीडिक्षेत्रमा हृषिकेश रथयात्रा, धनिष्ठा पञ्चक समाप्ति राती १०.५८ मा, भोलिको मूहुर्त : रुद्राभिषेक (शिववास जुरेको, रुद्री/पूजा गर्न मिल्ने दिन), गृहारम्भ (घरको जग राख्ने), कलशचक्र ।

    images
    images

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    त्यति गतिलो समय छैन लगनशीलता र इमान्दारिताका साथ काम गर्न सकेमा मात्र उपलब्धि हात पार्न सकिनेछ । आम्दानीको बाटो असहज भए पनि आज मिहिनेत गर्दा भने आर्थिक संकछ समाधान गर्न सकिनेछ । व्यवसायमा लगानी बढाउनुपर्ला। अवसरका लागि निकै दौडधुप गर्नुपर्ला। यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। आँटेको ताकेको काममा गोपनीयता अपनाउनुहोला । चिताएको काममा शुभन्तिककहरुको साथ पाइनेछ । 

    वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    श्रमको उचित मूल्याङ्कन हुनेछ । गरेका कामबाट सामान्य लाभ लिन सकिनेछ । लगनशील भएमा पछि फाइदा हुने काम प्रारम्भ हुनेछ । व्यवसायिक काममा फड्को मार्न सकिनेछ । लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत पनि बढ्नेछ । तारिफयोग्य काम सम्पादन गर्दै मनग्गे धन आर्जन गर्न सकिनेछ। आँटले काम सम्पादन हुनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। साझेदारी र सट्टापट्टाको काममा लाभ मिल्नेछ । पैत्रिक धनको उपयोगबाट विेशष लाभ लिन सकिनेछ । 

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    अरुलाई प्रभावित पारेर काम बनाउने समय छ । प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सक्छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सफल भइनेछ । आजको लगानीले भविष्यमा दिगो फाइदा हुनसक्छ । प्रतिष्ठित काम बन्ने मौका छ ।  लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुने सम्भावना छ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ। अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । गरेको काममा सोचेभन्दा राम्रो परिणाम प्राप्त हुनेछ । एउटै कामबाट दोहोरो लाभ ल्निेछ ।  तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। धर्मकर्म तथा परोपकारी काममा आकर्षित भइएला। भौतिक साधन जुट्नेछन् भने दिगो काम गर्ने समय छ। व्यापारमा मनग्य लाभ हुनेछ। दिर्घकालिन कुनै योजना छ भने आज कार्यान्वयन गर्ने राम्रो समय रहेको छ । 

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    परिवेश चिन्तित बन्ने दिन हो । काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ । कमजोरीले चिन्ता बढाउन सकिन्छ । सामान्य काममा धेरै धन र परिश्रम खर्चनुपर्ला। स्वास्थ्यका लागि आहार विहारमा ध्यान पुर्याउनुहोला । सामाजिक उत्तरदायित्व वहन गर्ने परिस्थिति बन्नेछ । नयाँ काममा हात हाल्नु हानिकारण हुनेछ । स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। गोपनीयता बाहिरिनाले समस्या पर्न सक्छ। मनमा निराशा र वैराग्यका भावना मँडारिनेछ । काम गर्दा विभिन्न बाधा आइलाग्नेछ । 

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    समग्रमा मनोरञ्जन केन्द्रित दिन हुनेछ । व्यवसायमा देखिएका अवरोध हटाउन गम्भीरतापूर्वक सोच्ने र छलफल गर्ने समय हो । तपाईको विचार, भावना र सोचको साथीसंगी र परिवारजनको साथ पाइने छ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। सवारी साधन उपयोग गर्दा विशेष सावधानी अपनाउनुहोला। काममा साथीभाइको सहयोग जुट्नेछ। व्यवसायमा लाभ लिन सकिने समय छ । आम्दानी प्रशस्तै बढ्नेछ । विभिन्न भौतिक साधन जुट्नेछ । 

