नेपाल एसबीआई बैंकद्वारा परोपकार तथा अनुसन्धान केन्द्रलाई उपकरण सहयोग

नेपाल एसबीआई बैंकद्वारा परोपकार तथा अनुसन्धान केन्द्रलाई उपकरण सहयोग

अर्थ डबली
शुक्रवार, मंसिर १२ २०७७
अर्थ डबली
शुक्रवार, मंसिर १२ २०७७ (अर्काइभ बाट)
  • नेपाल एसबीआई बैंकद्वारा परोपकार तथा अनुसन्धान केन्द्रलाई उपकरण सहयोग

    काठमाडौँ / नेपाल एसबीआई बैंक लिमिटेडले परोपकार तथा अनुसन्धान केन्द्रलाई आवश्यक उपकरणहरु सहयोग गरेको छ । 

    images
    images

    बैंकको बिर्तामोड शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अनारमनी, विर्तामोडस्थित केन्द्रलाई आवश्यक विद्युतीय उपकरणहरु प्रदान गरेको हो ।

    बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार देले संस्थाका अध्यक्ष विक्रम मादेन (गुरुङ)लाई सहयोग सामग्री हस्तान्तरण गरेका हुन्।

    बैंकका प्रमुख व्यवसाय प्रबर्धन अधिकृत छपिराज पन्त, विर्तामोड शाखाका शाखा प्रबन्धक मनोज चापागाई तथा सो संस्थाका अन्य कर्मचारीको उपस्थिति रहेको बैंकले  जनाएको छ।

    २०६७ सालमा संचालन भएको उक्त संस्थाले हाल ३८ जना वृद्धवृद्धालाई आश्रय दिएको छ।

    साताको लोकप्रीय