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिने समय हो । रकम तथा भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनसक्छ । मिहिनेतले राम्रै प्रतिफल दिलाउनेछ। प्रयत्न गर्दा दिगो फाइदा हुने काम हातलागी हुनेछ। पहिले ईर्ष्या गर्नेहरूले नै सहयोग गर्न थाल्नेछन्। व्यापारलगायत आर्थिक लाभ हुने काममा मनग्गे फाइदा हुनेछ। कामको चापबाट फुसर्द पाइनेछ । विभिन्न सहयोग र उपहार प्राप्तहुनेछ । आफ्नो क्षेत्रमा पकड भएको दिन हो । 

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    शान्त र स्थिर बन्ने प्रयास गर्नुहोला । किनभनेआज बुद्धिको उपयोगले लक्ष्यमा पुग्ने र दैनिकीलाई सहज बनाउने प्रयास गर्नुपर्ने दिन हो । रचनात्मक कार्यमा जुट्दा आत्मसन्तुष्टि हुनेछ । लगनशीलताले काममा फाइदा दिलाउनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ । मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ। दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। प्रतिस्पर्धामा विजयी भइनेछ।

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ ।परिस्थिति सोचेजस्तो अनुकूल नहुन सक्छ। नजिकका साथीभाइसँग असमझदारी बढ्नेछ भने काम बिग्रने डरले सताइरहनेछ। बेसुरमा वचन दिनाले अप्ठ्यारोमा परिएला। यद्यपि दिगो योजनाका साथ अघि बढ्दा विस्तारै लाभ हुनेछ । कृषि, पशुधन र अचल सम्पत्तिको उपयोग हुनेछ । कमेजारीलाई सुधार गर्ने समय छ । पढाइलेखाइमा प्रगति हुनेछ । महत्वाकांक्षी योजना कार्यान्वयन गर्न समय पर्खदा राम्रो हुनेछ । 

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    सामाजिक र परोपकारी भावना विकसित हुनेछ । रचनात्मक काम शुरु गर्ने समय छ । मुखको स्वाद फेर्ने विचार आउनसक्छ । प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। रचनात्मक काममा जुट्ने समय छ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। व्यापारमा पनि मनग्गे धनलाभ हुनेछ। विगतमा भएका कमजोरी सुधार गर्न सकिनेछ । कामका लागि गरिएको भ्रमण लाभदायी हुनेछ । 

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    सहयोगीहरुको भावना बुझ्ने प्रयास गर्नुहोला । विभिन्न सहयोग र अवसरहरु प्राप्त गर्न सकिनेछ । आयआर्जन पनि राम्रै होला । परिवारजनको साथले नयाँ आशा जगाउनेछ । मनपर्ने भौतिक साधन जोड्ने सम छ । नयाँ काम प्रारम्भ गर्न छलफल गरिनेछ । अध्ययनमा प्रगति हुनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नयाँ काम प्रारम्भ हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। बोलीको प्रभावले मनग्ये आर्थिक लाभ गर्न सकिनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ र अरुलाई पनि फाइदा दिलाउन सकिनेछ । सानो प्रयत्नले ठूलो काम बन्नेछ । 

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका सथौ दैनिकीमा परिवर्तन आउन सक्छ । हिम्मतले काम बनाउन सकिने समय छ । नयाँ कामको प्रस्ताव आउनेछ । सानो प्रयत्नले ठूलो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । बोलिको भरमा कार्यसम्पादन गर्न सकिनेछ । तार्किक क्षमताले लाभ र मानसम्मान दिलाउनेछ । विगतको सफलताले तप काम गर्न हौसला मिल्नेछ ।  सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ। अभिप्रेरित गर्नेहरु प्रशस्तै भेटिनेछन् । प्रशस्त धनलाभ हुनेछ । 

    साताको लोकप्रीय